नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरलाई ३ प्रश्न
सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको छ । पर्यटन क्षेत्रमा यसको कस्तो प्रभाव पर्न सक्छ ?
सरकारले असाध्यै राम्रो र सकारात्मक घोषणा गरेको छ । कोभिडले थलिएको नेपाली पर्यटन क्षेत्रले सन् २०२३ देखि नै...
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला शुरु हुँदैछ । समिट इभेन्ट्स मार्केट्सको आयोजनामा हुन लागेको मेला नेपालको समग्र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रबाट पहिलो पटक आयोजना गरिएको प्रबन्ध निर्देशक एवम् मेलाका संयोजक विष्णु पाण्डेले बताए । नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म जोड्न मेलाको आयोजना गरिएको उनको भनाई छ । नेपाल पर्यटन बोर्ड र […]
काठमाडौं। नेपालमा पर्यटकीय सिजन शुरू भएसँगै पर्यटकीय गतिविधि र यससँग सम्बन्धित प्रतिस्पर्धाहरू पनि आयोजना हुन थालेका छन् । त्यसक्रममा नेपालमा १४ देशका माउन्टेन बाइकरहरूले ‘अन्तरराष्ट्रिय माउन्टेन बाइकिङ प्रतिस्पर्धा’ गर्दै छन् । नेपाल आएका ती बाइकरहरूको समेत सहभागितामा दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा पर्ने ३० किलोमिटरको ट्रेलमा प्रतिस्पर्धा हुनेछ ।
मङ्सिर ११ गते सोमवारदेखि बुधवारसम्म प्रतिस्पर्धाको कार्यक्रम छ । यसमा विश्वचर्चित माउन्टेन बाइक राइडर किलियन ब्रोनको समेत सहभागिता रहनेछ । नेपालमा साहसिक पर्यटनका अनेक विधामध्ये पहिलोपटक अन्तरराष्ट्रिय माउन्टेन बाइकिङ प्रतिस्पर्धा गर्न लागिएको हो ।
प्रतिस्पर्धा नेपाल पर्यटन बोर्ड र भिमेश्वर नगरपालिकाले आयोजना गर्न लागेका हुन् । यसमा निजीक्षेत्रका विभिन्न कम्पनीको सहयोग रहेको छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले साहसिक गतिविधि र प्रडक्टमा नेपाल अग्रस्थानमा रहेको भन्दै नेपालले केही देशका अभ्यासहरू पनि अनुसरण गरेको बताए ।
‘साहसिक गतिविधिका विधालाई प्रवर्द्धन, प्रचार गर्ने क्रममा अहिले बोर्डले माउन्टेन बाइकिङलाई पनि सघाएको छ,’ रेग्मीले भने, ‘यसलाई प्रवर्द्धन गर्ने नीति लिइएकोले यो आउँदा वर्षहरूमा पनि गरिनुपर्छ, बोर्डले सघाउनेछ ।’
भिमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले गतवर्ष ४० जनाले बाइकिङ रेस शुरू गरेको बताए । अहिले अन्तरराष्ट्रिय बाइकरहरूलाई ल्याएर निजीक्षेत्रका कम्पनीसँगको सहकार्यमा टुर्नामेन्ट नै गर्न लागिएको उनको भनाइ छ । ‘उच्च भूभागमा रहेको यो ट्रेलबाट भिमेश्वर, दोलखामात्रै नभई सिंगो मुलुकको साहसिक पर्यटनको प्रचार गर्ने लक्ष्य राखिएको छ,’ मानन्धरले भने, ‘यो प्रतिस्पर्धा र ट्रेलमा पर्यटक ल्याउने तयारी डेढ वर्षदेखि गरिएको थियो ।’
