दाङ- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त हुँदैछन्। नयाँ राजनीतिक समीकरणका आधारमा नेकपा माओवादी केन्द्रलगायतका अन्य दलको समर्थनमा एमाले पोलिटब्यूराे सदस्य ६८ वर्षीय गिरीले लुम्बिनी सरकारको नेतृत्वको अवसर पाउन थालेका हुन्। यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा सहभागी भइसकेका गिरीलाई शालीन नेतृत्वको रूपमा चिन्ने गरिन्छ। मंसिर ४ गते सम्पन्न चुनावमा रुपन्देही […]