कुलेखानीको पानी काठमाडौं ल्याउने तयारी

 खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको बढ्दो जनसङ्ख्यालाई ध्यानमा राख्दै सरकारले मकवानपुर जिल्लाको सिस्नेरीस्थित कुलेखानी खोलामा बाँध बनाई दैनिक १५ करोड लिटर पानी काठमाडौंमा वितरण गर्ने बताएका छन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले दिएको सिस्नेरी खोलााको पानी आपूर्ति गर्ने आयोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा आइतबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित प्रस्तावित बाँधस्थलको निरिक्षण गर्न जानु भएका मन्त्री चौधरीले यस्तो जानकारी दिएका हुन् । मन्त्री चौधरीले बर्षा र बाढीका कारण मेलम्चीको पानी सुन्दरीजलतर्फ पथान्तरण गर्न नसक्ने अवस्थामा र सुख्खायाममा पानीको माग बढेको बेला कुलेखानी खोलाको पानी काठमाडौंमा उपत्यकामा दैनिक करिव १५ करोड लिटर वितरण गर्न सकिने योजना रहेको संचारकर्मीसँग बताए । उनले कुलेखानीको पानी दिर्घकालिन रुपमा बाँध बाँधेर काठमाडौ लैजाने र अल्पकालिन रुपमा २ वर्षभित्रै लिफ्टिङ गरेर लैजान सकिने बताए । काठमाडौं उपत्यका खानेपानी खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. संजिव बिक्रम राणाले सिस्नेरी खोलामा बाँध निर्माण गर्ने स्थल भौगोलिक रुपमा उपयुक्त, वातावरणीय प्रभाव न्युन रहेको र थोरै समुदाय मात्र प्रभावित हुने र पाईपलाई विस्तार गर्न काठमाडौं – तराई ÷मधेशद्रूतमार्गको किनारा प्रयोग गर्न सकिने बताए। काठमाडौंको फर्पिङ पम्पिङ स्टेसनबाट करिव १४ किलोमिटर दक्षिणमा रहेको कुलेखानी खोला, सिस्नेरी खोला र बागमति नदी नजिक रहेको प्रस्तावित वाँध स्थलबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सैंबु भैंसेपाटीस्थित पानी पोखरीमा दैनिक करिव १५ करोड लिटर पानी पठाउन सकिने सम्भाव्यता अध्ययनले देखाएको छ । बागमति नदीभन्दा करिव २ सय मिटर पश्चिमतर्फ सिस्नेरीको कुलेखानी खोलामा निर्माण गरिने प्रस्तावित बाँधको लम्बाई तीन सय ४० मिटर र उचाई ६० मिटर रहने बोर्डका कार्यकारी निर्देशक डा. राणाले बताए  ।वाँधस्थलमा जम्मा भएको पानीलाई करिव २ किलोमिटर उत्तरतर्फको एक हजार चार सय १० मिटर अग्लो दरबानडाँडा निर्माण हुने पानीपोखरी र  पानी प्रशोधन केन्द्रमा पम्पिङ गरी पठाईने उनले बताए ।प्रस्तावित दरबानडाँडा पानीपोखरीबाट निर्माणाधिन दू्रतमार्गमा करिव १९ किलोमिटर उत्तरतर्फ पाईपलाईन विच्छ्याइ ललितपुरस्थित एक हजार तीन सय ७० मिटर उचाईमा रहेको सैंबु पानी पोखरीमा खसालिने प्रस्ताव अध्ययनमा गरिएको छ । बाँध निर्माण गर्ने स्थलले ८२ बर्गकिलोमिटर जलाधार क्षेत्र ओगट्ने छ भने दैनिक १५ करोड लिटर पानी लिफ्टिङ गर्न सकिने प्रस्ताव गरिएको छ । प्रस्तावित आयोजना स्थल मकवानपुर जिल्लाको भिमफेदी र इन्द्रसरोवर गाउँपालिका क्षेत्रमा पर्दछ ।सरकारले काठमाडौं उपत्यकाको दू्रत गतिमा बढ्दै गएको जनसङ्या र पानीको मागलाई ध्यानमा राखेर तत्कालको लागि अल्पकालिन योजना अनुसार २ वर्षभित्रै लिफ्टिङ गरी पानै काठमाडौं पठाउने योजना बनाएको मन्त्री चौधरीले बताए । अल्पकालिन रुपमा पम्पिङ गरी दैनिक ६ देखि ७ करोड लिटरसम्म पानी काठमार्डाैं पठाउन सकिने अनुमान गरिएको छ । यस्तै दीर्घकालिन रुपमा आयोजना संचालनको लागि करिव २६ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको बार्डका कार्यकारी निर्देशक राणाले बताए । बाँध निर्माण गरी आयोजना संचालनलाई पूर्णता दिन करिव ६ वर्ष लाग्ने अनुमान गरिएको भए पनि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) भने आइसकेको छैन् । आयोजना उपयुक्त भएकाले डीपीआर निर्माण गर्न र अल्पकालिन आयोजना संचालनका लागि नीतिगत निर्णय गर्न आफू तयार रहेको मन्त्री चौधरीले बोर्डका कार्यकारी निर्देशकलाई जानकारी गराए।आयोजनाको बाँध मात्र निर्माण गर्न करिव १९ अर्ब ८० करोड, पम्पिङ स्टेसन निर्माणको लागि १५ करोड, पाइपलाइन विस्तारको लागि १ अबै र पानी प्रशोधन केन्द्र निर्माणवको लागि करिव ५ अर्ब ८५ करोड लागत अनुमान गरिएको छ । 

