नेपाली काँग्रेसका सांसद राजन केसीले बाढी पहिरो रोकथामका लागि सरकारको कुन निकायले हेर्ने हो भन्दै प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने काठमाडौंको दक्षिणकालीमा सायौ रोपनी जमिन पहिरोको जोखिममा परेको भन्दै त्यसलाई कुन सरकारी निकायले हेर्छ भन्दै प्रश्न गरे । उनले भने– ‘पहिले बाढी पहिरो जस्ता जोखिम रोकथामका लागि जल उत्पन्न प्रकोप रोकथाम भन्ने विभाग पनि थियो । अहिले यो छैन । अरु कुन निकायले हेर्ने हो । नेपालमा खास त्