काठमाडौँ – सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले संसदलाई सुचारु गराउन पहल गर्ने भएको छ। प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले निरन्तर नाराबाजी गर्दा संसद बैठक प्रभावित हुँदै आएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले अवरुद्ध संसदलाई सुचारु गराउनका निम्ति पहल गर्ने निर्णय गरेको हो। […]