प्रतिस्पर्धाको सहजीकरण गरिरहेको कम्पनी यती ओरिजिनल्स प्र्र्रालिका निर्देशक शान्तु श्रेष्ठले प्रतिस्पर्धाका लागि १० दिनदेखि नेपालको डोल्पामा रहेका विश्वचर्चित माउन्टेन बाइक राइडर किलियन ब्रोन पनि आउने भएकाले थप उत्साहित भएको बताए । उनले एन्डोराका ब्रोनसहित १४ देशका राइडरले प्रतिस्पर्धामा भाग लिने बताए । ब्रोनसहित भारतबाट ४ जना, फ्रान्सबाट ३, डेनमार्कबाट २ जना, अमेरिकाबाट २ जना, क्यानडा र मेक्सिकोबाट १/१ जना, भुटान र इन्डोनेसियाका २/२ जनालगायत अन्य देशका पनि राइडर रहेको उनले जानकारी दिए । यो एशियामै पहिलोपटक यति ठूलो संख्यामा बाइकर समेटेर प्रतिस्पर्धा हुन लागेको उनको दाबी छ । पुरानो हिँड्ने बाटोलाई व्यवस्थापन गरी ट्रेल बनाइएको श्रेष्ठले बताए । ठूलो कार्यक्रम आयोजना गरिएको भन्दै उनले अबको योजना सुर्खेत जाने रहेका बताए ।
यसपटक प्रतिस्पर्धामा ७० प्रतिशत नेपाली हुनेछन् । यस्तो जनशक्ति नेपालमा सीमित छ, यहाँ ३/४ हजार बाइक राइडर रहेको उनले बताए । माउन्टेन बाइक महँगो पर्छ । एउटा यस्तो बाइक किन्न न्यूनतम ५ लाख रूपैयाँ लाग्छ । ‘नेपालमा सम्भावना छ, तर स्रोत कम छ,’ उनले भने, ‘बैंकहरूले माउन्टेन बाइकलाई पनि वित्तीय सहयोग गरिदिए सहज हुन्छ ।’
काठमाडौं । विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुलाई तीनदिने फोटो पत्रकारिता सम्बन्धी तालिम दिइएको छ । नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र सञ्चारिका समूह नेपालको संयोजनमा आयोजित तालिममा विभिन्न सञ्चारमाध्यमममा कार्यरत ४५ पत्रकार महिला सहभागी थिए । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले तालिमले पर्यटन क्षेत्रमा रुचि राख्ने , कलम तथा क्यामेरा चलाउने पत्रकार लाभान्वित […]
होटेल एशोसिएशन नेपाल (हान) को ४८ औं साधारणसभाबाट एयरपोर्ट होटेलका प्रबन्ध निर्देशक विनायक शाह दुईवर्षे कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चुनिएका छन् । पर्यटन व्यवसाय कोरोनाका कारण साढे २ वर्ष सुस्त रह्यो । यद्यपि सन् २०२३ को शुरुआतदेखि बढेको पर्यटक आगमनले व्यवसायी उत्साहित छन् । केही महीनाअघि मात्रै सरकारले पर्यटन दशकको घोषणा समेत गरेको छ । आतिथ्य सेवामा अन्तरराष्ट्रिय 'चेन ब्राण्ड' भित्रिरहेका छन् । यसरी पर्यटन व्यवसाय लयमा फर्किन थालेको अवस्थामा अब सरकार र निजीक्षेत्रका प्राथमिकता के के हुनुपर्छ त ? प्रस्तुत छ, होटेललगायत समग्र पर्यटन व्यवसायका समसामयिक विषयमा हानका नवनिर्वाचित अध्यक्ष विनायक शाहसँग आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले गरेको कुराकानीको सार :
हस्पिटालिटी क्षेत्रमा लामो समय व्यतीत गरेपछि अहिले हानको नेतृत्वमा आउनु भएको छ । यो क्षेत्र अहिले कस्तो अवस्थामा छ ?
