सीके राउतले उपेन्द्र यादवलाई १८ हजार मतको अन्तरले हराए
सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) फराकिलो अन्तरले विजयी भएका छन् । उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतले हराउँदै संसदको टिकट काटेका हुन् ।
२१ चैत, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत पाँच दिनयता बारामा छन् । बारा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउन शिवचन्द्र कुशवाहालाई पार्टी प्रवेश गराएर मधेश झरेका उनी बिहानदेखि साँझसम्म घरदैलोमा व्यस्त हुन्छन् । राउत गढीमाईस्थित पार्टी कार्यालयमै बास बस्छन् । जनमतका प्रवक्ता बीपी साहका अनुसार हरेक दिन बिहान उठेर अगुवा कार्यकर्तालाई अघि लगाउँदै […]
जनकपुरधाम- सप्तरी निर्वाचन क्षेत्र नं. २ मा जनमत पार्टीले अग्रता कायमै गरेकाे छ। पछिल्लाे मतपरिणामअनुसार जनमतका अध्यक्ष डा. सीके राउत एक हजार ६३४ मतसहित पहिलो स्थानमा छन्। यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ६७० मत ल्याएका छन्। यस्तै, सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ४९१ मत प्राप्त गरेका छन्। मतगणना जारी नै छ।
जनकपुरधाम – सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीले सुरुवाति अग्रता लिएको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत ६२९ मतसहित पहिलो स्थानमा रहेका छन् । सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जय प्रकाश ठाकुर १६९, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ५९ मतसहित तेस्रो स्थानमा रहेका छन् । मतगणना जारी रहेको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तरगत मधेस प्रदेशमा यसपटक सबैभन्दा बढी चर्चा सप्तरी–२ को भइरहेको छ । सो क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट जेपी ठाकुर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । ‘एमाले मधेस विरोधी हो, मधेसलाई हेप्ने पार्टी हो’ भन्दै प्रचारप्रसार गरेको जसपाले अहिले उसैलाई काँधमा बोकेर आएपछि उनीहरुको पत्तासाफ हुने जनमत पार्टीका अध्यक्ष सीके राउ
२३ असोज, सप्तरी । सप्तरी क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका नेता जयप्रकाश ठाकुर भिड्ने पक्का भएको छ । डा. राउत एक्लै चुनाव लड्दैछन् भने जसपा अध्यक्ष यादवले नेकपा एमालेसँग तालमेल गरेका छन् । ‘अध्यक्षले क्षेत्र नम्बर २ बाटै […]
काठमाडौं, ८ माघ । मधेशमा जनमत पार्टीका नेता सीके राउत मधेश केन्द्रित दलका नेताहरुका लागि चुनौती बन्दै गएका छन् । राउतले मधेश प्रदेशमा मात्र नभई समथर भूभागका अधिकांश क्षेत्रहरुमा प्रभाव बढाएका छन् । किसानको मुद्दा उठाएर सीके राउत प्रभावशाली बन्दै गएका छन् । यसले उपेन्द्र यादवलगायत नेताहरु झस्किएका छन् । मधेशमा उपेन्द्र यादव पक्षधरहरुमाथि नै […]