सम्बन्धित सामग्री

मेलम्चीको पानी काठमाडौं पठाउन सुरु

वर्षाका कारण अवरुद्ध मेलम्चीको पानी पुनः काठमाडौं पठाउनका लागि काम सुरु गरिएको छ। वर्षायाममा क्षति हुनसक्ने भन्दै गत जेठमा बन्द गरिएको सुरुङ हालसम्म सञ्चालन गरिएको थिएन।...

कात्तिकभित्रै मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी

४ कात्तिक, काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ । आयोजनाका कतिपय संरचना, आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल मर्मत गरेर पानी ल्याउन लागिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । स्थायी […]

मेलम्चीको पानी काठमाडौं ल्याउन काम सुरु

मेलम्चीको पानी तेस्रो पटक काठमाडौं उपत्यकामा ल्याउने तयारी सुरु गरिएको छ। पानी ल्याउन मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससम्म पुग्न बाढीले बगाएका पहुँच सडक तथा पुलको अस्थायी निर्माण सुरु गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि नै मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी तयारी सुरु गरिएको बताए। यस वर्षको मनसुनी वर्षा सुरु हुन थालेपछि जेठ १७ गतेदेखि मेलम्ची खानेपानी आयोजनाको मुहान बन्द गरिएको थ

आकाशे पानी संकलन गर्न काठमाडौं महानगरको २१ करोड बजेट

११ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले पानी भण्डारण, पोखरी निर्माण र आकाशे पानी संकलनका लागि बजेट विनियोजन गरेको छ । महानगरले आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन गरेको बजेट अनुसार आकाशे पानी संकलनका लागि २१ करोड रुपैयाँ छुट्याएको हो । यस्तै इनार र रिजर्भ बोरिङका लागि ५ करोड रुपैयाँ छुट्याएको छ । ‘रेनवाटर हार्भेस्टिङ तथा […]

९ महिनापछि पुनः काठमाडौं पठाइयो मेलम्चीको पानी

पानी पथान्तरण कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको काठमाडौं पानी लैजाने सपना पूरा भएको बताउनुभयो । वैशाखमा काठमाडौंबासीले मेलम्चीको पानी पिउन पाउने उहाँको भनाइ छ ।

सम्भव होला चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं ल्याउन ?