आतिथ्य व्यवसाय औपचारिक रूपमा २००७ सालदेखि शुरू भएको हो । पर्यटन मुलुकको सबैभन्दा व्यावसायिक रूपमा सञ्चालित उद्योग समेत हो । ठूलो क्षेत्र भएकाले समस्या पनि छन् । कोरोना भाइरसले यो उद्योग नराम्ररी प्रभावित भयो । अहिले विस्तारै अघि बढ्दै छ । केही मात्रामा व्यवसाय बढेको छ । २/३ वर्ष आम्दानी शून्यको अवस्थामा झ¥यो । सरकारले बन्दाबन्दी लागू गर्दा व्यवसाय हुन सकेन, जसले गर्दा आयआर्जन सुक्यो । पर्यटन व्यवसायको अहिलेको मुख्य समस्या बैंक तथा वित्तीय संस्थाको सावा/ब्याज तिर्न नसक्नु हो । गत आर्थिक वर्षमा समयमा सावा/ब्याज तिर्न नसक्नेलाई नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले केही राहत दिएको थियो । तर, चालू आर्थिक वर्षदेखि भने सामान्य अवस्थाको जस्तै व्यवहार गरिएको छ । समयमा सावा/ब्याज तिर्न नसक्नेलाई अहिले धरपकड, दण्ड सजायका कुरा आइरहेका छन् । हाम्रो साधारणसभामा सदस्य होटेलहरूले यही विषय उठाएका छन् । आउँदो बजेट र मौद्रिक नीतिको समीक्षाले होटेल क्षेत्रका समस्या सम्बोधन हुने आशा छ ।
पर्यटक आगमन बढ्दो छ । अन्तरराष्ट्रिय चेन ब्राण्ड र नयाँ होटेल पनि आउँदै छन् । पर्यटन क्षेत्र लयमा फर्किएको हो ?
हेर्दा त्यस्तो देखिन्छ । पाँचतारे होटेल आएका छन् र भीडभाड पनि देखिन्छ । तर, समस्या कहाँ रह्यो भने जसरी आपूर्ति बढ्यो, त्यसअनुसार माग बढेको छैन । अहिले भएका होटेलहरूबाट ३५ लाख ग्राहकलाई सेवा दिन सक्छौं । तर, यथार्थमा सन् २०२२ मा ६ लाख पर्यटक आएका छन् । अहिले होटेलहरू २५ प्रतिशत क्षमतामा मात्र चलेका छन् । मागभन्दा आपूर्ति बढी छ । तर, हाम्रो विश्वास छ, माग पनि बढ्नेछ । किनभने हामी चीन र भारतको बीचमा छौं । कोभिडपछि करोडौं संख्यामा चिनिया“ र भारतीय पर्यटक बाहिर निस्किन्छन् । तर मुख्य समस्या कनेक्टिभिटीमा छ । यसले ठूलो मर्का परेको छ । त्रिभुवन विमानस्थलले मात्र धान्दैन । अन्तरराष्ट्रिय विमानस्थल भनिए पनि पोखरा र गौतमबुद्धबाट आन्तरिक उडान मात्र भएका छन् । यहाँ भारतीय र चिनियाँ पर्यटक ल्याउन सकिन्थ्यो । चीन र भारत जोड्ने सडक पनि स्तरीय छैनन् । नेपाली होटेल क्षेत्र सेवासुविधा दिन तयार छ । काठमाडौंका पाँचतारे चेन होटेलको मार्केटिङ आक्रामक हुन्छ । यसले नयाँ होटेल चल्न समस्या भएन । तर, यहाँ ५०–५५ वर्षदेखि सञ्चालन भइरहेका होटेल पनि धेरै छन् । यस्ता होटेल राम्रोसँग सञ्चालनमा आउन सकेका छैनन् । आन्तरिक पर्यटक बढेका छन् । नेपालको परिवेश हेर्दा ३८ देखि ४० प्रतिशत अकुपेन्सी भएमा होटेल सञ्चालन राम्रो मानिन्छ ।
गतवर्ष नेपाल राष्ट्र बैंकले ५ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा दिएको थियो । यस्तो सुविधा सबै व्यवसायीले पाएका थिए ?
सरकारले दिएको सहुलियतपूर्ण कर्जा राम्रो पहुँच भएकाले मात्र पाए । सबै व्यवसायीले पाउन सकेनन् । सहुलियतपूर्ण कर्जातर्फ ५० अर्ब रुपैयाँ छुट्ट्याइएको थियो । यसमध्ये ५ प्रतिशतजति उपयोग भयो होला, दुरुपयोग पनि भयो होला ।
हस्पिटालिटी क्षेत्रमा अर्बाैं लगानी छ । भएका होटेल तथा रिसोर्ट नै पूर्ण क्षमतामा सञ्चालन नहुँदा पनि यो क्षेत्रमा नयाँ लगानी थपिएको र थपिँदै छ । बहुराष्ट्रिय चेन ब्राण्ड भित्रिने क्रम जारी छ । यो क्षेत्रमा यस्तो आकर्षण किन ?
