फिफा–२१ कम्पनी इएमा साइबर हमला, ७८० जीबी डाटा चोरी

एजेन्सी।प्रमुख खेल प्रकाशक कम्पनी इलेक्ट्रोनिक आर्टस (इए)मा साइबर आक्रमण भएको कम्पनीले बताएको छ। ह्याकरहरुले फिफा–२१सहित अन्य खेलहरूको लागि स्रोत कोड ह्याक गरेको दाबी गरेका छन्। एक रिर्पोटले ह्याकरहरुले इएबाट ७८० जीबी डाटा चोरी भएको बताएको छ। इएले यस डाटा चोरी भए पनि कुनै पनि खेलाडीको तथ्यांक भने चोरी नभएको बताएको छ। इए संसारको सबैभन्दा ठूलो खेल कम्पनीमध्येको एक हो।

सम्बन्धित सामग्री

महिला राजनीतिकर्मीमाथि साइबर हमला बढी

महिला राजनीतिकर्मीमाथि साइबर हमला बढी हुने गरेको छ। पुरुष राजनीतिकर्मीको तुलनामा महिला राजनीतिकर्मीमाथि साइबर हमला बढी हुने गरेको हो।  कर्णाली फाउण्डेसनले आयोजना गरेको ‘महिला राजनीतिकर्मी लक्षित अनलाइन हिंसा, उत्पीडन र गलत...

इरानी तेल पूर्वाधारमा ‘साइबर हमला’

तेहरान- इरानले इजरायल र अमेरिकाको साइबर हमलाको सामना गर्नुपरेको बताएको छ । सोमबार साइबर हमलाका कारण ६० प्रतिशत पेट्रोल स्टेसनमा इन्धन वितरण अवरुद्ध भएको इरानी पक्षको भनाइ छ । इरानका तेलमन्त्री जवाद ओजीले सरकारी टिभीलाई भने, “देशभर केही ग्यास स्टेसनमा साइबर हमला भएको छ र इन्धन वितरण बन्द भएको छ ।” उनले उक्त हमलाका लागि […]

अस्पतालमा साइबर हमला, शल्यक्रिया रद्द

एजेन्सी  । पेरिस नजिकैको भर्साइलको एउटा अस्पतालमा साइबर हमला भएपछि शल्यक्रिया रद्द गर्नु परेको जनाइएको छ । हमलाका कारण केही  बिरामीहरूलाई स्थानान्तरण गर्नुपरेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साइबर आक्रमणपछि तीन जना सघन हेरचाह र तीन जनालाई नवजात इकाइबाट स्थानान्तरण गरिएको स्वास्थ्यमन्त्री फ्रान्कोइस ब्राउनले जानकारी दिए । क्षेत्रीय स्वास्थ्य एजेन्सी (एआरएस)ले अस्पतालले अपरेसन रद्द […]

ट्विटरमा साइबर हमला, ५.४ मिलियन एनोनिमस अकाउन्टको डेटा बाहिरियो

ट्वीटरमा साइबर हमला भएको छ । ट्विटरमा साइबर हमला भएपछि एनोनिमस अकाउन्टहरुको डेटा बाहिरिएको छ । यो कुरा एक सुरक्षा अन्वेषकले पत्ता लगाएका हुन् । उनले यस बारे ट्वीटरलाई बग बन्टी प्रोग्राम मार्फत जानकारी दिएका हुन् । यस आक्रमणमा ५.४ मिलियन अकाउन्टहरुको डेटा पत्ता लगाइएको थियो । यस समस्याबाट ह्याकरहरुले सजिलै एनोनिमस अकाउन्टहरुको पनि वास्तविक परिचय पत्ता लगाउन सकेका...

