बेलुकी ८ बजेपछि होटल तथा रेष्टुरेन्ट खोल्न नपाइने

काठमाडौं। आजको मन्त्रिपरिषद् बैठकले होटेल तथा रेष्टुरेन्ट बेलुकी ८ बजेपछि खोल्न नपाइने मापदण्ड जारी गरेको छ। “८ बजेपछि भने होम डेलिभरी सेवा दिन पाउँछ, राजमार्गका होटेलहरूले स्वास्थ्यका मापदण्ड अपनाएर भीडभाड हुन नदिई आलोपालो सेवा दिनुपर्छ,” सञ्चारमन्त्री गुरुङले भने। यसअघि स्वास्थ्य मन्त्रालयले रात्रीकालिन व्यवसाय तथा रेस्टुरेन्टहरू राति ९ बजेपछि बन्द गराउन निर्देशन दिएको थियो।

सम्बन्धित सामग्री

होटल तथा रेष्टुरेन्ट बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै खुल्ने

सरकारले होटल तथा रेष्टुरेन्टलाई बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै खोल्न पाउने आदेश जारी गरेको छ । कोरोना भाइरस नियन्त्रणसम्बन्धी आदेश जारी गर्दै मन्त्रिपरिषद्को सोमबारको बैठकले होटल तथा रेष्टुरेन्टमा बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै खुल्ने र त्यसभन्दा अघि र पछि होम डेलिभरीको व्यवस्था मात्रै उपलब्ध गराउन पाउने भनेको हो ।

साउन १५ बाट होटल-रेष्टुरेन्ट खुल्ने

सरकारले साउन १५ देखि होटल तथा रेष्टुरेन्ट खोल्न दिने भएको छ। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सामूहिक भोज गर्न भने नपाइने बताए।