कोभिडअघि सन् २०१९ मा झन्डै २० करोड चिनिया“ बाहिर निस्किए । त्यस्तै करीब १० करोड भारतीय बिदामा बाहिर निस्किए । यसरी हामी वार्षिक करोडौं पर्यटक घुमफिरका लागि निस्कने दुई देशको बीचमा छौं । ३० करोडमध्ये २ प्रतिशत मात्र पर्यटक नेपाल ल्याउन सके जति होटेल खुले पनि समस्या हुँदैन । यसका लागि बलियो कनेक्टिभिटी हुनुपर्यो । नेपालमा हवाई दुर्घटना पनि भइरहेको छ । यसले हाम्रो हवाई सेवाप्रतिको विश्वसनीयता घटाउँछ । खर्च गर्न सक्ने पर्यटक पनि हवाई सेवा लिने कि नलिने द्विविधामा हुन्छन् । समस्या र यसको समाधान पनि सम्बन्धित निकायलाई थाहा छ । नियामक र सेवाप्रदायक एकै निकाय हुँदा समस्या भयो भन्ने छ । यसमा सुधार गरौं ।
व्यवसायी पनि प्रभावशाली नै देखिन्छन् । जोखिम लिएर करोडौं लगानी गर्नुभएको छ । कनेक्टिभिटीलगायतको सुधारका लागि तपाईंहरू किन सामूहिक रूपमा पहल गर्नुहुन्न ?
संघसंस्थामा लागेको, संस्थाहरू बनाएको नै यसैका लागि हो । हाम्रो काम पनि यसमा भइरहेकै छ । तर, एउटा निकायले मात्र गरेर हु“दैन । दशकौंदेखि चलिरहेको पर्यटन क्षेत्रलाई सेवा व्यवसायको रूपमा मात्र परिभाषित गरिएको छ । व्यवसाय भनेको सानो पसलदेखि मोटरसाइकल बनाउने कारखाना पनि हो । खर्बाैं लगानी भएको यो क्षेत्रले उद्योगको मान्यता पाउन सकेको छैन ।
पर्यटन क्षेत्र उद्योगको रूपमा किन समावेश भएन ? यसमा समावेश हुँदा के फाइदा हुन्छ ?
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईदेखि विष्णु पौडेल अर्थमन्त्री हुँदासम्म पर्यटन तथा होटेललाई उद्योगसरह मान्यता दिने भनियो । तर, सरकार गएपछि फाइल जहाँको त्यहीँ थन्किएको छ । उद्योगको मान्यता पाउँदा यस क्षेत्रलाई सरकार र नीति निर्माताले हेर्ने दृष्टिकोण नै फरक हुन्छ । कुनै घरपरिवारले जुन दररेटमा विद्युत् महशुल तिर्छन्, होटेलले पनि त्यति नै तिरे पुग्छ । वैदेशिक मुद्राको आधारमा मात्रै गाडीलगायत सामानमा भन्सार छूट दिइन्छ । यो पटके निर्णय हो । होटेलहरू उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुन्छन्, व्यवहार चाहिँ उद्योगसरह गरिँदैन ।
बहुराष्ट्रिय चेन ब्राण्ड भित्रि“दा मुलुकका स्थापित होटेललाई के कस्तो दबाब छ ?
नेपालमा सम्भावना देखेरै चेन ब्राण्ड आएका हुन् । खुला बजार अर्थतन्त्रमा व्यवसाय आउन नसक्ने वा नपाउने भन्ने हुँदैन । त्यस्ता होटेल व्यवस्थापन नयाँ तौरतरीका, नवप्रवर्तन र नयाँ प्रविधिसहित आएका हुन्छन् । त्यसले सञ्चालन खर्च कम हुन्छ । नेपालमा पनि ‘यो चेन ब्रान्ड छ’ भन्ने सन्देश जाँदा स्वतः यहाँको प्रचारप्रसार हुने भएकाले फाइदा नै हुन्छ । अब ‘केकको साइज’ बढाउनुपर्छ ।
सरकारले घोषणा गरेको ‘पर्यटन दशक २०२३–२०३३’ मार्फत वार्षिक ३५ लाख पर्यटक भित्र्याउन कत्तिको सम्भव देख्नुहुन्छ ?
