स्याङ्जा – पहिरो गएपछि बन्द भएको सिद्धार्थ राजमार्ग दुईतर्फी नै खुल्न अझै केही दिन लाग्ने भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले राजमार्ग दुवैतर्फ खुल्न अझै दुई–तीन दिन लाग्ने बताउनुभयो ।
लगातारको पानीले स्याङ्जा–पोखरा सडक खण्डको भालुपहाडमा आइतवार बिहान ६ बजे पहिरो खसेपछि सडक बन्द भएको थियो । दिउँसोपछि भने एकतर्फी सडक खुलेको छ ।
डीएसपी अधिकारीका अनुसार अहिले दुईतर्फी सडक खुलाउने प्रयास भइरहे पनि अझै केही दिन लाग्ने भएको...