२ सय ९९ बस्ती पहिरो जोखिममा, स्थानान्तरणको पर्खाइमा बित्यो ६ वर्ष

काठमाडौ : २०७२ सालको  विनाशकारी भुकम्पका कारण  धेरैजसो  पहाडी जिल्लाहरु चिराचिरा परे। भुकम्पले थिलथिलो पारेको अति प्रभावित जिल्लामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिम मूल्यांकनका लागि अध्ययन गर्‍यो। २५ जिल्लाका २ सय ९९ बस्ती उच्च जोखिममा रहेका  देखायो। प्राधिकरणका अनुसार बाग्लुङ एक, चितवन ९, धादिङ १६, दोलखा ६, गोरखा २४, गुल्मी पाँच, काभ्रेपलाञ्चोक नौ, ललितपुर १०, लमजुङ ६, मकवानपुर चार, म्याग्दीमा एउटा बस्ती जोखिममा छ।यस्तै, नुवाकोट ३८, ओखलढुंगा नौ, पर्वत तीन, र

सम्बन्धित सामग्री

नरेनले तोडे यू-१६ क्रिकेटमा शतकको खडेरी

काठमाडौं (हाम्रो खेलकुद) – नरेन भट्टले नेपाली यू-१६ क्रिकेटमा ६ वर्ष देखीको शतकको खडेरी तोडेका छन् । एसिसी इस्ट जोन कपको फाइनलमा मलेसियालाई २ सय २१ रनले हराउनेक्रममा नरेनले शतक हानेका थिए । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ५२ रन […] The post नरेनले तोडे यू-१६ क्रिकेटमा शतकको खडेरी first appeared on Hamro Khelkud.

च्याउबाट मनग्गे कमाइ

वीरेन्द्रनगर नगरपालिका–११ का इमानसिंह बस्नेतले च्याउ खेती गर्न थालेको झन्डै १३ वर्ष पुग्यो । सुरुका वर्षहरूमा घरकै एक कोठामा सामान्य रूपमा च्याउ खेती थालेका उनले व्यावसायिक रूपमा खेती थालेको ६ वर्ष पुग्यो । सुरुमा २ सय डल्लाबाट च्याउ खेती गरेका उनको बारीमा अहिले ६ वटा टनेल छन् । उनले एकैपल्ट करिब ७ हजार डल्लासम्ममा च्याउ फलाइरहेका छन् । च्याउ खेतीबाट महिनामा उनको आम्दानी झन्डै डेढ लाख रुपैयाँसम्म हुन्छ ।

