चीनले सन् २०२२ मा आफ्नो रक्षा बजेट ७.१ प्रतिशतले बढाउने शनिबार घोषणा गरेको छ । अमेरिका पछि सबैभन्दा ठूलो रक्षा बजेट चीनको रहेको छ । समाचार एजेन्सी एएफपीका अनुसार चीन सरकारले राष्ट्रिय सुरक्षाका लागि २३० अर्ब डलर (करिब १७,५७७ अर्ब रुपैयाँ) विनियोजन गरेको सरकारी बजेट प्रतिवेदनमा जनाइएको छ ।चीनको राज्य संचालित ग्लोबल टाइम्स अखबारको अंग्रेजी वेबसाइटले सकारात्मक आर्थिक वृद्धि र सुरक्षा खतरा बढेका कारण चीनले आफ्नो रक्षा बजेट बढाएको विज्ञहरूको भनाइ उद्धृत गरेको छ । यसअघि २०२१ को मार्चमा चीनले रक्