अदुवा किन्न बारीमा व्यापारी

लामो समयदेखि व्यावसायिक रूपमा अदुवा खेती गर्दै आएका बडीकेदार गाउँपालिका–३ का उपेन्द्र मल्लले उत्पादन गरेको ६० क्विन्टल अदुवा खरिद गर्न झापादेखि एक जना व्यापारी उहाँको बारीमा नै पुग्ने गरेको पाइएको छ । सडक यातायातको सहज पहुँच र वार्षिक रूपमा अदुवाको उत्पादन वृद्धिसँगै कृषक मल्ल जस्तै व्यावसायिक रूपमा अदुवा खेती गर्दै आउनुएका किसानको खेतबारीबाटै व्यापारीले अदुवा खरिद गरेर लैजाने गरेका छन् ।

सम्बन्धित सामग्री

व्यापारी नआउँदा १८ रुपैयाँ किलोमै अदुवा

बन्गाडकुपिण्डे नगरपालिका–९ जयतपानीका किसान चन्द्रबहादुर रोकाले १० रोपनी जग्गामा झन्डै दुई दशकदेखि व्यावसायिक अदुवा खेती गर्दै आएका छन् । गत वर्ष उनले प्रतिकिलो ३० रुपैयाँमा अदुवा बिक्री गरेर करिब ४ लाख रुपैयाँ कमाएका थिए । यस वर्ष बाहिरका खरिदकर्ता नआएपछि स्थानीय बजारमा प्रतिकिलो १८ रुपैयाँमै अदुवा बेचिरहेका छन् ।