होटेल व्यवसायबाट प्रवाह हुने सेवा र क्षमताले अहिले नै हामी सक्षम छौं । निजीक्षेत्र धेरै अघि बढेको छ । तर, सरकार भने धेरै पछि छ । आउ“दो पर्यटन सिजनमा नेपालमा आउन चाहनेको सोधखोज निकै उत्साहजनक छ । नेपालप्रति चाख बढेको छ । आउँदो जुन महीनामा ठूलो कार्यक्रम आयोजना गर्दै छौं । ट्राभल एसेन्सीहरूले पनि नेपाल प्याकेज विक्री शुरू गरेका छन् ।
त्यसोभए सरकारले के कस्ता काम गर्दा यो लक्ष्य हासिल हुन्छ ?
सबैभन्दा पहिले थपिएका दुईओटा अन्तरराष्ट्रिय विमानस्थल पोखरा र गौतमबुद्धबाट प्रभावकारी रूपमा अन्तरराष्ट्रिय उडान हुनुपर्छ । सरकारी निकायहरूबाट मार्केटिङ हुनुपर्छ । यसका लागि निजीक्षेत्र वा अनुभवप्राप्त अन्तरराष्ट्रिय संस्थाबाट भए पनि यी विमानस्थल सञ्चालन गरौं । यसको सफल उदाहरण भारतको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल छ । अर्बाैं लगानी भएका विमानस्थल खाली राख्नु भएन । सातओटै प्रदेशलाई पर्यटन चाहिएको छ । तर, करका कुरा मिलाउनुपर्छ । प्रदेशमा गएर पर्यटन र होटेलमा लगानी गर्न लगानीकर्ता लालायित छन् । गर्ने निजीक्षेत्रले नै हो । त्यसका लागि सरकारले वातावरण बनाइदिनुपर्छ । त्यसमा कुरा र भाषणले टार्नु भएन । तीनओटै तहलाई जोडेर काम गर्दा उल्लेख्य परिणाम हासिल गर्न सकिन्छ ।
नेपालभन्दा पछि पर्यटन व्यवसाय शुरू गरेका मुलुकले वार्षिक करोडौं पर्यटक भित्र्याउँटन् । तर, हामी १०–१५ लाख पर्यटकमा अल्झिएका छौं । यसमा निजीक्षेत्र पनि चुकेको भन्न सकिन्छ ?
निजीक्षेत्र कहाँ चुक्यो भन्नुस् । होटेल क्षेत्रमा खर्बाैं लगानी भएकै छ । ११ लाखलाई रोजगारी दिएका छौं । थप लगानी गर्न लगानीकर्ता इच्छुक छन् । कनेक्टिभिटी जस्ता पूर्वाधार विस्तारमा सरकार र प्रचारप्रसारमा नेपाल पर्यटन बोर्ड प्रखर हुनुपर्छ । निजीक्षेत्रकै पहलमा पर्यटन गन्तव्य चर्चित भएका छन् । यो त प्रमाणित छ ।
सबै स्तरीय होटेल रेस्टुरेन्टको मेनुमा नेपाली खाना पनि समावेश गर्ने अभियान चलाउने कुरा पनि थियो । त्यसमा के भइरहेको छ ?
यसअन्तर्गत हालसम्म २२० ओटा नेपाली रैथाने खानाको रेसिपी तयार गरिएको छ । यसमा नेपालका सेफहरू पनि लागिरहनुभएको छ । रेसिपी तयार गरेर अनलाइनमा राखिएको छ । ९० देशमा बसोवास गर्ने गैरआवासीय नेपालीले सञ्चालन गरेका रेस्टुराँमा अहिले यही रेसिपीअनुसार बनाइएको नेपाली परिकारको स्वाद विदेशीलाई चखाइएको छ । खासगरी युरोपेली शहरमा रहेका नेपाली रेस्टुरा“मा यो रेसिपीको बढी प्रयोग भएको छ । यसलाई थप विस्तार गर्ने योजनामा छौं । विश्वका पर्यटन मेलामा नेपाली परिकार राख्ने तयारी छ ।
नेपालमा बढी खर्च गर्ने पर्यटक ल्याउन के के गरिनुपर्छ ?
