गत आर्थिक वर्ष २०७७/७८ मा उत्कृष्ट सेवा प्रदान गर्ने ३१ वटा होटल तथा रेष्टुरेन्टहरु सर्वोत्कृष्ट ठहरिएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष भित्र लजिङ्ग तथा फुडिङ्ग सेवा प्रदान गर्ने होटल तथा रेष्टुरेन्टको गुणस्तर परिक्षण गर्दा अधिकतम ३१ होटलहरु सर्वोत्कृष्ट ठहरिएका हुन् । गुणस्तरको स्तरीकरणका लागि विभागले देशैभरिबाट कुल ७८८ होटल तथा रेष्टुरेन्टको नमुना परीक्षण गरेको थियो । सो मध्येबाट अधिकतम ३.९ प्रतिशत होटलहरुले मात्र सर