काभ्रे : काभ्रेको पनौती नगरपालिका–७ स्थित त्रिवेणीघाट क्षेत्र सिँगारिएको छ। ऐतिहासिक र पुरातात्त्विक क्षेत्र पनौतीमा बाह्र वर्षमा एकपटक लाग्ने मकर मेलाको तयारी तीव्र रूपमा भएको छ।भोलि अर्थात् माघ १ गतेबाट पनौतीको त्रिवेणीघाटमा हर्षोल्लासका साथ एक महिना विशेष रूपमा मनाइने मकर मेलाका लागि भौतिक पूर्वाधारदेखि मठमन्दिरको जीर्णोद्धार तथा रङरोगनले चिटिक्क देखिएको छ।मकर मेला नजिकिएसँगै पनौतीमा चहलपहल बढेको छ भने पनौतीको रूप पनि फेरिएको छ। त्यस्तै यतिवेला त्रिवेणीघाट क्षेत्रका मन्दिर र परिसर