पाँचथर यासोकका अदुवा व्यापारी विष्णु बोहोरालाई किसानले साँझ–बिहान सुत्न दिएका छैनन् । बारम्बार उनलाई किसानको फोन आउँछ– अदुवा बारीमै कुहिसक्यो, कहिले लिन कहिले आउनुहुन्छ ? किसानको फोनले आजित उनी ‘फलानो दिन अदुवा तौलिन आउँछु’ भन्ने जवाफ किसानलाई दिन सक्दैनन्।