डाटा पाइरेसीः तथ्यांक चोरिएको चोरियै, नेपाली हेरेको हेर्‍यै​

संयुक्त राष्ट्र सङ्घ भौगोलिक नाम एक्सपर्ट ग्रुपको निर्णय अनुसार भौगोलिक स्थान नामको नेपाली रोमन लिप्यन्तरणको मानक हेर्ने निकाय नापी विभाग हो । तर नापी विभागको रोमन नेपाली लिप्यन्तरणमा गल्ती भएकाले संयुक्त राष्ट्र सङ्घ भौगोलिक नाम एक्सपर्ट ग्रुप नेपालका लागि हिन्दी रोमन लिप्यन्तरण विधि अपनाउँछ किनभने हिन्दी पनि देवनागरी लिपि मै ले...

सम्बन्धित सामग्री

आवश्यक छ औद्योगिक उत्पादनको तथ्यांक: तथ्यांक संकलनमा अपनाउनुपर्ने विधि

मुलुकको अर्थतन्त्रको विकासका लागि माग र आपूर्तिको समग्र समेट्ने तथ्यांक आवश्यक पर्छ । निर्यात र आयातको तथ्यांकले मुलुकमा आन्तरिक मागमा भएको अधिकता र न्यूनताको मापन गर्ने आधार प्रदान गर्छ । तर, आन्तरिक माग कति छ र आन्तरिक उत्पादन कति छ भन्ने विषयको जानकारीका लागि आन्तरिक उत्पादनको तथ्यांक र आयात तथा निर्यातको तथ्यांक उपलब्ध हुन जरुरी छ । आन्तरिक उत्पादनमा आयातको योग गरी निर्यात घटाउँदा जति लाभ हुन आउँछ त्यही नै देशको उत्पादनको सन्तुलन हो । नेपालको सन्दर्भमा चर्चा गर्दा भन्सार विभागले समयबद्ध तालिकाअनुसार हरेक महीनाको पहिलो साताभित्र आयात निर्यातको तथ्यांक प्रकाशित गर्दै आइरहेको छ । यसले वस्तुतर्फ वैदेशिक व्यापार सन्तुलनको जानकारी एकदम सहज हुन थालेको छ । एचएसकोडको सामान्य जानकारीका भरमा हरेक वस्तुहरूको वैदेशिक व्यापार सन्तुलनको चित्रण गर्न सहज भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषिजन्य उत्पादनको नियमित तथ्यांक प्रकाशित गर्दै आएको छ । यस्तै नेपाल राष्ट्र बैंकले सेवा व्यापार आयात निर्यातको तथ्यांक नियमित रूपमा प्रकाशित गर्दै आएको छ ।  परन्तु, आन्तरिक औद्योगिक उत्पादनको तथ्यांक उपलब्ध हुन नसकेको सन्दर्भमा कुनै पनि वस्तु तथा सेवाको आन्तरिक माग र आपूर्तिको यथार्थ चित्रण हुन सकेको छैन । औद्योगिक उत्पादनको तथ्यांकको अभावमा उद्योग नीति, वाणिज्य नीति तथा आपूर्ति नीतिहरू तर्जुमा गर्दाका तीनओटा खम्बा (आयात, निर्यात र आन्तरिक उत्पादन) मध्ये एउटा खम्बा नहुँदा यी नीतिहरूलाई अपेक्षित रूपमा तथ्यपरक बनाउन सकिएको छैन । देशको अर्थतन्त्रको विश्लेषण गर्दा सर्वेमा आधारित औद्योगिक उत्पादनका पुराना तथ्यांकको सहारा लिनुपर्ने बाध्यता छ । यस परिवेशमा नीतिनिर्माता, अनुसन्धानकर्ता र व्यवसायीमा यी तीनवटै पक्ष औद्योगिक उत्पादनको तथ्यांकको कमीका कारण तथ्यमा आधारित नीति तर्जुमा गर्न, अनुमान र प्रक्षेपण गर्न तथा आफ्नो व्यवसाय स्थापना र विस्तार गर्नमा व्यवधानहरू उत्पन्न हुन गएका छन् ।  