बढी खर्च गर्ने पर्यटकलाई विमानस्थलदेखि नै विशेष सुविधा दिनुपर्छ । व्यवसायीले धेरै प्याकेज विकास गरेका छन् । त्यसमा बढी खर्च गर्नेमा युरोपेली, अमेरिकी, जापानीहरू पर्छन् । चार्टर्ड उडानमा आउनेका लागि विमानस्थलबाट उडान अनुमति लिन ढिलाइ तथा समस्या हुन्छ, जसले गर्दा उनीहरू नेपालको विकल्प खोजेर अन्यत्र जान्छन् ।
अहिले भइरहेका गन्तव्यभन्दा केही पृथक् प्रडक्ट पहिचान भएको छ त ?
सातओटै प्रदेशमा १०० गन्तव्य पहिचान भएका छन् । अहिलेको प्रचलन गन्तव्यका साथै पर्यापर्यटन, ग्यास्ट्रोनोमी (सांस्कृतिक, जातजातिमा प्रचलित खाना), स्वास्थ्य, खेल, अध्यात्म, सांस्कृतिक पर्यटनलगायतका गतिविधि बढाउनुपर्छ ।
हस्पिटालिटी क्षेत्रका जनशक्ति विदेशिने गरेका छन् । यो क्षेत्रमा जनशक्ति पाउन कत्तिको कठिन छ ?
यो क्षेत्रमा रोजगारी पाउनेमध्ये ३० प्रतिशत महिला छन् । यो क्षेत्रमा स्थायी, अस्थायी, सिजनअनुसार जनशक्ति राखिएको हुन्छ । सिजनमा होटेलहरूमा थप जनशक्ति आवश्यक हुँदा पार्टी प्यालेसहरूबाट ल्याइन्छ । होटेल व्यवस्थापन कलेज पनि जनशक्ति आपूर्तिका स्रोत हुन् । क्याटरिङ, पार्टी प्यालेस र यस्तै खालका शीप सिकेका कामदार पनि हुन्छन् । शीपयुक्त जनशक्ति पाउन समस्या छ । सरकारले ३५ अर्ब रुपैयाँ शीपमूलक शिक्षा तथा तालीममा खर्च गर्छ । होटेल क्षेत्रमा तालीम दिने धेरै संस्था छन् । त्यहाँबाट सैद्धान्तिक शिक्षा लिएकाहरूलाई होटेलले ५/६ महीना काम गर्ने अवसर दिन्छन् । तर, त्यसरी तालीम दिएर, लगानी गरेका जनशक्ति बढीमा १ वर्षमै विदेशिन्छन् । यसलाई यहीँ व्यवस्थापन गर्ने सरकारको नीति छैन । हामीले समय, लगानी गरेर तालीम दिन्छौं, यो हामीलाई उपयोगसिद्ध भएन । अर्काेतर्फ, नेपालमा भएका कलेजले सैद्धान्तिक ज्ञानमात्र दिए ।
दुईवर्षे कार्यकालमा के के गर्नुहुन्छ ? प्राथमिकता के हुन् ?
