सरकारले आज शनिवार सातौं राष्ट्रिय योग दिवस मनाउँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले शुक्रवार पत्रकार सम्मेलन गरी योगाभ्यास र योगबारे जनचेतना जगाई दिवस मनाउन थालेको बताएको छ ।
विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवले कोरोना भाइरसको कारणले यस वर्ष भर्चुअलरूपमा दिवस मनाउन थालिएको जानकारी दिए । उनले विभागकै हलमा २५ जनाको उपस्थितिमा ७ प्रदेशलाई भर्चुअलरूपमा जोडेर योगाभ्यास र जनचेतनामूलक कार्यक्रम गर्ने बताए ।
उनले दिवसकै अवसरमा आइसोलेसनमा रहेका कोरोना संक्रमि...