सरकारले कोरोनाविरुद्ध खोप अभियान सञ्चालन गरिरहेको छ । अग्रपङ्क्तिमा खटिनेहरुलाई बुस्टर डोज पनि दिन थालेको छ । बुस्टर डोजको विषयमा हामीले स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलसँग कुरा गरेका छौँ।
बुस्टर डोज खोप भनेको के हो ?
बुस्टर डोज भनेको अहिले देखिएको आधारमा खोपले जुन सहयोग, फाइदा गर्छ त्यो मात्रा शरीरमा घट्दै जाने हुनाले फेरि त्यसलाई बढाउन दिने खोपको मात्रालाई बुस्टर डोज भनिन्छ । अहिले देखिएको आधारमा खोप लिएको ६ महिना भित्र बुस्टर डोज लगाउनु पर्ने हुन्छ । ६ महिना नाघेका फ्रन्ट लाइनका स्वास्थ्यकर्मी र अन्य व्यक्...