सल्यान : जिल्लाको कपुरकोट गाउँपालिका ३ दमारगाउँका थमन गिरी ८ वर्षअघि रोजगारीका लागि विदेश हानिए। गाउँका धेरै मानिस स्वदेशमै जीविकोपार्जनको उपाय नभएपछि विदेश जाने क्रम चलिरहेको थियो। स्वदेशमै रोजगारी पाइन्छ कि भन्ने आशामा बसेका गिरी धेरै प्रयास गर्दा पनि रोजगारी नपाएपछि अन्ततः विदेश जान बाध्य भए।१० वर्ष मलेसिया बिताएका गिरीले समान बजारीकरण तथा बिक्री वितरण सम्बन्धी काम पाए। बुवाको निधन भएपछि स्वदेश आएका उनी त्यसपछि भने फर्किएनन्। अर्काको मुलुकमा गर्ने मेहनत आफ्नै ठाउँमा गर्नु पाए हुन्थ्यो भन