काठमाडौँ। निर्वाचन आयोगले वैशाख ३० गते विदा दिन निजी क्षेत्रलाई अपील गरेको छ। सबै मतदाताले आफ्नो मत सुनिश्चित गर्न पाउने अधिकारलाई नजर गर्दै आयोगले निजी क्षेत्रलाई विदा दिन आह्वान गरेको हो।
नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘आफ्नो मत दिने अधिकारलाई मध्यनजर गर्दै निजी क्षेत्र, संघसंस्था, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्थालाई निर्वाचनका दिन वैशाख ३० गते विदा दिन आग्रह गर्छ।’