व्यापारी नआउँदा १८ रुपैयाँ किलोमै अदुवा

बन्गाडकुपिण्डे नगरपालिका–९ जयतपानीका किसान चन्द्रबहादुर रोकाले १० रोपनी जग्गामा झन्डै दुई दशकदेखि व्यावसायिक अदुवा खेती गर्दै आएका छन् । गत वर्ष उनले प्रतिकिलो ३० रुपैयाँमा अदुवा बिक्री गरेर करिब ४ लाख रुपैयाँ कमाएका थिए । यस वर्ष बाहिरका खरिदकर्ता नआएपछि स्थानीय बजारमा प्रतिकिलो १८ रुपैयाँमै अदुवा बेचिरहेका छन् ।

सम्बन्धित सामग्री

अदुवा विक्री नहुँदा तनहुँका कृषकहरु चिन्तित

अदुवा बिक्री नभएपछि तनहुँका कृषक चिन्तित बनेका छन् । यहाँ उत्पादित अदुवा मूख्य बजार भारत भएको र त्यहाँका व्यापारी खरिद गर्न नआउँदा बिक्री गर्न समस्या परेको कृषकहरुले बताएका छन् । बजार नपाएपछि बिक्री गर्नको लागि खनेर राखिएको अदुवा गोदाममै थन्किएको छ ।

ग्राहक नआएपछि बारीमै अदुवा थन्कियो

तनहुँका किसानले उत्पादन गरेका अदुवा बारीमा नै थन्किन थालेका छन् । अदुवा किन्ने व्यापारी नआएपछि उनीहरु चिन्तित हुन थालेका हुन् । उत्पादित अदुवाको मूख्य बजार भारत भएको र त्यहाँका व्यापारी खरीद गर्न नआउँदा बिक्री गर्न समस्या परेको जनाइएको छ । गत वर्षको तुलनामा यस वर्ष धेरै सस्तोमा बिक्री गर्नुपरेको किसानको दःुखेसो रहेको छ । गत वर्ष धार्नीको रु २०० मा बिक्री भएको थियो । यस वर्ष रु १०० देखि १२० सम्म मूल्य तोक्ने गरेको भीमाद नगरपालिका–४ का तुलबहादुर थापाले जानकारी दिनुभयो ।