उपर्युक्त परिस्थितिमा नेपालमा औद्योगिक उत्पादनको तथ्यांकको नियमित संकलन र प्रकाशन अपरिहार्य भइसकेको छ । सिद्धान्तत: औद्योगिक उत्पादनको तथ्यांकको दायित्व केन्द्रीय तथ्यांक विभाग (हाल राष्ट्रिय तथ्यांक कार्यालय) को रहे तापनि व्यावहारिक रूपमा यसको दायित्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नै हो । उद्योगहरूको नियामक निकाय भएका कारण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत औद्योगिक उत्पादनको संकलन गर्न सहज पनि हुने देखिन्छ, जसरी बैंक तथा वित्तीय संस्थाको तथ्यांक उत्पादनमा नेपाल राष्ट्र बैंकलाई सहज हुने गर्दछ । नियमनकारी निकायहरूका आदेश र परिपत्रहरू मातहतका क्षेत्रका लागि बाध्यकारी प्रकृतिका समेत हुने हुँदा औद्योगिक उत्पादनको तथ्यांक नियमित संकलनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नै सबैभन्दा उपयुक्त निकायका रूपमा रहने गरेको छ ।  औद्योगिक तथ्यांक संकलनका लागि सैद्धान्तिक पक्षमा संयुक्त राष्ट्रसंघीय तथ्यांक विभागले औद्योगिक उत्पादनको तथ्यांक संकलन, सम्पादन र भण्डारणको दिग्दर्शनसहित उत्पादन कोडहरूको पनि व्यवस्था गरेको छ । तथ्यांक उत्पादनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उपसचिवको मातहतमा रहने गरी अनुसन्धान तथा तथ्यांक शाखाको व्यवस्था रहेको छ । यस शाखाको कार्यक्षेत्र विस्तार गरी औद्योगिक उत्पादनको तथ्यांक संकलन, विश्लेषण र प्रकाशनको व्यवस्था हुन सकेको खण्डमा नेपालमा सर्वत्र महसूस भइरहेको औद्योगिक उत्पादनको तथ्यांकको कमीको पूर्ति हुन सक्ने देखिन्छ ।  कार्यारम्भ  उपर्युक्त परिस्थितिका माझ नेपालमा औद्योगिक उत्पादनको तथ्यांक नियमित रूपमा संकलन गरी प्रकाशन गर्न कार्यारम्भ हुन जरुरी देखिएको छ । औद्योगिक तथ्यांक संकलनका लागि सैद्धान्तिक पक्षमा संयुक्त राष्ट्रसंघीय तथ्यांक विभागले औद्योगिक उत्पादनको तथ्यांक संकलन, सम्पादन र भण्डारणको दिग्दर्शनसहित उत्पादन कोडहरूको पनि व्यवस्था गरेको छ । संकलित तथ्यांकलाई यसै ढाँचामा सम्पादन गरी अन्तरराष्ट्रिय मापदण्डअनुसार नेपालको औद्योगिक उत्पादनको तथ्यांक प्रकाशनको व्यवस्था हुन आवश्यक छ ।  यही सैद्धान्तिक आधारमा टिकेर नेपालमा औद्योगिक उत्पादनको तथ्यांक संकलनका लागि सफ्टवेयर विकास हुन जरुरी छ । यस सफ्टवेयर नेपालमा सञ्चालित उद्योगहरूलाई डाटा इन्ट्रीको सुविधा दिने र ती प्रविष्ट तथ्यांक उक्त डाटाबेसमा भण्डार हुने व्यवस्था हुने गरी उक्त सफ्टवेयरको विकास हुन जरूरी छ । यस कार्यलाई थप व्यावहारिक बनाउन सञ्चालनमा रहेका हरेक उद्योगलाई उक्त सफ्टवेयरमा तथ्यांक प्रविष्ट गर्ने प्रयोजनका लागि युजर आइडी र पासवोर्ड राख्ने सुविधा प्रदान गर्नु पनि जरुरी छ । उक्त सफ्टवेयरमा तथ्यांक प्रविष्टि पनि सरल र उपयोगकर्तामैत्री हुन जरुरी छ । यसमा केवल तीनओटा स्तम्भ राखिनु आवश्यक छ । पहिलो स्तम्भमा उत्पादनको महीना र दोस्रो स्तम्भमा उद्योगको नाम, तेस्रो स्तम्भमा उद्योग रहेको जिल्लाको नाम, चौथो स्तम्भमा उत्पादनको एकाइ, पाँचौं स्तम्भमा उत्पादनको परिमाण राखिनुपर्छ ।  