होटल तथा रेष्टुरेन्ट व्यवसायी संघमा गौतम निर्वाचित

होटल तथा रेष्टुुरेन्ट व्यवसायी संघ रूपन्देहीको अध्यक्षमा रामप्रसाद गौतम निर्वाचित भएका छन्

सम्बन्धित सामग्री

मर्दी पदयात्रामा पर्यटकको घुइँचो, होटल तथा रेष्टुरेन्ट भरिभराउ

कास्की । कास्की जिल्लामा अवस्थित विश्व प्रख्यात मर्दी पदयात्रामा जाने पर्यटकको यतिबेला घुइँचो लागेको छ । दशैंअघिदेखि नै यस पदयात्रामा पर्यटकको आगमन बढ्दा होटल तथा रेष्टुरेन्ट भरिभराउ भएका छन् । घटस्थापनादेखि आन्तरिक तथा बाह्य पर्यटक आगमन शुरु भएकामा दशैंको टीकाको भोलिपल्टदेखि पर्यटक आगमन ह्वात्तै बढेको व्यवसायीले बताएका छन् । मर्दी पदयात्रा छोटो समयमा गर्न सकिने उत्कृष्ट पदयात्राभित्र पर्दछ । पोखराबाट तीन दिन दुई रातमा पदयात्रा सकेर फर्किन सकिने भएकाले समेत अधिकांशको रोजाइमा पर्ने गरेको छ । हातले समाउन सकिएलाझैं लाग्ने गरी आँखै अघि ठडिएका हिमशृङ्खला अनि हिउँले छपक्कै छोपेका सेता पहाड, हरिया वनजङ्गल, सुन्दर डाँडाकाँडा र बस्तीले पर्यटक तानेको छ । प्राकृतिक सुन्दरताले भरिएको पदयात्रा मार्गका हरेक मनमोहक दृश्यले पर्यटक लाभिने गरेका छन् । कुमारी माछापुच्छ्रे हिमालसहित मर्दी, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर मिल्ने भएकाले यस पदयात्रामार्गमा बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बर्सेनि बढ्ने गरेको छ । मर्दी ट्रेक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले दैनिक चार सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकले अहिले मर्दी पदयात्रा गर्ने गरेको बताए । उनका अनुसार पर्यटक आगमन बढेसँगै व्यवसायीलाई उनीहरूको स्वागत सत्कार र आतिथ्यतामा भ्याइनभ्याइ छ । ‘कोभिडले थला परेको पर्यटनलाई अहिलेको पर्यटक आगमन बढ्दा उत्साहित भएका छौं । दशैंको भोलिपल्टदेखि हामीलाई पर्यटकको व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ,’ तामाङले भने ।  मर्दी पदयात्रामा ६० वटा होटल तथा रेष्टुरेन्ट छन् । यहाँ दैनिक पाँच सय ५० हाराहारीमा पर्यटकलाई बास बस्न सक्ने क्षमता छ । कुनै दिन पर्यटक आगमन दैनिक पाँच सयभन्दा बढी हुने गरेको बताइन्छ ।  दुई दिनअघि मर्दीको पदयात्रा गरेका गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले मर्दीको पदयात्रा गर्दा आफू रोमाञ्चित बनेको बताए । ‘भ्यू प्वाइन्ट’बाट देखिने सुन्दर दृश्यावलोकनले पदयात्रामा भोग्नुपरेका सबै थकान र कष्ट एकै क्षणमा भुलिने उनले सुनाए ।  बरालले भने, ‘मर्दी ट्रेकिङ नेपालीहरूको प्रमुख रोजाइको पदयात्रा गन्तव्य बनेको छ । यसबाट आर्थिक गतिविधिमा योगदान दिएको छ, त्यहाँ गएर बस्न खान कुनै समस्या छैन । पारिवारिक यात्राको राम्रो गन्तव्यसमेत बनेको छ ।’ ‘भ्यू प्वाइन्ट’मा शौचालयको अभावका कारण पर्यटक समस्यामा परेको देखिएको बताउँदै प्रदेशसभा सदस्य बरालले समस्या समाधानका लागि प्रदेश सरकारसँग पहल गर्ने बताए ।  पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जीपयात्रापछि मर्दी पदयात्रा शुरु हुन्छ । त्यहाँबाट जङ्गलको बाटो हुँदै उकालो चढेर दुई हजार नौ सय ७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ । माछापुच्छ्रेकै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाटसमेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेस्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्छन् । लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यू प्वाइन्ट’ हुँदै चार हजार पाँच सय मिटर उचाइको मर्दी आधार शिविर पुगिन्छ । ‘भ्यू प्वाइन्ट’बाट लस्करै ठडिएका आधा दर्जनभन्दा बढी हिमालसहित पोखरा उपत्यकालगायत स्थानको दृश्यावलोकन गर्न सकिन्छ । अधिकांश पर्यटक मर्दी हिमाल बेसक्याम्प पुगेर, घलेल, क्यानोनिङ हुँदै चिया गाउँका रूपमा परिचित ल्वाङ हुँदै पोखरा फर्कने गर्दछन् । मर्दी पदयात्रा छोटो समयको पदयात्राका रुपमा रहेकाले एक/दुई दिनको बिदाको समयमा समेत पूरा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको पदयात्रा क्षेत्रमा पर्ने होटल कालीमाटीका सञ्चालक शिव भण्डारीले बताए । रासस

महालक्ष्मी बैंकका ग्राहकलाई छुटै छुट

महालक्ष्मी विकास बैंकले स्वास्थ्य, शृङ्गार, होटल तथा रेष्टुरेन्ट क्षेत्रसँग व्यावसायिक सम्झौता गरेको छ।...

