दुई ओटा लघुवित्त कम्पनी सहित ५ ओटा कम्पनीको शेयरमूल्य समायोजन

पुस १५, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार पाँच ओटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड, इन्फिनिटी वित्तीय संस्था, मन्जुश्री फाइनान्स, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट र समिट लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन गरेको हो । यी ५ आटै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले चिलिमे हाइड्रोपावरको ७ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४६७ दशमलव ८१ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. ५०२ दशमलव ९० को आधारमा शेयरमूल्य समायोजन भएको हो । चिलिमे जलविद्युतले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७ दशमलव ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि सहित ७ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २३ गते २५ औं वार्षिक साधारण सभा बोलाएको छ । त्यस्तै, नेप्सेले इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको २७ दशमलव ७० प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य रू. १ हजार ३०७ दशमलव ७५ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बुधवार कम्पनीको शेयर प्रतिकित्ता रू. १ हजार ६७० मा अन्तिम कारोबार भएको थियो । इन्फिनिटी लघुवित्तले हाल कायम चुक्ता पूँजीको २७ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ४६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । सो लाभांश पारित गर्न कम्पनीले पुस २७ गते होटल द नारायणी, गैंडाकोट, नवलपरासीमा पाँचौं वार्षिक साधारण सभा बेलाएको छ । सभा बिहान १० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । त्यसैगरी, नेप्सेले मन्जुश्री फाइनान्सको ४० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ६७० दशमलव ७१ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. ९३९ को आधारमा शेयरमूल्य समायोजन भएको हो । मञ्जुश्री फाइनान्सले ४० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ । सोही लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आफ्नै कार्यालय, नयाँ बानेश्वरमा पुस २९ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।  नेप्सेले एनआरएन इन्फ्रास्टक्चरको ५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ५११ दशमलव ४३ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. ५३७ को आधारमा शेयरमूल्य समायोजन भएको हो । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले लाभांश पारित गर्न पुस २९ गते बिहान ११ बजे आम्रपाली ब्यांक्वेट, काठमाडौंमा नवौं वार्षिक साधारण सभा बोलाएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।  त्यस्तै, नेप्सेले समीट लघुवित्त वित्तीय संस्थाको २५ दशमलव २८ प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य रू. १ हजार १६५ दशमलव ३४ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बुधवार कम्पनीको शेयर प्रतिकित्ता रू. १ हजार ४६० मा अन्तिम कारोबार भएको थियो । समीट लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न पुस २४ गते, आँबुखैरेनी रेष्टुराँ एण्ड पार्टी प्यालेस, आँबुखैरेनी, तनहुँमा १३औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा बिहान १० बजे शुरु हुने बताइएको छ। सभाले हाल कायम चुक्ता पूँजीको २५ दशमलव २८ प्रतिशत बोनस शेयर वितरण गर्ने, सजिलो लघुवित्त र समीट लघुवित्त एक आपसमा मर्जर र बोनस शेयर जारी गरेपश्चात संस्थापक र सर्वसाधारण शेयर पूँजीको अनुपातमा मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको ७ लाख ५१ हजार ७१२ कित्ता साधारण शेयर प्रिमियममा एफपीओ जारी गर्ने, सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अन्य लघुवित्त वित्तीय संस्थासँँग मर्जर तथा एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु समेत पारित गर्नेछ ।