यसैगरी सञ्चालनमा रहेका हरेक उद्योगहरूले प्रत्येक महीनाको पहिलो शुक्रवार गत महीनाको उत्पादनको तथ्यांक औद्योगिक उत्पादन डाटाबेस सफ्टवेयरमा इन्ट्री गर्ने कानूनी व्यवस्था हुन जरुरी छ । संघ, प्रदेश र स्थानीय तह तीनओटै संरचनाबाट परिचालित हुने यस सफ्टवेयरमा यसैअनुरूप अनिवार्य तथ्यांक प्रविष्टिको व्यवस्था हुन पनि आवश्यक छ । यसका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै उद्योगहरूका लागि उद्योगहरूले तथ्यांक प्रविष्टिसम्बन्धी परिपत्र र निर्देशिका जारी गर्नुपर्छ । यस्तो निर्देशिका र परिपत्रजारी गर्दा नियमित रूपमा तथ्यांक उपलब्ध नगराउने उद्योगहरूलाई जरीवाना र नियमित रूपमा तथ्यांक उपलब्ध गराउने उद्योगहरूलाई करमा छूटको व्यवस्था हुने गरी मापदण्ड पनि सँगसँगै जारी हुन आवश्यक देखिन्छ ।  औद्योगिक उत्पादनको अनिवार्य तथ्यांक प्रविष्टिको व्यवस्था सँगसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहेको अनुसन्धान र तथ्यांक शाखाको क्षमता अभिवृद्धि गर्न आवश्यक छ । यसका लागि उक्त शाखामा सफ्टवेयर इन्जिनीयरको थप व्यवस्थासहित तथ्यांक अधिकृत र तथ्यांक सहायकका केही दरबन्दीहरू थप गर्नुका साथै कार्यरत जनशक्तिको औद्योगिक तथ्यांक संकलनसम्बन्धी प्राविधिक ज्ञान र विश्लेषण क्षमता अभिवृद्धि गर्न स्वदेश र विदेशमा तालीमको व्यवस्था हुन पनि जरुरी देखिन्छ ।  यसका अतिरिक्त औद्योगिक उत्पादनको तथ्यांक प्रविष्टिलाई सहज, सरल र यथार्थपरक बनाउन सम्बन्धित उद्योगहरूमा कार्यरत जनशक्तिको पनि क्षमता अभिवृद्धि हुन जरुरी छ । यसका लागि प्रदेश सरकार र स्थानीय तहको सहकार्य र समन्वयनमा सम्बद्ध उद्योगका कार्यरत जनशक्तिहरूलाई अभिमुखीकरण र पुनर्ताजगी तालीमहरू व्यापक रूपमा सञ्चालन हुन जरुरी छ ।  औद्योगिक उत्पादनको तथ्यांकको दायरा विस्तार, तथ्यांकको यथार्थता र थप सुधारहरू गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत राष्ट्रिय तथ्यांक केन्द्र, नेपाल राष्ट्र बैंक, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र एवम् निजीक्षेत्रका उद्योग क्षेत्रमा प्रतिनिधिमूलक संंस्थामा प्रतिनिधिहरू सदस्य रहने गरी औद्योगिक उत्पादन तथ्यांक उपसमितिको व्यवस्था हुन पनि आवश्यक देखिन्छ । यस्तो उपसमितिले औद्योगिक तथ्यांकलाई अझ भरपर्दो बनाउन र विद्यमान कमी कमजोरीलाई सुधार गर्न आवश्यक पृष्ठपोषण दिने निश्चित छ ।  उपर्युक्तबमोजिम औद्योगिक तथ्यांक प्रविष्टिको व्यवस्थापन गर्न सकेको खण्डमा छोटो समयमा नै हरेक महीनाको दोस्रो साता नेपालका हरेक उत्पादनको यथार्थ वस्तुस्थिति नीतिनिर्माता, विश्लेषक र व्यवसायीहरूका कम्प्युटरमा उपलब्ध हुन सक्ने देखिन्छ । जसरी आज भन्सार विभागबाट प्रकाशित नेपालको वैदेशिक व्यापार तथ्यांक हरेक महीनाको पहिलो साता नीतिनिर्माता, विश्लेषक र व्यवसायीहरूका कम्प्युटरमा उपलब्ध हुने गर्छ ।  उचित प्रस्ताव तयार हुन सकेको खण्डमा औद्योगिक उत्पादनको तथ्यांक संकलनमा सफ्टवेयर विकास, जनशक्तिको क्षमता अभिवृद्धिमा दातृनिकायहरूले यस क्षेत्रमा सहयोग गर्ने सम्भावना रहेको छ ।  लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।

