काठमाण्डाै - आज सातौँ राष्ट्रिय योग दिवस मनाइँदै छ । नेपालमा २०७२ सालदेखि हरेक वर्ष माघ १ गते योग दिवस मनाउने गरिएको छ ।
दिवसको यसवर्षको नारा ‘सर्वाङ्गीय विकासका लागि योग’ भन्ने रहेको छ । योगका लागि उत्तरायण महत्त्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।
प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । तर, बिलासी जीवनशैलीका कारण योग ओझेलमा परे पनि पछिल्लो स...