कुलेखानीको पानी काठमाडौं ल्याउने तयारी

खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको बढ्दो जनसङ्ख्यालाई ध्यानमा राख्दै सरकारले मकवानपुर जिल्लाको सिस्नेरीस्थित कुलेखानी खोलामा बाँध बनाई दैनिक १५ करोड लिटर पानी काठमाडौंमा वितरण गर्ने बताएका छन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले दिएको सिस्नेरी खोलााको पानी आपूर्ति गर्ने आयोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा आइतबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित प्रस्तावित बाँधस्थलको निरिक्षण गर्न जानु भएका मन्त्री चौधरीले यस्तो जानकारी दिएका हुन् । मन्त्री चौधरीले बर्षा र बाढीका कारण मेलम्चीको पानी सुन्दरीजलतर्फ पथान्तरण गर्न नसक्ने अवस्थामा र सुख्खायाममा पानीको माग बढेको बेला कुलेखानी खोलाको पानी काठमाडौंमा उपत्यकामा दैनिक करिव १५ करोड लिटर वितरण गर्न सकिने योजना रहेको संचारकर्मीसँग बताए । उनले कुलेखानीको पानी दिर्घकालिन रुपमा बाँध बाँधेर काठमाडौ लैजाने र अल्पकालिन रुपमा २ वर्षभित्रै लिफ्टिङ गरेर लैजान सकिने बताए । काठमाडौं उपत्यका खानेपानी खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. संजिव बिक्रम राणाले सिस्नेरी खोलामा बाँध निर्माण गर्ने स्थल भौगोलिक रुपमा उपयुक्त, वातावरणीय प्रभाव न्युन रहेको र थोरै समुदाय मात्र प्रभावित हुने र पाईपलाई विस्तार गर्न काठमाडौं – तराई ÷मधेशद्रूतमार्गको किनारा प्रयोग गर्न सकिने बताए। काठमाडौंको फर्पिङ पम्पिङ स्टेसनबाट करिव १४ किलोमिटर दक्षिणमा रहेको कुलेखानी खोला, सिस्नेरी खोला र बागमति नदी नजिक रहेको प्रस्तावित वाँध स्थलबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सैंबु भैंसेपाटीस्थित पानी पोखरीमा दैनिक करिव १५ करोड लिटर पानी पठाउन सकिने सम्भाव्यता अध्ययनले देखाएको छ । बागमति नदीभन्दा करिव २ सय मिटर पश्चिमतर्फ सिस्नेरीको कुलेखानी खोलामा निर्माण गरिने प्रस्तावित बाँधको लम्बाई तीन सय ४० मिटर र उचाई ६० मिटर रहने बोर्डका कार्यकारी निर्देशक डा. राणाले बताए  ।वाँधस्थलमा जम्मा भएको पानीलाई करिव २ किलोमिटर उत्तरतर्फको एक हजार चार सय १० मिटर अग्लो दरबानडाँडा निर्माण हुने पानीपोखरी र  पानी प्रशोधन केन्द्रमा पम्पिङ गरी पठाईने उनले बताए ।प्रस्तावित दरबानडाँडा पानीपोखरीबाट निर्माणाधिन दू्रतमार्गमा करिव १९ किलोमिटर उत्तरतर्फ पाईपलाईन विच्छ्याइ ललितपुरस्थित एक हजार तीन सय ७० मिटर उचाईमा रहेको सैंबु पानी पोखरीमा खसालिने प्रस्ताव अध्ययनमा गरिएको छ । बाँध निर्माण गर्ने स्थलले ८२ बर्गकिलोमिटर जलाधार क्षेत्र ओगट्ने छ भने दैनिक १५ करोड लिटर पानी लिफ्टिङ गर्न सकिने प्रस्ताव गरिएको छ । प्रस्तावित आयोजना स्थल मकवानपुर जिल्लाको भिमफेदी र इन्द्रसरोवर गाउँपालिका क्षेत्रमा पर्दछ ।सरकारले काठमाडौं उपत्यकाको दू्रत गतिमा बढ्दै गएको जनसङ्या र पानीको मागलाई ध्यानमा राखेर तत्कालको लागि अल्पकालिन योजना अनुसार २ वर्षभित्रै लिफ्टिङ गरी पानै काठमाडौं पठाउने योजना बनाएको मन्त्री चौधरीले बताए । अल्पकालिन रुपमा पम्पिङ गरी दैनिक ६ देखि ७ करोड लिटरसम्म पानी काठमार्डाैं पठाउन सकिने अनुमान गरिएको छ । यस्तै दीर्घकालिन रुपमा आयोजना संचालनको लागि करिव २६ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको बार्डका कार्यकारी निर्देशक राणाले बताए । बाँध निर्माण गरी आयोजना संचालनलाई पूर्णता दिन करिव ६ वर्ष लाग्ने अनुमान गरिएको भए पनि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) भने आइसकेको छैन् । आयोजना उपयुक्त भएकाले डीपीआर निर्माण गर्न र अल्पकालिन आयोजना संचालनका लागि नीतिगत निर्णय गर्न आफू तयार रहेको मन्त्री चौधरीले बोर्डका कार्यकारी निर्देशकलाई जानकारी गराए।आयोजनाको बाँध मात्र निर्माण गर्न करिव १९ अर्ब ८० करोड, पम्पिङ स्टेसन निर्माणको लागि १५ करोड, पाइपलाइन विस्तारको लागि १ अबै र पानी प्रशोधन केन्द्र निर्माणवको लागि करिव ५ अर्ब ८५ करोड लागत अनुमान गरिएको छ ।

स्वास्थ्य बिमामा बढेन सहभागिता

सुदूरपश्चिममा स्वास्थ्य बिमामा आकर्षण बढ्न सकेको छैन । सुरु भएको ६ वर्ष अवधिमा बिमा गर्नेको संख्या आइतबारसम्म ४ लाख २ सय ६१ मात्र छ । ०७८ को जनगणना प्रारम्भिक नतिजा अनुसार सुदूरपश्चिमको जनसंख्या २७ लाख बढी छ ।

दुई सय मेगावाटका आयोजना बनाउँदै कुथेली बुखरी

कुथेली बुखरी साना जलविद्युत आयोजना (९९८ किलोवाट)ले उत्पादन थालेको ६ वर्ष भयो । दोलखाको सुस्पाक्षमावतीमा निर्माण भएको आयोजनामा अधिकाँश स्थानीय र केही बाहिरका लगानीकर्ताले आयोजना बनाए । त्यही आयोजना बनाएको अनुभवले अहिले तिनै लगानीकर्ताले २ सय मेगावाटका आयोजना बनाइरहेका छन् ।देशमा चरम लोडसेडिङ भइरहेको बेला काठमाडौंमा १४ घण्टासम्म बिजुली आउँदैनथ्यो । सरकारले विद्युत संकटकाल घोषणा […]