मेलम्ची खानेपानी आयोजनाले आगामी चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं पठाउने गरी काम भइरहेको जनाएको छ । गत असारमा आएको बाढी पहिरोले आयोजना स्थललाई पुरेको थियो भने निर्माण सामग्री र उपकरण बगाएर लगेको थियो । मेलम्ची अम्बाथानमा काठमाडौं पानी पठाउने मुख्य बाँधस्थलमा हिमाली क्षेत्रदेखि आएको ढुङ्गा, गिट्टी, बालुवा सहितको गेग्य्रान थुप्रिएको छ । करिब १५ देखि २० मिटर उचाईमा थुप्रिएको गेग्रान हटाउन झन्डै २ साता अघिबाट काम थालिएको हो । यस्तो झन्डै ४० प्रतिशत गेग्य्रान हटाउने काम सम्पन्न भएको मेलम्ची

मेलम्चीको पानी यो वर्ष काठमाडौं ल्याउन कठिन

मेलम्चीको खानेपानी यसै वर्षभित्र काठमाडौं उपत्यकामा ल्याएर वितरण गर्ने काम कठिन बन्दै गएको छ । सरकारले यो वर्ष मेलम्चीको पानी ल्याउने बताउँदै आएपनि बैशाखसम्म पानी ल्याएर वितरण गर्न असम्भव जस्तै देखिन थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको ६ महिना पुगेको अवसरमा केही दिनअघि राष्ट्रको नाममा सम्बोधन गर्दै यो वर्ष मेलम्चीको पानी काठमाडौंमा ल्याउने बताएका छन् ।  निर्माणमा भएको ढिलासुस्ती लगायतका कारण यसै वर्ष मेलम्चीको पानी काठमाडौं ल्याएर वितरण गर्न भने कठिन देखिँदै छ ।  अहिलेसम्म निर्माणको का...

मेलम्चीको पानी छिट्टै काठमाडौं आउँछ : मेलम्ची

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले छिट्टै काठमाडौंमा पानी आउने विश्वास व्यक्त गरेको छ । बाढीले पु¥याएको क्षतिको एकीन विवरण अझै प्राप्त हुन नसकेको अवस्थामा आयोजनाले छिट्टै पानी काठमाडौं आउने विश्वास व्यक्त गरेको हो । आयोजनाको हेडवक्र्स लेदोले पुरिएको र अहिले त्यहाँ जाने बाटो समेत भत्किएको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । वर्षा र बाढी रोकिएपछि […]

मेलम्चीको पानी अब फेरी काठमाडौं आउला त ?

दुई दशकको प्रयासपछि काठमाडौं उपत्यकामा आएको सिन्धुपाल्चोकको खानेपानी फेरि अनिश्चित बनेको छ । निर्माण थालिएको २२ वर्षपछि गत १५ चैतदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकामा झरेकोमा बाढीका कारण अनिश्चित बन्न पुगेको हो ।

मेलम्चीको पानी काठमाडौं आउने समय सरेको सर्‍यै !

मेलम्ची खोलाको पानी काठमाडौँ आउन कम्तीमा अझै तीन महिना लाग्ने भएको छ । आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी)ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुझाव दिएपछि एक महिना थप काम गर्नुपर्ने भएको छ । पानी पथान्तरणको दुई महिनापछि मेलम्चीको पानी सुन्दरीजलमा आउनेछ । जसअनुसार मेलम्चीको पानी काठमाडौँ आउन कम्तीमा तीन महिना तालिकाअनुसारको काम गर्नुपर्नेछ । विज्ञ टोलीले दिएको सुधारका काम सम्पन्न भएपछि पानी पथान्तरण गरिनेछ । सुधारको काम गर्न एक महिना लाग्नेछ । मेलम्ची खानेपानी विकास समि...