धनगढी : अनशनरत डा गोविन्द केसीको स्वास्थ्यमा समस्या देखा परेको छ। धनगढीमा जारी सत्याग्रहको शुक्रबार पाँच दिन पुग्दा सेती प्रादेशिक अस्पतालले डाक्टर केसीको स्वास्थ्य अवस्था जटिलतर्फ गइरहेको जनाएको छ।२०औं सत्याग्रहमा बसेका केसीले सोमबारदेखि सत्याग्रह थालेका थिए। शुक्रबार सत्याग्रहको पाँचौं दिन हुँदा डाक्टर केसीको स्वास्थ्य अवस्था थप बिग्रँदै गएको अस्पतालले जनाएको छ।अस्पतालका अनुसार उनमा टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, मांसपेशी दुख्ने, बाउडिने र मुटुको धडकनमा गडबढी