पर्यटन बोर्ड र होटल व्यवसायी महासंघको आयोजनामा दोस्रो चरणको तालिम चितवनमा सम्पन्न

वैशाख ४, चितवन । यसअघि काठमाडौंमा सम्पन्न भएको हस्पिटालिटी मेनेज्मेण्ट सम्बन्धी दोस्रो चरणको तालिम चितवनमा सम्पन्न भएको छ । शुक्रवारबाट नारायणगढमा सञ्चालन गरिएको दुईदिने तालिमको उद्धघाटन नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा धनञ्जय रेग्मीले गरेका हुन् ।  तालिममा नवलपुर होटल व्यवसायी संघका प्रतिनिधि, मकवानपुर होटल एशोसिएसनका प्रतिनिधि मुकुन्दसेन मौलाकालीका साथै होटल व्यवसायी संघका प्रतिनिधि, चितवन होटल व्यवसायी संघका प्रतिनिधि, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका प्रतिनिधि लगायत होटल व्यवसायीहरुले प्रशिक्षण लिएका थिए ।  दुई दिनसम्म सञ्चालन भएको तालिममा हस्पिटालिटी सम्बन्धी पाँचओटा विषयमा पर्यटन बोर्डका प्रशिक्षकहरुबाट तालिम प्रदान गरिएको थियो । उद्धघाटनपछि बोल्दै प्रमुख अतिथि डा. धनञ्जय रेग्मीले नेपालका होटलहरुमा हस्पिटालिटी मेनेज्मेण्ट कमजोर रहेको भन्दै यस्ता तालिमले व्यवस्थापन गर्न थप मद्धत पुग्ने बताए ।  विगतका दिनमा ठूला होटलहरुलाई मात्र समेटर बोर्ड अघि बढेपनि हालका दिनमा साना तथा मझौला होटल व्यवसायीलाई बोर्डले समेट्दै गएको रेग्मीले बताए । उनले आवश्यकता अनुसार सातओटै प्रदेशहरुमा तालिम सञ्चालन गर्न नेपाल पर्यटन बोर्ड सकारात्मक रहेको बताए ।  महासंघको तर्फबाट मन्तव्य राख्दै महासंघका वरिष्ठ उपाध्यक्ष चुकेले महासंघले कोभिड-१९ को कारण सिर्जना भएको विषम परिस्थितिमा समेत महासंघको गरिमालाई कायम राख्न क्वारेन्टाइन व्यवस्थापन कार्यमा अग्रसरता देखाएको र व्यवसायीको समस्याका बारेमा नेपाल सरकारका विभिन्न निकायसँग छलफल र सहकार्य गरिएको बताए ।  कार्यक्रममा भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाह ठकुरीले होटल व्यवसायी महासंघ नेपालले ल्याएको प्रस्तावलाई भरतपुर महानगरपालिकाले सदैव साथ दिईरहेको भन्दै महानगरपालिकालाई पर्यटकीय महानगरपालिका बनाउन लागि परेको बताइन्  ।   उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलले उद्योग संघले ६० हजार वर्ग फिटमा प्रर्दशनी केन्द्र निर्माण गरेको र यसमा व्यवसायीहरुले विभिन्न किसिमका प्रदर्शनी, फेस्टीवलहरु गरी पर्यटन प्रवर्द्धन गर्न सक्ने उल्लेख गर्दै आफूहरु सहयोगको निमित्त तयार रहेको बताए । होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले पर्यटन प्रवर्द्धन गर्नका लागि महासंघले विभिन्न सरकारी निकायहरुसँग समन्वय गरिसकेको र भोलिका दिनहरुमा महासंघले व्यवसायीहरुसँग सल्लाह र सहकार्य गर्दै अघि बढ्ने बताए । 

