मकवानपुर : मकवानपुरका १० स्थानीय तहका विभिन्न ३४ स्थान विपद्को उच्च जोखिममा छन्।बर्खा सुरु भएसँगै विभिन्न जिल्लामा विपद्जन्य घटनाहरू भइरहेका छन्। मकवानपुरले पनि हरेक वर्ष बाढी, पहिरो, डुबान चट्याङलगायत प्राकृतिक जोखिम वहन गरिरहेको छ। यस वर्ष पनि जिल्लाका विभिन्न स्थानीय तहले दुई हजार एक सय ६५ भन्दा धेरै घर प्राकृतिक प्रकोपको अति जोखिममा रहेका जनाएका छन्। तीमध्ये करिब एक हजार तीन सय घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेका स्थानीय तहका प्रतिनिधिहरूको भनाइ छ। दुर्गम राक्सिरा