जापान सरकारले आर्थिक वर्ष २०२४ को लागि ११२.०७ ट्रिलियन येन (लगभग ७८७ विलियन अमेरिकी डलर) को मस्यौदा बजेट पारित गरेको छ।जसमा रक्षा खर्च सबैभन्दा धेरै रहेको छ। अप्रिल २०२४ देखि मार्च २०२५ सम्मको आर्थिक अवधिको लागि मन्त्रिपरिषद्ले बजेट अनुमोदन गरेको हो। विशेष गरी रक्षा बजेट ७.९५ ट्रिलियन येन रहेको छ। कुल बजेटमध्ये १ हजार २४७.७ विलियन येन क्षेप्यास्त्र रक्षा उपकरण र ७३४ विलियन येन लामो दूरीका मिसाइलहरूका लागि छुट्याइएको छ।जापानी प्रधानमन्त्री फुमियो किशिदाले गत वर्ष राष्ट्रिय रक्षा खर्चलाई आगामी पाँ