सम्बन्धित सामग्री

श्रीलंकामा ‘नेपाल प्रवर्द्धन’ कार्यक्रम

काठमाडौं । श्रीलंकामा ‘नेपाल प्रवर्द्धन’ कार्यक्रम सम्पन्न भएको छ । बुद्ध जन्मस्थलसहित नेपालका धार्मिक तथा अन्य पर्यटकीय गन्तव्यको प्रसारप्रसारका लागि उक्त कार्यक्रम गरिएको हो । नेपाल पर्यटन बोर्ड र सिद्धार्थ होटल संघ (सान)को आयोजनामा श्रीलंकाका दुई शहरमा यो कार्यक्रम गरिएको बताइएको छ । गत बुधवार क्याण्डीमा नेपाल प्रवर्द्धन कार्यक्रम गरेका व्यवसायीले शनिवार कोलम्बोमा नेपाल प्रवर्द्धन तथा ‘बिजनेस टु बिजनेस’ कार्यक्रम गरेका हुन् । कार्यक्रममा लुम्बिनीसहित बुद्धिष्ट सर्किटको प्रचारप्रसारमार्फत नेपाललाई पर्यटकीय हब बनाउने सन्दर्भमा छलफल भएको सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए । व्यवसायीले कार्यक्रममा आफ्नो टुर प्याकेज प्रवर्द्धन समेत गरेका थिए । उनीहरूले श्रीलंकाबाट गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सीधा उडानका लागि पहल गर्नुका साथै बौद्ध सर्किटको टूर प्याकेज बनाउन आग्रह गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल ऐतिहासिक पर्यटकीय गन्तव्य भएको भन्दै श्रीलंकाली नागरिकलाई नेपाल घुमेर विशिष्ट अनुभव लिन आग्रह गरे । सचिव अधिकारीले गौतमबुद्ध विमानस्थलमा कम्तीमा साताको एक उडान गर्न श्रीलंकन एयरलाइन्सलाई आग्रह गरे । संघका अध्यक्ष श्रेष्ठले धेरैभन्दा धेरै श्रीलंकाली नागरिकलाई लुम्बिनीमा स्वागत गर्न आफूहरू आतुर रहेको बताए । नेपालमा बुद्धजन्मस्थलको भ्रमण गरेर मात्र अन्य गन्तव्यको भ्रमण प्रारम्भ गर्न उनको आग्रह थियो । श्रीलंकाका ओभर्सिज बुद्धिष्ट टुर अर्गनाइजेसन एशोसिएशनका सचिव महेन्द्र हलोलुवालले धेरै श्रीलंकाली नेपाल भ्रमणका लागि इच्छुक रहेको बताए । आफूहरूले टूर प्याकेज बनाउँदा नेपाललाई मुख्य प्राथमिकतामा राख्ने गरेको उनको भनाइ थियो । श्रीलंकन भिक्षु उदय धम्म थेरोले धार्मिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण मुलुक नेपाल श्रीलंकाली नागरिकको भ्रमणको रोजाइमा रहेको बताए । श्रीलंकन लोटस टुर्स एण्ट ट्राभल्सका अध्यक्ष हर्बट विजेथुंगाले कोलम्बो र क्याण्डीमा भएको नेपाल प्रवर्द्धन कार्यक्रम उपलब्धिपूर्ण हुने अपेक्षा गरे । श्रीलंकन एयरलाइन्सका नेपाल प्रमुख निलिना पाथेरानाले आफूहरूको चाहना नेपालको पर्यटकीय शहरमा उडान गर्ने रहे पनि विभिन्न कारणले ढिलाइ भएको भन्दै आउँदा दिनमा काठमाडौंसहित भैरहवा र पोखरा उडानका लागि पहल गर्ने बताइन् । यस्तै नेपाली राजदूतावास कोलम्बोका द्वितीय सचिव विश्वास भट्टले यस्ता कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने बताए । नेपाल प्रवर्द्धन कार्यक्रममा नेपालका सरकारी अधिकारीसहित होटल संघ तथा ट्राभल व्यवसायी गरी १८ जना व्यवसायी सहभागी थिए । यस्तै, श्रीलंकाका १५० भन्दा बढी ट्राभल तथा टुर अपरेटर र होटल व्यवसायी सहभागी थिए ।

रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघ नेपालद्वारा संयुक्त रुपमा आयोजित २ दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी […]

रवि लामिछानेलाई छानेको मन्त्रालय दिएर सँगै लैजाऔँः मन्त्री किराँती

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताएका छन्। शुक्रबार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघ नेपालद्वारा संयुक्त रुपमा आयोजित दुई दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको बताए। उनले जनताको […]

धरानका पर्यटन व्यवसायीको प्रश्न- गाडी र उद्योग २४ घण्टा चल्न हुने, होटल नहुने ?

