जनकपुरधाम – सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीले सुरुवाति अग्रता लिएको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत ६२९ मतसहित पहिलो स्थानमा रहेका छन् । सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जय प्रकाश ठाकुर १६९, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ५९ मतसहित तेस्रो स्थानमा रहेका छन् । मतगणना जारी रहेको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तरगत मधेस प्रदेशमा यसपटक सबैभन्दा बढी चर्चा सप्तरी–२ को भइरहेको छ । सो क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट जेपी ठाकुर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । ‘एमाले मधेस विरोधी हो, मधेसलाई हेप्ने पार्टी हो’ भन्दै प्रचारप्रसार गरेको जसपाले अहिले उसैलाई काँधमा बोकेर आएपछि उनीहरुको पत्तासाफ हुने जनमत पार्टीका अध्यक्ष सीके राउ
मधेस प्रदेशमा सबभन्दा बढी चर्चाको क्षेत्र हो सप्तरी–२ । त्यहाँ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् ।सप्तरी–२ स्व.गजेन्द्रनारायण सिंहको क्षेत्र हो । त्यो रामराजा प्रसाद सिंहको क्षेत्र पनि हो । त्यो ठाउँ कांग्रेसका रामेश्वर प्रसाद सिंह र सशस्त्र आन्दोलनमा लागेका जयकृष्ण गोइतको पनि हो । सो क्षेत्रबाट यसअघि पनि जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनाव जितेका थिए ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तरगत मधेस प्रदेशमा यसपटक सबैभन्दा बढी चर्चा सप्तरी–२ को भइरहेको छ । सो क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट जेपी ठाकुर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । जसपाका अध्यक्ष यादव एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार हुन् भने लोसपाबाट ठाकुर सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार हुन् । जनमत पार्टीका अध्यक्ष राउत भने एक्लै प्रतिस्पर्धाम
२३ असोज, सप्तरी । सप्तरी क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका नेता जयप्रकाश ठाकुर भिड्ने पक्का भएको छ । डा. राउत एक्लै चुनाव लड्दैछन् भने जसपा अध्यक्ष यादवले नेकपा एमालेसँग तालमेल गरेका छन् । ‘अध्यक्षले क्षेत्र नम्बर २ बाटै […]