पुस १२, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवार तीन ओटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले विजय लघुवित्त वित्तीय संस्था, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र महुली लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन गरेको हो ।
तीनै ओटा कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले विजय लघुवित्तको २० दशमलव शून्य ३ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार २७२ दशमलव १८ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ५२७ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
विजय लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २० दशमलव शून्य ३ प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २४ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा गैडाकोट रिसोर्ट गैडाकोट-५, नवलपरासीमा बिहान ११:३० बजे शुरु हुने जानकारी दिएको छ । कम्पनीले सोमवारदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
त्यस्तै, नेप्सेले एनसीसी बैंकको ८ प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य रू. २६३ दशमलव ४३ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । सोमवार कम्पनीको शेयर प्रतिकित्ता रू. २८४ दशमलव ५० मा अन्तिम कारोबार भएको थियो
एनएसीसी बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा होटल हार्दिक बागबजारमा हुने जानकारी दिएको छ ।
त्यसैगरी, नेप्सेले महुली लघुवित्तको २६ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ५०२ दशमलव ३८ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ८९३ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २४ गते साधारण सभा आयोजना गरेको छ ।
कम्पनीले सभा केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णसवरण-६ मुहली, सप्तरीमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ ।