होटल, रेष्टुरेन्टको शौचालय सार्वजनिक रुपमा प्रयोग गर्ने काठमाडौं महानगरको निर्णय
काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट,होटल पेट्रोल पम्पको शौचालय प्रयोग गर्ने निर्णय गरेको छ। काठमाडौंका मेयर बालेन्द्र साहले आफूले पहिले पनि होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुसँग यस विषयमा कुराकानी गरेको र यसमा सकारात्मक जवाफ पनि पाएको बताएका छन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरमा सञ्चालित होटल तथा रेस्टुरेन्टका सञ्चालकलाई आफ्नो शौचालय सार्वजनिक बनाउने हो भने सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । महानगरले एक सूचना जारी गर्दै शौचालय सार्वजनिक बनाउन इन्छुकलाई सम्पर्कमा आउन आग्रह गरेको हो । जेठ १६ गतेको कार्यपालिका बैठकले गरेको निर्णय कार्यान्वयनका लागि महानगरले काठमाडौंका होटल तथा रेन्टुरेन्ट सञ्चालकलाई यस्तो […]
काठमाडौं महानगरपालिका भित्रका होटल तथा रेष्टुरेन्टले शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गर्न थालेका छन् । काठमाडौं महानगरको पहिलो नगर(कार्यपालिकाको बैठकले नगरभित्रका होटल तथा रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।सोही निर्णयअनुसार काठमाडौंका रेस्टुरेन्टहरुले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएका छन् । मेयर बालेन शाहले महानगरपालिका भित्र छुट्टै सार्वजनिक शौचालय निर्माण गरेर मात्र आवश्यकताको पूर्ति हुने नदेखिएको भन्दै होटलहरुको प्रयोग गर्ने नीति