सम्बन्धित सामग्री

२०७८ सालमा ३ करोड २० लाख कित्ता आईपीओ निष्कासन

वैशाख ३, काठमाडौं । विसं २०७८ सालमा ११ ओटा कम्पनीका कुल ३ करोड २० लाख ७८ हजार ५४० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा आएको छ । छ ओटा हाइड्रोपावर कम्पनी,चार  ओटा लघुवित्त कम्पनी र एउटा लगानी समूहका कम्पनीले आईपीओ निष्कासन गरेका हुन् ।  ११ ओटा कम्पनीमध्ये सबैभन्दा बढी साहस उर्जा कम्पनीले १ करोड ५ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले उक्त शेयर स्थानिय बासिन्दा र सर्वसाधारणको लागि निष्कासन गरेको छ । त्यसैगरी दोस्रोमा ग्रीन भेञ्चर्स लिमिटेडले ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । उक्त  कम्पनीले पनि स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको हो । ती कम्पनीमध्ये रिभर फल्स पावर लिमिटेडले गत चैत २७ गते पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दाहरुका लागि आईपीओ विक्री खुला गरिरहेको छ । कम्पनीले स्थानीयमा जारी पूँजी रू.७० करोडको १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित मूल्यका कुल ७ लाख कित्ता आईपीओ विक्री खुला गरेकोे हो ।  स्थानीयलाई छुट्याएको शेयर सम्पूर्ण विक्री नभएमा उक्त विक्री नभएको शेयर समेत समायोजन गरी सर्वसाधारण (सामूहिक लगानी कोष तथा कर्मचारीमा समेत) निष्कासन गर्ने कम्पनीले जानकारी दिएको छ ।  स्थानीयले छिटोमा वैशाख ११ गतेसम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन्।  उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा वैशाख २६ गतेसम्म यो आईपीओ विक्रीमा रहने कम्पनीले जानकारी दिएको छ । आईपीओ खरीदका लागि प्राइम कमर्सियल बैंकका खाँदवारी, तुम्लिङटार, सभापोखरी, प्रभु बैंकको खाँदवारी शाखा, ग्लोबल आइएमई बैंकको खाँदवारी, चैनपुर शाखा, रिभर फल्स पावरको आयोजना कार्यालय, संखुवासभाबाट आवेदन दिन सकिने व्यवस्था छ । यी सँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । विगतका वर्षहरुमा भन्दा यस वर्ष चाहि कम कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् । बीचको सम यमा नियामक निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्ष बिहिन भएकाले नयाँ कम्पनीले आईपीओ निष्कासन प्रक्रियाको स्वीकृती पाउन ढिला हुँदा अघिल्लो वर्षभन्दा गत वर्ष २०७८ सालमा कम कम्पनीले आईपीओ निष्कासन गरेका हुन् । २०७८ सालमा आईपीओ निष्कासन गर्न अनुमति पाएका ११ ओटा कम्पनीहरु :   स्रोत : नेपाल धितोपत्र बोर्ड  दुई ओटा कम्पनीको आईपीओ हाल निष्कासनमा  त्यसो त स्वीकृती पाएको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको वैशाख २ गतेदेखि आईपीओ निष्कासन भएको छ । कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले कुल कित्तामध्ये ६ हजार २ कित्ता कर्मचारीको लागि,१९ हजार ७६६ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द मिति छिटोमा वैशाख ६ गतेसम्म रहेको छ । सो समय अवधिमा आईपीओ विक्री नभएमा वैशाख १६ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जानकारी दिएको छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर सफट्वेयरबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी विन्ध्यबासिनी हाइड्रोपावर वेशाख ११ गतेदेखि स्थानीय बासिन्दाका लागि निष्कासन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० लाख कित्ता आईपीओ निष्कानस गर्न लागेको हो । आईपीओ निष्कासन बन्द मिति छिटोमा वैशाख २५ रहेको छ । सो अवधिमा सम्पूर्ण शेयर विक्री नभएमा जेठ ९ गतेसम्म आवेदन दिन पाइने छ । उता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डबाट स्वीकृती पाएको दोर्दी खोला जलविद्युत् कम्पनीले भने शुक्रवारसम्म मिति तय गरेको छैन ।

दुई ओटा लघुवित्त कम्पनी र एक वाणिज्य बैंकको शेयरमूल्य समायोजन

पुस १२, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवार तीन ओटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले विजय लघुवित्त वित्तीय संस्था, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र महुली लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन गरेको हो ।  तीनै ओटा कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले विजय लघुवित्तको २० दशमलव शून्य ३ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार २७२ दशमलव १८ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ५२७ को आधारमा शेयरमूल्य समायोजन भएको हो । विजय लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २० दशमलव शून्य ३ प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २४ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा गैडाकोट रिसोर्ट गैडाकोट-५, नवलपरासीमा बिहान ११:३० बजे शुरु हुने जानकारी दिएको छ । कम्पनीले सोमवारदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।  त्यस्तै, नेप्सेले एनसीसी बैंकको ८ प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य रू. २६३ दशमलव ४३ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । सोमवार कम्पनीको शेयर प्रतिकित्ता रू. २८४ दशमलव ५० मा अन्तिम कारोबार भएको थियो  एनएसीसी बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा होटल हार्दिक बागबजारमा हुने जानकारी दिएको छ । त्यसैगरी, नेप्सेले महुली लघुवित्तको २६ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ५०२ दशमलव ३८ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ८९३ को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २४ गते साधारण सभा आयोजना गरेको छ ।  कम्पनीले सभा केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णसवरण-६ मुहली, सप्तरीमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ ।