बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङको पहलमा मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा कोरोना संक्रमण विरुद्धको खोप अभियान शुरू भएको छ ।
गाउँपालिका–६ र ७ मा गरी ६ वटा केन्द्र तोकेर कोरोना विरुद्धको भेरोसिल र कोभिसिल्ड खोप लगाउन शुरू गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विजय कापरीले जानकारी दिए ।
गाउँपालिका–६ र ७ मा करीब १ हजार ५०० जनालाई खोप लगाउने लक्ष्य रहेको कापरीको भनाइ रहेको छ ।
यसअघि राक्सिराङ गाउँपालिकाको ६ र ७ बाहेक सबै वडामा शिविर र...