काठमाडौं : चीन र अमेरिकाबाट ल्याइएका कोरोनाविरुद्धको खोप भोलि मंगलबारबाट तोकिएका व्यक्तिलाई लगाइँदै छ। स्वास्थ्य मन्त्रालयले मंगलबार सूचना जारी गर्दै खोप अभियान सञ्चालन गर्ने लागेको जनाएको छ। तर खोप भण्डारणमा समस्या देखिएको भन्दै स्वास्थ्य सेवा विभागले खोप अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो। भण्डारणमा समस्या हुने देखिएपछि २५ असारमा चीनबाट खरिद गरिएको भेरोसेल १० लाख डोज बागमती र गण्डकी प्रदेशमा भण्डारणका लागि पठाइएको थियो।काठमाडौं