युक्रेन आक्रमणलगत्तै रुसले युरोपेली भू उपग्रहमाथि साइबर हमला गरेको खुलासा

काठमाडौं– युक्रेनमाथि आक्रमण थालेलगत्तै रुसले युरोपेली भू उपग्रह सञ्जाललाई निशाना बनाएर साइबर हमला गरेको खुलासा भएको छ । अमेरिकी साइबर सुरक्षा अधिकारीले वाशिंटन पोष्टलाई बताएअनुसार रुसी आक्रमणकै दिन फेब्रुअरी २४ मा रुसी साइबर सेनाले इन्टरनेट प्रदायक युरोपेली भू उपग्रह सञ्जाल केए–स्याट माथि साइबर हमला गरेका थिए । अमेरिकी भू उपग्रह सञ्चार कम्पनी भायस्याटको स्वामित्वमा रहेको […]

बैंकमा साइबर हमला गर्ने धम्कीको प्राविधिक अनुसन्धान शुरु

काठमाडौँ । केन्द्रीय बैंकसहित १४ वाणिज्य बैंकमा साइबर हमला गर्ने धम्कीपूर्ण फोन र इमेलको छानबिन शुरु भएको छ । बुधबार बेलुकी प्राप्त धम्कीपूर्ण फोन र ईमेलको प्राविधिक अनुसन्धान सुरु भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको प्राविधिक विभाग र नेपाल प्रहरीको साइबर अपराध अनुसन्धान विभागलाई संयुक्त रुपमा अनुसन्धानको जिम्मा लगाइएको छ । बुधबार […]

चीनमाथि ‘साइबर हमला’को आरोप

एजेन्सी । बेलायत, अमेरिका र युरोपियन युनियनले चीनले ठूलो साइबर हमला गरेको आरोप लगाएका छन् । यस वर्षको सुरुमा चीनले माइक्रोसफ्ट एक्सचेन्ज सर्भरलाई लक्षित साइबर हमला गरेको ती देशको आरोप छ । उक्त साइबर हमलाका कारण विश्वभर ३० हजार भन्दा बढी संस्थाहरु प्रभावित भएको बताइएको छ । चीनले पश्चिमा मुलुकहरुमाथि आफ्नो नियन्त्रण राख्न साइबर हमलाका […]

विश्वमा सबैभन्दा धेरै मासु सप्लाइ गर्ने कम्पनीमा साइबर हमला

एजेन्सी। विश्वमा सबैभन्दा धेरै मासु सप्लाइ गर्ने ब्राजिलियन कम्पनी जेबीएसमा साइबर हमला भएको छ। जेबीएसका अनुसार ह्याकरहरूले अमेरिकास्थित उनीहरूको मुख्यालयमा साइबर हमला गरेको र हमलाका कारण कम्पनीको अष्ट्रेलिया र क्यानाडाका दुई शाखाहरू बन्द गर्नुपरेको हो। यस हमला रुसी ह्याकरहरूले गरेको हुनसक्ने आंकलन गरिएको छ। हमलावरले हालसम्म कुनै पनि किसिमको माग नगरेको कम्पनीले बताएको छ।

अमेरिकी इन्धन पाइपलाइनमा साइबर हमला, आपत्काल घोषणा

वासिङ्टन । अमेरिकी इन्धन पाइपलाइनमा साइबर हमला भएपछि आपत्काल घोषणा गरिएको छ । जर्जियामा मुख्यालय रहेको कोलोनियल पाइपलाइनमा स्थानीय समयानुसार शुक्रबार र्‍यान्समवेय साइबर हमला भएपछि आपत्काल घोषणा गरिएको हो । शुक्रबार साइबर हमलापछि आपूर्ति ठप्प भएको र सञ्चालन गर्ने प्रयास जारी रहेको अधिकारीहरुले बताएका छन् । कोलोनियल पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति हुन्छ, […]

अमेरिकामा साइबर हमला, आपत्काल घोषणा

अमेरिकामा ठूलो स्तरको साइबर आक्रमण भएपछि देशभर आपत्‌काल लगाइएको छ। त्यहाँको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएपछि सरकारले आपत्‌काल घोषणा गरेको हो।साइबर आक्रमण भएको कोलोनियल पाइपलाइनबाट प्रतिदिन २५ लाख लिटर ब्यारेल तेल प्रवाह हुने गरेको थियो। अमेरिकाको पूर्वी तटीय राज्यहरूमा आवश्यक डिजेल, ग्यास र जेट इन्धनको ४५ प्रतिशत माग यही पाइपलाइनबाट जाने गरेको इन्धनले पूर्ति हुने गर्थ्यो। यो पाइपलाइनमा साइबर हमलाकारीहरूले शुक्रबार आक्रमण गरेका हुन्‌।&nb