इटहरी । सोमबार दिउँसो विराटनगरमा नेपाल पर्यटन बोर्ड, नेपाल सरकार, युएनडीपी तथा होटल व्यवसायी संघको संयुक्त आयोजनमा एक पर्यटन कार्यशाला भयो । ‘जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना’ शीर्षक कार्यशालामा पूर्वी तराईका व्यवशायीहरुको उपस्थिति रहेको थियो । कार्यशालामा बोल्दै धरानका पर्यटन व्यवसायी बासु बरालले पर्यटन बोर्ड र नेपाल सरकारका अधिकारीहरुलाई प्रश्न गरे, ‘गाडी र उद्योग […]

नि:शुल्क खाना र कोठाका कारण समस्या आएको होटल व्यवसायीको गुनासो

पोखरा । पर्यटकीय क्षेत्र म्याग्दी घोरेपानीका महिला होटल व्यवसायीले ‘गाइड र पोर्टर’हरूलाई नि:शुल्क खाना र कोठा दिँदा व्यवसायमा समस्या आएको गुनासो गरेका छन् । पर्यटक लिएर आउने ‘गाइड र पोर्टर’लाई नि:शुल्क कोठा र खाना दिनुपर्ने बाध्यताले व्यवसायमा चुनौती थपिएको गुनासो व्यवसायीले गरेका हुन् । ‘हिजो केही व्यवसायीले पर्यटक ल्याउँछन् भन्दै नि:शुल्क खान र बस्न दिएकाले त्यही कल्चर रहँदै आयो,’ घोरेपानी होटल व्यवसायी संघकी अध्यक्ष मीना पुनले भनिन्, ‘आज त्यो कल्चरले हामीलाई समस्यामा पार्दै लगेको छ ।’ मौसमअनुसार हुने व्यवसायमा अनगिन्ती समस्या रहेको भन्दै उनले विदेशी पर्यटकले नि:शुल्क कोठा माग्ने गरेको गुनासो गरिन् । ‘म २० वर्ष बेलायत बसेर आएँ, त्यहाँ प्रत्येक कुरामा पैसा तिर्नुपर्छ, तर त्यहाँबाट आएका पर्यटकले  नै यहाँ सेवाहरू नि:शुल्क खोज्छन् । नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश सरकारले व्यवसायीको समस्याका विषयमा केन्द्रित कार्यक्रम घोरेपानीमा गरेको थियो । सोही कार्यक्रममा उनले होटल व्यवसायीका समस्याबारे अवगत गराइन् । अर्का होटल व्यवसायी जुली ठकुरी पुनले घोरेपानीलाई पर्यटकको उत्कृष्ट गन्तव्य बनाउन आफूहरूले प्रदान गर्ने होटलका सेवा–सुविधामा निकै ध्यान दिएको बताइन् । सहज यातायात नहुने पदमार्ग क्षेत्र भएकाले अधिकांश सामान भरिया र खच्चडबाट ढुवानी गर्नुपर्दा महँगो पर्ने उनको भनाइ छ । ढुवानी खर्चको तुलनामा आफूहरूले निकै सहुलियतमा खाना खुवाएको उनले बताइन् । आन्तरिक पर्यटक र विद्यार्थीलाई थप सहुलियत दिने गरिएको उनको भनाइ छ । उक्त क्षेत्रमा व्यवसाय गर्दै आएका अन्य महिला सहभागीले पछिल्लो समय व्यवसाय सञ्चालनमा निकै कठिनाइ भइरहेको र लैंगिक हिसाबले पनि महिला व्यवसायीलाई अप्ठ्यारो परेको गुनासो गरेका थिए । ओटेफका अध्यक्ष पार्वती पाण्डेले सुगम र दुर्गम क्षेत्रमा महिला व्यवसायीका कतिपय समस्या साझा रहेको भन्दै महिला सशक्तीकरणका लागि हातेमालो गरेर अघि बढ्न आवश्यक रहेको बताइन् । संस्थाका सल्लाहकार दुर्गा ढकालले व्यवसाय र व्यवसायी महिलाले भोगेका समस्यालाई नजिकबाट बुझ्ने अवसर मिलेको बताइन् । आगामी दिनमा पर्यटनमैत्री व्यवसायमा जोड दिएर यस क्षेत्रलाई उत्कृष्ट गन्तव्य बनाउन सहकार्य र समन्वय गरिनुपर्ने उनको भनाइ थियो । रासस