किन भयो लोकसेवाको डाटा डिलिट ?

एक हजार रुपैयाँको पेन ड्राइभले दिन्थ्यो समाधान, करोडौंको डाटा रिकभरी सेन्टर काम लागेन ।

गुगलका डाटा सेन्टरले खपत गर्छन् वार्षिक १५ अर्ब लिटर पानी

गुगल सर्च इन्जिनमा हरेक दिन अर्बौं पटक सर्च गरिन्छ । गुगलले संसारभरका मानिसका प्रश्नको जवाफ दिन्छ र त्यसमा गुगलका डाटा सेन्टरहरुले काम गर्छन् । ती डाटा सेन्टरहरुले बर्सेनि अर्बौं लिटर पानी खपत गर्दछन् । विश्वभर रहेका गुगलका डाटा सेन्टरहरुले सन् २०२१ मा १५ अर्ब लिटर पानी खर्च गरेको तथ्यांक सार्वजनिक भएको छ । त्यसमध्ये ८० […]

नेप्सेको एउटै वेबसाइटमा फरक–फरक डाटा, लगानीकर्ताले कुन पत्याउने ?

फागुन २९, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सञ्चालनमा ल्याएको अहिलेको नयाँ वेबसाइटमा एउटै डाटा फरक–फरक देखाउँदा लगानीकर्ता र विश्लेषकहरू झुक्किने गरेका छन् । नेप्सेले एउटै डाटा धेरै ठाउँमा देखाउँदा आधिकारिकता कुन हो भन्नेमा लगानीकर्ता तथा विश्लेषकहरू झुक्किने गरेका छन् ।  गत साताको बिहीवार बजार बन्द हुँदा हइड्रोपावर सेक्टरको परिसूचक बाहिरी नेप्से इन्डेकसमा ३ हजार ११९ दशमलव शून्य २ देखाएको थियो भने नेप्से डाटाको भित्र डाटावाइज इन्डेक्समा ३ हजार १२० दशमलव १४ विन्दुमा रोकिएको देखाएको थियो । यसरी १ दशमलव १२ अंक फरक पर्नु तथ्यांकमा ठूलो त्रृटि भएको तथ्यांकशास्त्रीहरू बताउँछन् । तर, नेप्सेले भने यो खासै ठूलो फरक नभएको बताएको छ ।  बजार पूँजीकरणको तथ्यांक आएपछि मात्र डाटा आधिकारिक हुने भन्दै त्यसपछिको तथ्यांकलाई आधिकारिकता मान्न नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले आग्रह गरे । ‘डाटा परिवर्तन भयो भन्दै फोन आउने गर्छ । सबैभन्दा बढी अनलइन पत्रिकाबाट यस्ता फोन आउने गरेका छन् । कससले पहिला समाचार दिने भन्दै प्रतिस्पर्धा गर्दा नेप्सेमा आधिकारिक डाटा नै अपलोड नभइ समाचार लेखिन्छ । पहिले कुुनलाई आधिकारिक मान्ने भन्ने थाहा हुनुपर्याे,’ उनले भने, ‘तथ्यांक परिवर्तन सिस्टमबाटै हुने हो । तर, एउटै वेबसाइटमा फरक–फरक तथ्यांक देखिएको भए त्यसको समाधान गर्नुपर्ने हुन्छ ।’  एकै दिनमा एउटै परिसूचक फरक–फरक देखिँदा सर्वसाधारण त झुकिन्छन् नै, योभन्दा पनि शेयर बजारको विश्लेषण गर्नेहरू पनि झुकिने गरेका छन् । विश्लेषक भन्छन्, ‘नेप्सेले कि त बाहिर देखिने मात्र डाटा राख्नु पर्यो । कि भने बाहिरको फालेर नेप्से डाटा भित्रको मात्र राख्नु पर्याे, हामी नै झुकिन्छौं भने सर्वसाधारणले कसरी बझ्छन् ? लगानी गर्नेहरूले नेप्सेले राखेका तथ्यांकलाई नै आधार मानेर लगानी रणनीति बनाउने हुँदा यस्तो तथ्यांकको परिवर्तनले उनीहरूको रणनीति नै फेल खाने स्थिति आउँछ,’ उनले भने ।  बिहीवार तथ्यांक परिवर्तन भएको, एउटा उदाहरण मात्र हो । नेप्सेले वेबसाइटमा राखेका डाटा पटक–पटकको परिवर्तनले नेप्सेको विश्वसनियता कम भएको ती शेयर विश्लेषकले बताए ।  उनका अनुसार नेप्सेले लगानीकर्ता केन्द्रित भएर सूचना प्रवाह नगरेर भ्रम छर्ने काम गरेको छ । नेप्सेले निर्माण गरेको वेबसाइटमा यो मात्र नभएर अन्य डाटा पनि परिवर्तन हुने गरेका छन् । ‘बजार बन्द भएको १०/ २० मिनेटसम्म परिवर्तन हुनु त ठिकै हो, २/ ३ घण्टामा पनि परिवर्तन हुनु अचम्मको कुरा हो,’ उनले भने । यस्ता विषयमा नेप्से गम्भीर भएर समाधानतर्फ लाग्नु पर्ने ती विश्लेषकको भनाइ छ ।