युवा रेष्टुरेन्ट व्यवसायी श्रवणकुमारलाई रिक्रियसन आन्टरपृनियर अवार्ड

दुबईमा सम्पन्न ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२’ अन्तर्गत नेपाली युवा होटल तथा रेष्टुरेन्ट व्यवसायी श्रवणकुमार कुँवरले रिक्रियसन आन्टरपृनियर अवार्ड हात पार्न सफल भएका छन् ।

होटल, रेष्टुरेन्टको शौचालय सार्वजनिक रुपमा प्रयोग गर्ने काठमाडौं महानगरको निर्णय

काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट,होटल पेट्रोल पम्पको शौचालय प्रयोग गर्ने निर्णय गरेको छ। काठमाडौंका मेयर बालेन्द्र साहले आफूले पहिले पनि होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुसँग यस विषयमा कुराकानी गरेको र यसमा सकारात्मक जवाफ पनि पाएको बताएका छन् ।

पूर्ण खोप कार्ड नभए होटल र रेष्टुरेन्ट छिर्न नमिल्ने

कोरोना संक्रमितको संख्या बढेसँगै होटल र रेष्टुरेन्ट प्रवेश गर्नलाई पनि खोप कार्ड चाहिने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज नयाँ आदेश जारी गर्दै होटल र रेष्टुरेन्टमा जान पनि कार्ड अनिवार्य गरेको हो । नयाँ आदेशअनुसार होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य चाहिने छ । पूर्ण खोप लगाएको कार्डको फोटो भएपनि हुने छ ।प्रशासनले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सार्वजनिक स्थलहरूमा कडाई गर्नेक्रममा यस्तो निर्णय गरेको छ । तेस्रो

३१ वटा होटल तथा रेष्टुरेन्ट सर्वोत्कृष्ट ठहर

गत आर्थिक वर्ष २०७७/७८ मा उत्कृष्ट सेवा प्रदान गर्ने ३१ वटा होटल तथा रेष्टुरेन्टहरु सर्वोत्कृष्ट ठहरिएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष भित्र लजिङ्ग तथा फुडिङ्ग सेवा प्रदान गर्ने होटल तथा रेष्टुरेन्टको गुणस्तर परिक्षण गर्दा अधिकतम ३१ होटलहरु सर्वोत्कृष्ट ठहरिएका हुन् ।  गुणस्तरको स्तरीकरणका लागि विभागले देशैभरिबाट कुल ७८८ होटल तथा रेष्टुरेन्टको नमुना परीक्षण गरेको थियो । सो मध्येबाट अधिकतम ३.९ प्रतिशत होटलहरुले मात्र सर

सुनसरीमा होटल तथा रेष्टुरेन्ट बन्द गर्ने निर्णय

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइसको दोस्रो लहरको संक्रमण तीव्र रुपमा फैलिरहेका बेला मदिरा प्रेमीहरुका लागि खोलिने होटल तथा रेष्टुरेन्ट सुनसरीमा बन्द गर्ने निर्णय गरिएको छ।...

बेलुकी ८ बजेपछि होटल तथा रेष्टुरेन्ट खोल्न नपाइने

काठमाडौं। आजको मन्त्रिपरिषद् बैठकले होटेल तथा रेष्टुरेन्ट बेलुकी ८ बजेपछि खोल्न नपाइने मापदण्ड जारी गरेको छ। “८ बजेपछि भने होम डेलिभरी सेवा दिन पाउँछ, राजमार्गका होटेलहरूले स्वास्थ्यका मापदण्ड अपनाएर भीडभाड हुन नदिई आलोपालो सेवा दिनुपर्छ,” सञ्चारमन्त्री गुरुङले भने। यसअघि स्वास्थ्य मन्त्रालयले रात्रीकालिन व्यवसाय तथा रेस्टुरेन्टहरू राति ९ बजेपछि बन्द गराउन निर्देशन दिएको थियो।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा गौतम निर्वाचित

यमलाल भुसाल, बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीको अध्यक्षमा रामप्रसाद गौतम निर्वाचित हुनु भएको छ । संघको २०औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशनबाट आगामी नेतृत्वका लागि सोमबार राती सम्पन्न निर्वाचनमा गौतमले ३४९ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन आयुक्त यमलाल खनालले बताउनु भयो । नवनिर्वाचित अध्यक्ष गौतमका प्रतिद्वन्दी जीवनप्रसाद श्रेष्ठले २९४ मत प्राप्त […]

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघमा गौतम निर्वाचित

बुटवल, फागुन १७ । होटल तथा रेष्टुुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा रामप्रसाद गौतम निर्वाचित भएका छन् ।  सोमबार भएको निर्वाचनमा निकटम प्रतिद्धन्द्ध्ी जीवन प्रसाद श्रेष्ठलाई ५५ मतले पराजित गर्दै गौतम अध्यक्ष निर्वाचित भएका हुन् । गौतमले ३४९ मत ल्याए भने, श्रेष्ठले २९४ मत ल्याए ।  त्यस्तैगरी वरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम विजयी भएका छन् । बाबुराम गौतमको ३८२ मत ल्याए भने, उनका निकटम प्रतिद्धन्द्धी भीमलाल न्यौपानले २४६ मत मात्र ल्याए ।  त्यस्तैगरी प्रथम उपाध्यक्षमा लेखनाथ भण्डारी ३४३ मत सहित विजयी भएका छन् । भण्ड...