काठमाडौं, ३१ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज दुई राज्यमन्त्री नियुक्त गरेका छन्। प्रदेशको आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारी र भौतिक पूर्वाधार राज्यमन्त्रीमा सुशीला बुढाथोकीलाई नियुक्त गरिएको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले जानकारी दिए । सोडारी र बुढाथोकी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट राज्यमन्त्री […]