चीनले सन् २०२२ मा रक्षा बजेट ७ दशमलव १ प्रतिशतले बढाउने भएको छ ।
चीन सरकारले राष्ट्रिय सुरक्षाका लागि २३० अर्ब डलर विनियोजन गरेको बजेट प्रतिवेदनमा उल्लेख छ । यसअघि सन् २०२१ मार्चमा चीनले रक्षा बजेट २०९ अर्ब डलर प्रस्तुत गरेको थियो । अघिल्लो वर्ष रक्षा बजेट ६ दशमलव ८ प्रतिशले वृद्धि भएको थियो ।
आर्थिक वृद्धि र सुरक्षा खतरा मुख्य चुनौती भएकाले चीनले आफ्नो रक्षा बजेट बढाएको विज्ञलाई उदृत गरी ग्लोबल टाइम्सले जनाएको छ । अमेरिकापछि सबैभन्दा ठूलो रक्षा बजेट चीनको रहेको छ।
चिनियाँ प्रधानमन्त्री ली खछ्याङले वार्षिक जीडीपी ...