काठमाडौं : १२ वैशाख २०७२ को भूकम्पले नेपालमा ठूलो धनजन क्षति भयो। सामुदायिक‚ सांस्कृतिक, निजी आवास, विद्यालय लगायतका भौतिक संरचना ध्वस्त भए।सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन गर्यो। २०७२ मा ५ वर्षका लागि स्थापना भएको प्राधिकरणको एकपटक अवधि थपिएको थियो। प्राधिकरण स्थापना भएको ६ वर्ष बितिसक्दा पनि ८ प्रतिशत जनता अझै पनि टहरामा बस्न बाध्य छन्। कुल ८ लाख ६६ हजार २ सय लाभग्राहीमध्ये ८ लाख २९ हजार ६ सय ६७ जनाले अनुदान स