भूकम्पको ६ वर्ष  : ८ प्रतिशत जनताको टहरामै वास

काठमाडौं :  १२ वैशाख २०७२ को भूकम्पले नेपालमा ठूलो धनजन क्षति भयो। सामुदायिक‚ सांस्कृतिक, निजी आवास, विद्यालय लगायतका भौतिक संरचना ध्वस्त भए।सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन गर्‍यो। २०७२ मा ५ वर्षका लागि स्थापना भएको प्राधिकरणको एकपटक अवधि थपिएको थियो। प्राधिकरण स्थापना भएको ६ वर्ष बितिसक्दा पनि ८ प्रतिशत जनता अझै पनि टहरामा बस्न बाध्य छन्।  कुल ८ लाख ६६ हजार २ सय लाभग्राहीमध्ये ८ लाख २९ हजार ६ सय ६७ जनाले अनुदान स

फेरि सुरू भयो पुल्चोकको २०६ वर्ष पुरानो पाटी बनाउने काम

पुल्चोकको २ सय ६ वर्ष पुरानो समय् फल्चा (पाटी) बनाउने काम फेरि सुरू भएको छ। उच्च अदालतले दिएको 'स्टे अर्डर' आइतबार खारेज भएसँगै ललितपुर महानगरपालिकाले सोमबार बिहानैदेखि काम सुरू गरेको हो।