उदयपुरका किसान भन्छन्- अदुवा उत्पादन बढ्यो तर मूल्य पाइएन

उदयपुर। उदयपुर जिल्लाको पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रमा बर्सेनि अदुवाखेती बढ्दै गए पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् । जिल्लाको कटारी नगरपालिका-१० सोरुङछबिसेका अदुवा उत्पादक किसान धनबहादुर श्रेष्ठ आफूहरुले उत्पादन गरेको अदुवाले उचित मूल्य पाउन नसकेकामा गुनासो गर्छन् । 'यस क्षेत्रका अन्य अदुवा उत्पादक किसानले लामो समयदेखि व्यावसायिक अदुवाखेती गर्दै आएका छौँ, तर अहिलेसम्म पनि अदुवाले उचित मूल्य पाउन सकिएको छैन', उनले भने ।कटारी-९ बेतिनीका कृषक खेमबहादुर राउतका अनुसार अहिले पनि आफूहरुले उत्पादन गरेको अदुवाको मूल्य खरिदकर्ता वा विचौलियाले प्रतिकिलो ५० देखि ६० रुपैयाँ भन्दाबढी मूल्य निर्धारण नगरेका कारण आफूहरु बर्सेनि मारमा पर्दै आएको बताउँछन् । जिल्लाको ताप्ली गाउँपालिका–५ रुपाटारका कृषक देवराज खड्काले अधिकांश अदुवा खरिदकर्ता तथा विचौलियाले कृषकको अदुवाको मूल्य निर्धारण गर्ने गरेका कारण उचित मूल्य पाउन नसकिएको हो । मङ्सिर तथा पुसमै अदुवा खरिदकर्ता विचौलिया गाउँगाउँ प्रवेश गरेर अदुवाको मूल्य प्रतिकिलो  ४० देखि ५० रुपैयाँ सम्ममै खरिद गर्न थालेपछि किसानहरुले उचित मूल्य नपाएको गुनासो गर्दै आएका छन् । त्रियुगा नगरपालिका-१४ साउनेका अदुवा उत्पादक कृषक शेरबहादुर समाल मगरले भने, 'जिल्लाका अदुवा खरिदकर्ताले नै शुरुमा अदुवाको मूल्य निर्धारण गरिदिन्छन्, त्यसपछि थप मूल्यमा विक्री गर्न गाह्रो हुन्छ ।' उनका अनुसार यसरी सस्तो मूल्यमा आफूहरुले खरिद गरी महङ्गो मूल्यमा बाहिरका व्यापारीलाई विक्री गर्दै आएका छन् । जिल्लामा उत्पादित अदुवा गाईघाट कटारी क्षेत्रसहित सिरहा, लहान तथा मिर्चैयाका व्यापारीहरुले अदुवाको मूल्य निर्धारण गर्ने गरेको र उनीहरुले आफ्नो महँगो मूल्यमा विराटनगर, वीरगञ्ज, जनकपुरका व्यापारीलाई बिक्री गर्ने जिल्लाका अधिकांश अदुवा उत्पादक किसानहरुको गुनासो छ । कटारी नगरपालिका–३ रिस्कुका एक अदुवा उत्पादक किसान ललित दनुवारले भने,  'अदुवाखेतीका लागि बैंकबाट लाखौँ रकम ऋण लिन्छौँ, तर उत्पादित अदुवाले उचित मूल्य पाउन नसक्दा ऋण तिर्नसमेत हम्मेहम्मे हुने गरेको छ ।' जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अनुसार अहिले जिल्लाको कटारी नगरपालिका क्षेत्रको सिरिसे, हर्देनी, बेतिनी, मयङ्खु, सोरुङछबिसे, घुर्मी, सोमबारे, रिस्कु क्षेत्रसहित ताप्ली गाउँपालिकाको रुपाटार, ठानागाउँ, ओख्ले र मादले क्षेत्र अदुवा पाकेट क्षेत्र मानिन्छन् । उदयपुरगढी गाउँपालिकाको भलायडाँडा, तावाश्री, दनुवारबेँसी क्षेत्र पनि अदुवा उत्पादन हुने पकेट क्षेत्रका रुपमा रहेका छन् । त्रियुगा नगरपालिकाको साउने, खाँबु, चिलाउने र चौदण्डीगढी नगरपालिकाको सिद्धिपुरसहितका क्षेत्र जिल्लाको अदुवा पाकेट क्षेत्रका रुपमा रहेको जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अधिकृत तथा सूचना अधिकारी महेश चौधरी बताए । उनका जिल्लामा हाल पाँच सय ८८ हेक्टर क्षेत्रफलमा अदुवाखेती हुँदै आएको छ । चालु आर्थिक वर्षमा जिल्लामा १२ हजार तीन सय ३१ मेट्रिक टन अदुवा उत्पादन भएको उनको भनाइ छ ।  जिल्लामा उत्पादन हुने अधिकांश अदुवा खरिदकर्ताले पूर्वको विराटनगर, वीरगञ्ज हुँदै भारतर्फ पैठारी हुने गरेको व्यापारी बताउँछन् । किसानहरु अदुवाको मूल्य प्रतिकिलो  ८० देखि एक सय रुपैयाँ बताउँदै आएका छन् ।  - रासस

रुकुम पश्चिम : अदुवा किन्न बारीमै पुग्छन् व्यापारी, १८ सय मेट्रिक टन निर्यात

रुकुम पश्चिम – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा उत्पादन भएको अदुवाले राम्रो बजार पाएको छ । सरकारले अदुवा ब्लक कार्यक्रम सञ्चालन गरेर अदुवा उत्पादनमा जोड दिएपछि यहाँको उत्पादनले बजार पाएको हो ।  त्रिवेणी गाउँपालिका ४ पोखरी गाउँका शेरबहादुर खड्काले अदुवा खरिद गर्न व्यापारी बारीमै आउने गरेको बताउनुभयो । व्यापारीले अदुवाको माग धेरै गरेपछि अदुवा खन्ने, केलाउने र सुकाउने काममा व्यस्त भएको उहाँले जनाउनुभयो ।  मकै खेती छोडेर अदुवा खेती गर्न थाल्नुभएका उहाँले बारीमा २० क्विन्टल अदुवाको बिउ लगा...

अदुवा किन्न गाउँमै व्यापारी

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका पोखरीका शेरबहादुर खड्का यतिवेला बारीमा लगाएको अदुवा खन्नमा व्यस्त छन् । व्यापारी घरमै अदुवा खरिद गर्न आउन थालेपछि उनलाई अदुवा खन्न भ्याइनभ्याई भएको हो । उनको दैनिकी बारीमा अदुवा...