भक्सवागनका ३० लाख प्रयोगकर्ताको डाटा चोरी

एजेन्सी। जर्मन कार निर्माता कम्पनी भक्सवागनका ३० लाख प्रयोगकर्ताको डाटा चोरी भएको छ। अमेरिकी समाचार संस्था सीएनएनका अनुसार लक्जरी कारका प्रयोगकर्ताको तथ्यांक चोरी भएको हो। भक्सवागनसहित अडी कारका प्रयोगकर्ताको पनि डाटा चोरी भएको बताइएको छ। डाटामा इमेल, फोन नम्बर, मेलिङ एड्रेस र सवारी पहिचान नम्बर छन्।

फिफा–२१ कम्पनी इएमा साइबर हमला, ७८० जीबी डाटा चोरी

एजेन्सी।प्रमुख खेल प्रकाशक कम्पनी इलेक्ट्रोनिक आर्टस (इए)मा साइबर आक्रमण भएको कम्पनीले बताएको छ। ह्याकरहरुले फिफा–२१सहित अन्य खेलहरूको लागि स्रोत कोड ह्याक गरेको दाबी गरेका छन्। एक रिर्पोटले ह्याकरहरुले इएबाट ७८० जीबी डाटा चोरी भएको बताएको छ। इएले यस डाटा चोरी भए पनि कुनै पनि खेलाडीको तथ्यांक भने चोरी नभएको बताएको छ। इए संसारको सबैभन्दा ठूलो खेल कम्पनीमध्येको एक हो।

फिफा–२१ कम्पनी इएमा साइबर हमला, ७८० जीबी डाटा चोरी

एजेन्सी।प्रमुख खेल प्रकाशक कम्पनी इलेक्ट्रोनिक आर्टस (इए)मा साइबर आक्रमण भएको कम्पनीले बताएको छ। ह्याकरहरुले फिफा–२१सहित अन्य खेलहरूको लागि स्रोत कोड ह्याक गरेको दाबी गरेका छन्। एक रिर्पोटले ह्याकरहरुले इएबाट ७८० जीबी डाटा चोरी भएको बताएको छ। इएले यस डाटा चोरी भए पनि कुनै पनि खेलाडीको तथ्यांक भने चोरी नभएको बताएको छ। इए संसारको सबैभन्दा ठूलो खेल कम्पनीमध्येको एक हो।

किसानको तथ्यांक संकलन नभएसम्म कृषि क्रान्ति असम्भव

काठमाडौं। देशमा भएका किसानको तथ्यांक संकलन नगर्दा कृषि क्षेत्र भद्रगोल भएको पवन गोल्यानले बताएका छन्। गोल्यान समूहका अध्यक्ष गोल्यानले किसानको संख्या र किसानसँग भएको जग्गाको तथ्यांक संकलन नभएसम्म कृषि क्रान्ति सम्भव नभएको बताए। उनले भने, “जबसम्म डाटा संकलन हुँदैन। तबसम्म किसानको संख्या, खेती भइरहेको जग्गा र उनीहरुबाट उत्पादित वस्तुबारे केही पनि जानकारी हुँदैन।”

विद्युत प्राधिरकणले सरकारसँग माग्यो निःशुल्क फ्रिक्वेन्सी

२६ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर प्रयोगका लागि सरकारसँग निःशुल्क फ्रिक्वेन्सी माग गरेको छ । ग्राहकको जोडिनेे स्मार्ट मिटरको तथ्यांक प्राधिरकणको डाटा सेन्टरसम्म ल्याउन प्राधिकरणले ३९५देखि ४०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी माग गरेको हो । स्मार्ट मिटरमा राखिएका विद्युतीय चिप्समार्फत सम्बन्धित मिटरेको तथ्यांक प्राधिकरणको डाटा सेन्टरमा ल्याउन प्राधिकरणलाई रेडियो फ्रिक्वेन्सी आवश्य परेको हो […]