लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म

बुटवल । लुम्बिनी प्रदेशका एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बहुमत सांसदको हस्ताक्षर पेश गरेसँगै बुधबार प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  गुल्मीको जिल्लाको रुरु

सम्बन्धित सामग्री

अर्को व्यवस्था नहुन्जेल लुम्बिनी सरकार ‘काम चलाउ’

दाङ : विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री लीला गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई काम चलाउ सरकार तोकिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले सोमबार उक्त सरकारलाई काम चलाउ सरकार तोकेका हुन्।संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सरकार नियमावली २०७९ को नियम १४५ को उपनियम (४) बमोजिम मुख्यमन्त्री गिरीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी प्रस्ताव पेश गरेका थिए। तर उनको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको हुँदा बहुमतले अस्वीकृत गरेको थियो।बहुमतबाट प्रस्ताव अस्वीकृत भएपछि सभामुख तुलराम घ

लुम्बिनी प्रदेश सरकारबाट माओवादी र जनमत बाहिर

लुम्बिनी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी बाहिरिएको छ । आइतबार माओवादी केन्द्रबाट सरकारमा सहभागी तीनजना मन्त्रीले मुख्यमन्त्री लीला गिरी समक्ष सामूहिक राजीनामा दिनुभएको माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिनुभयो । साथै जनमत पार्टीबाट मन्त्री बन्नुभएका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले पनि राजीनामा दिनुभएको छ । उहाँले आफूले मुख्यमन्त्री समक्ष राजीनामा …

लुम्बिनी प्रदेश : सरकार ढाल्ने कसरतमा गठबन्धन

दाङ, चैत ३ । आज उपराष्ट्रपतिको निर्वाचन भएपछि वर्तमान गठबन्धनमा आवद्ध दलहरू लुम्बिनी प्रदेशको सत्ता फेरबदलको कसरतमा लाग्ने भएका छन्। सरकारमा रहेका तथा समर्थित दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मुख्यमन्त्रीलाई विश्वासको मत लिन बाध्य पार्ने तयारीमा गठबन्धन छ। सरकारलाई समर्थन गरेका सबै दलहरूले समर्थन फिर्ता लिए मुख्यमन्त्री लीला गिरी अल्पमतमा पर्ने निश्चित रहन्छ। […]

नयाँ सरकार बनाउन कांग्रेस र एमालेको दाबी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकारले सोमबार विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ। संविधानको धारा १६८ को (२) बमोजिम नेकपा (एमाले) नेतृत्वमा गत पुस २ गते बनेको सरकारले संसद्बाट विश्वास गुमाएपछि गिरी नेतृत्वको सरकार ढलेको हो। प्रदेश प्रमुख अमिक शेरचनले सोमबार अर्को व्यवस्था नभएसम्मका लागि कामचलाउ सरकारका रूपमा काम गर्न मुख्यमन्त्री गिरी नेतृत्वको सरकारलाई तोक्नुभएको छ। नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र एमाले दुवैले दाबी गरेका छन्। एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि अब लुम्बिनी प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतले एमालेले नै सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ। एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले धारा १६८ (२) अनुसार बनेको सरकार अल्पमतमा परेकाले अब धारा १६८ (३) अनुसार नयाँ सरकार बनाउनुपर्ने बताउनुभयो। उहाँले १६८ (२) अनुसारको सरकार ढलेकाले अब १६८ (३) अनुसार सबैभन्दा ठूलो दलको हैसियतले नयाँ सरकारको नेतृत्व पनि एमालेले गर्ने दाबी गर्नुभयो।