अदुवा खेतीबाट मनग्ये आम्दानी

काठमाडाैं । रुकुमपश्चिम त्रिवेणी गाउँपालिका पोखरीका शेरबहादुर खड्का यतिबेला बारीमा लगाएको अदुवा खन्नमा व्यस्त हुनुहुन्छ । व्यापारी घरमै अदुवा खरिद गर्न आउन थालेपछि उहाँलाई अदुवा खन्न भ्याइनभ्याइ भएको हो । उहाँको दैनिकी बारीमा अदुवा खन्ने र खनेको अदुवा केलाउनेमा बित्ने गरेको छ । उहाँले २० क्विन्टल अदुवाको बीउ लगाउनुभएको हो । अहिलेसम्म उहाँले ८० क्विन्टल […]

अदुवा खेतीबाट मनग्य आम्दानी

मुसिकोट- रुकुमपश्चिम त्रिवेणी गाउँपालिका पोखरीका शेरबहादुर खड्का यति बेला बारीमा लगाएको अदुवा खन्नमा व्यस्त छन् । व्यापारी घरमै अदुवा खरिद गर्न आउन थालेपछि उनलाई अदुवा खन्न भ्याइनभ्याइ भएको हो । उनको दैनिकी बारीमा अदुवा खन्ने र खनेको अदुवा केलाउनेमा बित्ने गरेको छ । उनले २० क्विन्टल अदुवाको बीउ लगाएका हुन्। अहिलेसम्म उनले ८० क्विन्टल अदुवा […]

अदुवा विक्री नहुँदा तनहुँका कृषकहरु चिन्तित

अदुवा बिक्री नभएपछि तनहुँका कृषक चिन्तित बनेका छन् । यहाँ उत्पादित अदुवा मूख्य बजार भारत भएको र त्यहाँका व्यापारी खरिद गर्न नआउँदा बिक्री गर्न समस्या परेको कृषकहरुले बताएका छन् । बजार नपाएपछि बिक्री गर्नको लागि खनेर राखिएको अदुवा गोदाममै थन्किएको छ ।

बेचिएन अदुवा, सुठो बनाउँदै किसान

जहिल्यै अदुवा खरिद गर्ने व्यापारी बारीसम्म पुगेर राम्रो मूल्य दिने गरे पनि यसपालि न त अदुवा व्यापारी पुगे न त स्थानीय व्यापारीले नै किनिदिए। कसैले अदुवा नकिनिदिँदा किसानले अदुवालाई सुठो बनाउन थालेका हुन्। अदुवा किन्ने व्यापारी नआएपछि केही किसानले अदुवा नन...

डोटी - काँचाे अदुवाको मूल्य नपाएपछि सुठो बनाउँदै किसान

डोटी – डोटीको बडीकेदार गाउँपालिका ४ का किसानहरूले काँचो अदुवाको मूल्य नपाउँदा सुठो बनाउन थालेका छन् । अदुवा र बेसार खेतीका लागि जिल्लाकै प्रसिद्ध मानिँदै आएको बडीकेदारमा प्रायः सबै किसानले याे खेती गर्दै आएका छन् । यहाँ उत्पादन गरिने अदुवा र बेसारका लागि मुख्य व्यापारी केन्द्र भारतको पलिया, गौरीफन्टा र बनबासा भएको र त्यहाँका व्यापारीले मूल्य घटाउने गरेका कारण यहाँका किसानलाई अदुवा बिक्रीमा समस्या हुने गरेको बडीकेदार ४ का अदुवा व्यापारी खडक केसीले बताउनुभयो । उहाँले भन्नुभयो, भारतका व्यापारीले मूल्य घटाउन...

अदुवा निकासीमा अन्योल कायमै

पाँचथर यासोकका अदुवा व्यापारी विष्णु बोहोरालाई किसानले साँझ–बिहान सुत्न दिएका छैनन् । बारम्बार उनलाई किसानको फोन आउँछ– अदुवा बारीमै कुहिसक्यो, कहिले लिन कहिले आउनुहुन्छ ? किसानको फोनले आजित उनी ‘फलानो दिन अदुवा तौलिन आउँछु’ भन्ने जवाफ किसानलाई दिन सक्दैनन्।