सप्तरी- २: उपेन्द्र यादव पछि, डा. सीके राउतकाे अग्रता यथावत

जनकपुरधाम- सप्तरी निर्वाचन क्षेत्र नं. २ मा जनमत पार्टीले अग्रता कायमै गरेकाे छ। पछिल्लाे मतपरिणामअनुसार जनमतका अध्यक्ष डा. सीके राउत एक हजार ६३४ मतसहित पहिलो स्थानमा छन्। यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ६७० मत ल्याएका छन्। यस्तै,  सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ४९१ मत प्राप्त गरेका छन्। मतगणना जारी नै छ।

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको बैठक सुरु, आजै भागवण्डा मिलाउने तयारी

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्दने, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सहभागी […]

१३ हजार बढी मतले पछि परे उपेन्द्र, सीकेको अग्रता कायमै

सप्तरी २ मा १३ हजार ६९१ मतले जनमत पार्टीका अध्यक्ष डा सीके राउत जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव भन्दा अगाडि रहेका छन् ।

सप्तरी २ काे मतगणना विवाद : स्थगित गर्न जसपाको चेतावनी

जनकपुरधाम । सप्तरी क्षेत्र नम्बर २ को मतगणना विवादमा परेको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत चुनाव जित्ने भएपछि जसपाका कार्यकर्ता विवाद खडा गरेका हुन् । अध्यक्ष उपेन्द्र यादव चुनाव हार्ने निश्चित भएपछि जसपाका एक कार्यकर्ताले मतपेटिकाको सिल भेरिफिकेसन गर्नुपर्ने माग राख्दै मतगणना स्थगित गर्न माग गरेका हुन् । ति कार्यकर्ताले निर्वाचन अधिकृतलाई […]

सीके राउत उपेन्द्र यादव भन्दा साढे सात हजार मतले अगाडि

सप्तरी २ मा शुरुवात देखि नै अग्रता कायम गरेका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउत त्यही रफ्तारमा गइरहेका छन् ।

सप्तरी २ मा सीके राउतले साढे ६ हजारभन्दा बढीले बढाए मतान्तर

जनकपुरधाम- सप्तरी २ मा डा. सीके राउत उपेन्द्र यादवभन्दा ६ हजार ७२५ मतले अगाडि बढेका छन्। सप्तरी २ को पछिल्लो मत परिणामअनुसार जनमत पार्टीका अध्यक्ष सीके राउत १३ हजार २९५ मतसहित सुरुवाती अग्रतालाई निरन्तर कायम राखेका हुन्। यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ६ हजार ५७० सहित दोस्रो स्थानमा रहेका छन्। पाँच दलीय गठबन्धनबाट […]

सप्तरी २ मा डा. सीके राउतको अग्रता, उपेन्द्र यादव तेस्रो स्थानमा

जनकपुरधाम – सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीले सुरुवाति अग्रता लिएको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत ६२९ मतसहित पहिलो स्थानमा रहेका छन् । सत्ता  गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जय प्रकाश ठाकुर १६९, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ५९ मतसहित तेस्रो स्थानमा रहेका छन् । मतगणना जारी रहेको छ ।

सप्तरी–२ मा १६ जनाको उम्मेदवारी

जनकपुरधाम – सप्तरी निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा निर्वाचनका लागि १६ जनाको उम्मेदवारी परेको छ। आइतबार भएको उम्मेदवारी दर्तामा चार जना स्वतन्त्र उम्मेदवारसहित १६ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचत अधिकृतको कार्यालय सप्तरीले जनाएको छ। यस निर्वाचन क्षेत्रबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, लोसपाका जयप्रकाश ठाकुर, राप्रपाका कैला मन्सुरी(मियाँ), […]

सप्तरी–२ बाट उपेन्द्र यादव, सीके राउत र जयप्रकाश ठाकुर भिड्ने पक्का

२३ असोज, सप्तरी । सप्तरी क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका नेता जयप्रकाश ठाकुर भिड्ने पक्का भएको छ । डा. राउत एक्लै चुनाव लड्दैछन् भने जसपा अध्यक्ष यादवले नेकपा एमालेसँग तालमेल गरेका छन् । ‘अध्यक्षले क्षेत्र नम्बर २ बाटै […]