भारतमा वर्ष २०२१—२२ का लागि रक्षा बजेटमा अत्यधिक बृद्धि गरिएको छ। रक्षा शीर्षकमा बजेट अत्यधिक धेरै छुुट्याइएकोमा रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री निर्मला सितारमणलाई धन्यवाद दिएका छन्। अर्थमन्त्री सीतारमणले रक्षाका लागि ४ दशमलव ७८ लाख करोड बजेट छुट्याइएको घोषणा गरेकी छन्। रक्षाका लागि अहिले छुट्याइएको रकम १५ वर्षपछिकै सबैभन्दा धेरै भएको बताइएको छ। अधिकारीहरुका अनुसार अघिल्लो वर्ष रक्षाका लागि ४ दशमलव ७१ लाख करोड भारतीय रुपैयाँ छुट्याइएको थ