राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा आज दिवस मनाइएको छ । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी भएका छन्। दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराएका थिए । योगगुरु आनन्द अरुणले विश्वम