मध्य भोटेकोशी आयोजना डेढ वर्षभित्र सम्पन्न गरिने

सिन्धुपाल्चोक । मध्यभोटेकोशी जलविद्युत् आयोजना र स्थानीय सरोकार समितिबीच बृहत् छलफल गरिएको छ । छलफलमा प्रभावितहरूको समस्या समाधान गर्दै डेढ वर्षभित्र आयोजना सम्पन्न गरिने सहमति भएको छ । मध्य भोटेकोशी जलविद्युत् आयोजनाका प्रमुख सूर्यनाथ भुर्तेल, प्रबन्ध निर्देशक रामगोपाल शिवाकोटी, बाह्रबिसे नगरपालिकाका प्रमुख एवं स्थानीय सरोकार समितिका संयोजक निमफुञ्जो शेर्पा र आयोजना प्रभावित स्थानीयबीच बिहीवार भएको छलफलमा आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले विगतका कमजोरी सच्याएर चाँडोभन्दा चाँडो आयोजना सम्पन्न गर्न जरुरी रहेको बताए । ‘अब चाँडोभन्दा चाँडो आयोजना सम्पन्न गर्नेतर्फ सोच्न जरुरी छ,’ उनले भने । ६ वर्षअघिको भूकम्प, भारतीय नाकाबन्दी, भोटेकोशीमा बारम्बार आएको बाढी र कोभिड– १९ को महामारीका कारण आयोजनाको काम पछि घकेलिँदै गएको उनले बताए । प्रभावितहरूको माग पूरा गर्न आयोजना तत्पर रहेको भन्दै आयोजनाका प्रबन्ध निर्देशक शिवाकोटीले अबको डेढ वर्षभित्रै निर्माण सम्पन्न गरिसक्ने बताए । निर्माण छिटो सम्पन्न गर्न तथा प्रभावितको समस्या समाधान गर्न म स्वयम् आयोजना स्थलमा खट्ने प्रतिबद्धता उनले व्यक्त गरे । कामदारको ज्याला समेत लामो समय रोकिएको स्थानीयको गुनासो सम्बोधन गर्न मासिक रूपमै भुक्तानीको व्यवस्था मिलाउन आफूले निर्देशन दिइसकेको उनले बताए । प्रभावितहरूका सन्दर्भमा पटक पटक आश्वासन मात्रै भन्दै सरोकार समितिका संयोजक समेत रहेका नगर प्रमुख शेर्पाले अब पनि पूरा नभए प्रभावित जनताले नै आयोजना कब्जामा लिने चेतावनी दिए । प्रभावितलाई आयोजनाले एकघर एक रोजगारीको ग्यारेन्टी गर्नेगरी सम्झौता गरिए पनि कार्यान्वयन नगरिएको उनले बताए । आफू सरोकार समितिको संयोजक भए पनि महŒवपूर्ण निर्णय र काम गर्दा जानकारी नगराउने प्रवृत्ति आयोजनामा देखिएको उनको भनाइ थियो । आयोजनामा मेकानिकल कामको जिम्मा पाएको एन्ड्रिज हाइड्रोका साइट इञ्चार्ज भारतीय नागरिक सुरेन्द्र दवाडीलाई स्थानीयले हातपात गरेको प्रसंग जोड्दै नगर प्रमुख शेर्पाले प्रभावितलाई कुनै काम नदिएपछि स्थानीय आक्रोशित हुन पुगेको बताए । ‘सम्झौता पूर्णरूपमा कार्यान्वयन गर्ने हो भने आयोजनामा स्थानीयले कुनै अवरोध गर्दैनन्, त्यसको जिम्मा म लिन्छु,’ शेर्पाले भने । छलफलमा आयोजना प्रभावित बाह्रबिसे नगरपालिका–६ का मोहनलाल श्रेष्ठ, ७ का मिनबहादुर श्रेष्ठ, ८ का सुरज लामा, कार्यपालिका सदस्य बेलबहादुर रोक्का, भोटेकोशी गाउँपालिका– ५ का अध्यक्ष सुपा लामा लगायतले आयोजना प्रभावितहरूको माग पूरा गर्न जोड दिएका थिए । छलफलमा प्रभावितहरूको समस्या समाधान गर्न आयोजना र स्थानीय सरोकार समितिबीच सातबँुदे सहमति गरिएको छ । ठेकेदारसँग लिने रोयल्टी आयोजनाबाट ठेकेदारलाई समन्वय गर्ने, बाँकी रकम भुक्तानी गर्न लगाउने, आयोजनाबाट प्रभावित धनेश्वरी माध्यमिक विद्यालय भवन तत्काल निर्माण गर्ने, स्थानीय श्रमिकको भुक्तानी १ महीनाभित्रै गर्ने सहमति भएको हो । त्यसैगरी आयोजनाबाट क्षति पुगेको बोर्डरल्याण्ड रिसोर्टलाई जिल्ला प्रशासन कार्यालय मातहतमा बनेको क्षतिपूर्ति निर्धारण समितिले ठह¥याए बमोजिमको क्षतिपूर्ति दिने, मजदूरलाई आवश्यक लत्ताकपडा र स्वास्थ्योपचारको व्यवस्था गर्ने, आयोजना र सरोकार समितिको बैठक प्रत्येक महीना बस्ने र आयोजनाले लिएको ३७५ रोपनीभन्दा बढी जग्गा हकबन्दीको कारण समस्या देखिएकाले समाधानका लागि सरकारसँग अनुरोध गर्ने सहमति भएको बाह्रबिसे नगरपालिका प्रमुख एवं सरोकार समितिका संयोजक शेर्पाले जानकारी दिए । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको चाकुमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाले हालसम्म ६५ प्रतिशत मात्र काम सम्पन्न गरेको छ । सन् २०१३ मा शुरू भई २०१६ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना भूकम्प, बाढी र कोभिड– १९ ले गर्दा निर्धारित समयभन्दा ६ वर्ष पछि धकेलिएको छ । आयोजनामा हाल नेपाली ७० र चिनियाँ १ सय ८९ गरी २ सय ५९ कामदार कार्यरत छन् । स्वदेशी लगानी १४ अर्ब ५० करोड रुपैयाँमा निर्माण भइरहेको आयोजनामा चिनियाँ कम्पनी ग्वाङ्सी हाइड्रो इलेक्ट्रिकल कन्स्ट्रक्शन ब्यूरो र एन्ड्रिज हाइड्रोले काम गरिरहेका छन् ।

सुन चाँदीको भाउ घट्यो

काठमाडौं – सुन चाँदीको भाउ शुक्रबार घटेको छ । सुन शुक्रबार तोलाको ६० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ शुक्रबार २ सय रुपैयाँ घटेको हो ।  सुन बिहीबार भाउ बढेर ६ वर्ष यताकै महंगो तोलाको ६० हजार ४ सय रुपैयाँमा क...

ढोरपाटन शिकार आरक्षमा ३ सय ८८ झारल

बागलुङ । ६ वर्ष अघिको तुलनामा ढोरपाटन सिकार आरक्षमा यस वर्ष झारलको संख्या बढेको छ । आरक्ष कार्यालयबाट वि.सं. २०६८ मा भएको गणनामा २ सय ८५ झारल आरक्षमा थिए । यस वर्ष गरेको गणनामा ३ सय ८८ वटा झारल भेटिएका छन् । पाँच वर्षको अन्तरमा गणना हुनुपर्नेमा यो वर्ष प्राविधिक कारणले ढिलो भएको कार्यालयले जनाइएको छ । गत जेठ–असारमा कार्यालयले आरक्षका ७ वटै सिकार ‘ब्लक’ मा झारल गणना गरेको थियो ।