हानको विधान र मिसनअनुसार काम गर्ने हो । यो व्यवसाय टिकाउन विभिन्न आयाममा समयसीमा तोकेर काम गर्नेछौं । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित समस्या समाधान, सदस्य विस्तार, राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रूपमा समावेश गर्ने लगायत काम प्राथमिकतामा छन् । यो क्षेत्रलाई बढीभन्दा बढी काम चाहिएको छ । प्रचारप्रसारमा नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर काम गरिनेछ । यी काम गर्न सकिए पनि आजको भन्दा फरक परिवेश बन्छ । अर्काेतर्फ सरकारले गर्ने निर्णयहरू मिडियामार्फत जानकारी हुनुभएन । होटेल व्यवसायीसँग पनि सहकार्य र छलफल गर्नुपर्छ ।
काठमाडौं । नेपालसहित ११ देशका पर्यटन क्षेत्रसँग सम्बन्धित पदाधिकारीको सहभागितामा काठमाडौंमा बुधवारदेखि तीनदिने कार्यशाला शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघअन्तर्गत विश्व पर्यटन संगठनले ‘वेटर डेटा फर वेटर टुरिजम इन साउथ एसिया एण्ड प्यासिफिक’ विषयक कार्यशाला आयोजना गरेका हुन् ।
कार्यशालाको उद्घाटन गर्दै पर्यटनमन्त्री सुदन किराँतीले कोरोना महामारीका कारण थलिएको पर्यटन उद्योगको विकास, विस्तार गर्न नयाँ गन्तव्य स्थलको खोजी आवश्यक भएको बताए । यो कार्यशालाले पर्यटनको विकास तथा विविधीकरण, पर्यटकीय पूर्वाधारको विकास, यस क्षेत्रमा लगानी प्रवर्द्धनका साथै पर्यटन उद्योगलाई ग्रामीण तहसम्म पुग्न सघाउने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा संगठनका बाह्य सम्बन्ध निर्देशक बेका जकेलीले पछिल्लो समय पर्यटनका आयाम परिवर्तन हुँदै गएको बताए । पर्यटकीय योजना तर्जुमादेखि प्रवर्द्धनात्मक कार्यका लागि गुणस्तरीय तथ्यांक आवश्यक रहेको उनको भनाइ थियो । यस्तै स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले कोभिडको प्रभाव कम हुँदै गर्दा विश्व पर्यटन लयमा फर्किन थालेको बताइन् । यस्तो बेला आयोजना भएको यो कार्यशालामा विज्ञहरूका बीच हुने छलफल तथा बहसले विश्व पर्यटनलाई दिशानिर्देश गर्ने उनले बताइन् ।
नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा भइरहेको यो कार्यक्रममा पर्यटनका विभिन्न आयाममा हुने छलफल तथा पर्यटन तथ्यांकका विषयमा विभिन्न देशका अनुभव आदान–प्रदानले पर्यटनका लागि नयाँ दृष्टिकोण तयार पार्न सहयोग पुग्नेछ । कार्यशालामा पर्यटनका विविध पक्षमा कार्यपत्र प्रस्तुत हुनेछन् । कार्यशाला चैत ३ गतेसम्म चल्नेछ । कार्यशालामा नेपाल, भारत, बंगलादेश, मलेशिया, माल्दिभ्स, इन्डोनेसिया, इरान, फिलिपिन्स, कम्बोडिया, लाओस, कोरिया, थाइल्याण्ड, स्पेनलगायत देशका प्रतिनिधि सहभागी छन् ।
काठमाडौं: नेपाल पर्यटन बोर्डले संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने भएको छ। नेपालको लोक तथा परम्परागत संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि बोर्डले सुरसुधा र चर्चित ब्याण्ड प्लेईङ फर चेन्ज फाउण्डेशन (पीएफसीएफ) सँग सहकार्य गर्ने जनाएको छ।
पर्यटन प्रवर्द्धनको लागि संगीत सशक्त माध्यम भएकाले सुरसुधा र पीएफसीएफ सँग सहकार्य गर्न लागिएको बोर्डका वरिष्ठ निर्देशक…
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्ड खारेजको गृहकार्य गरेको छ ।
मन्त्रालयले कोभिड १९ को प्रभावका कारण थला परेको पर्यटन उद्योगको पुनरुत्थान गर्न, पर्यटन व्यवसायीहरुको समस्या पहिचान एवम् समाधान गर्न राय, सल्लाह, सुझाव दिन भन्दै मन्त्री प्रेम आलेको अध्यक्षतामा पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरिएको...
नेपाल पर्यटन बोर्ड र नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग) बीच ७ बुँदे सहमति भएको छ । लामो समयदेखि आन्दोलन गर्दै आएको निटोग र बोर्डबीच बिहीबार सहमतिपत्रमा हस्ताक्षर भएको हो । पर्यटन सूचना प्रणाली (टिम्स्) लगायत मजदुरहरुको प्रत्यक्ष सहभागिता रहने बोर्डको विविध कोष तथा कार्यक्रमको परिचालनको विषयलाई लिएर मजदुरहरुले असन्तुष्टी जनाउँदै आएका थिए ।बोर्डका तर्फबाट निर्देशक सन्तोष पन्त र श्रमिक संघको तर्फबाट निटोगका अध्यक्ष रामकाजी तिवारीले सहमतिपत्रमा संयुक्त हस्ताक्षर गरेका छन् । दुई पक्षबीचको समझद