हेलिटुरमार्फत दुईसय पर्यटकले गरे खप्तड अवलोकन

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा हेलिटुरमार्फत २५० स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन भ्रमण गरेका छन् ।  उक्त हेलिटुरमार्फत खप्तडमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहितको टोलीले पनि खप्तड अवलोकन भ्रमण गरेको उनको सचिवालयले जनाएको छ ।नेपाल पर्यटन बोर्ड तथा माउन्टेन हेलिकोप्टर प्रालिसँगको समन्वयमा खप्तड राष्ट्रिय निकुञ्ज प्रवर्द्धक तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेश, उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम तथा होटल व्यवसायी महा

मर्दी पदयात्रा मार्ग स्तरोन्नति धमाधम : ओइरिँदै पर्यटक

पोखरा । मर्दी हिमाल पदयात्रा मार्गको स्तरोनतिका काम धमाधम अघि बढेका छन् । छोटो समयको पदयात्रामार्फत हिमाल चुम्न सकिने चासो र चर्चा कमाएका पदमार्गका रूपमा मर्दी हिमाल पदयात्रा मार्गको स्तरोनति थालिएको हो । पछिल्ला वर्षमा स्वदेशी एवं विदेशी पर्यटकको बढ्दो आकर्षणसँगै राज्यको समेत चासो पुगेको पदमार्गमा पर्यटन विभागको सहयोगमा स्तरोन्नतिका काम अघि बढाइएको हो । स्तरोन्नतिअन्तर्गत पदमार्गको लो क्याम्पबाट भ्यू प्वाइन्टसम्म ४ हजार २०० सिँढी निर्माण गरिएको छ भने २५० घनमिटर मेसिनरी वाल निर्माण गरिएको छ ।       त्यस्तै, पदमार्गका विभिन्न अप्ठेरा स्थानमा गरी ४ हजार किलो तौलको फलामबाट ठाउँ–ठाउँमा रेलिङ राख्ने काम सम्पन्न भएको पर्यटन व्यवसायी एवं मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका संस्थापक अध्यक्ष सुदीप गौतमले जानकारी दिए । मर्दी ट्रेक जुनसुकै उमेर समूहका व्यक्तिले पनि पदयात्रा गर्न सक्ने पदमार्ग भएकाले पछिल्ला वर्षमा यो स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको उनले बताए ।      प्राकृतिक सुन्दरताले भरिएको यस पदयात्रा मार्गका हरेक मनमोहक दृश्य यहाँको विशिष्टता भएको बताउँदै गौतमले कोरोना कहरका कारण यस क्षेत्रको पदयात्रा पनि प्रभावित बनेको जानकारी दिए । गुराँस फुल्ने जंगलैजंगल चराचुरुंगीको चिरविराहट सुन्दै र देख्दै हिँड्न सकिने यस मार्गमा सबै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्छन् । चाँदीजस्तै टलक्क टल्किएका माछापुच्छ«े, मर्दी, अन्नपूर्ण साउथ, गङगापूर्णजस्ता हिमाललाई एकैसाथ अवलोकन गर्न सकिन्छ ।      कोरोना कहर अन्त्य भई पदयात्रा पर्यटन पूर्ववत् अवस्थामा फर्कने विश्वासमा यस क्षेत्रका पर्यटन व्यवसायी रहेको गौतमले बताए । उनका अनुसार पदयात्रा मार्गको धम्पुसदेखि अस्ट्रेलियन क्याम्प, पोथना, देउराली, लो क्याम्प, फोरेस्ट क्याम्प, बादलडाँडा, मर्दी हाइक्याम्प हुँदै भ्यू प्वाइन्टसम्म लगभग १०० वटा होटल रहेका छन् । पदयात्रा पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन यस क्षेत्रका सबै  व्यवसायी तथा मजदुरलाई कोरोनाविरुद्धको खोप लगाउनु आवश्यक भएको उनको धारणा छ ।      नेपालको राष्ट्रिय फूल लालीगुराँसले ढकमक्क ढाकिएको जंगलैजंगलबीच हिँड्ने पदमार्ग भएकाले चैत, वैशाखको समय यहाँको सुन्दरता रमणीय हुने  होटल व्यवसायी बताउँछन् । उनीहरूका अनुसार पदयात्रा गर्दा सुरुमा गुलाबी रङको गुराँस देखिए पनि माथि जाँदै गर्दा गाढा रङको लालीगुराँस देख्न पाइनु अर्को महत्वपूर्ण पक्ष हो । मर्दीलगायत पदमार्ग स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बनेको बताउने ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संद्दका पूर्वअध्यक्ष सोम थापाले कोरोनाका कारण पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको सुनाए ।      कोरोना कहरका बीचमा पनि पदमार्ग स्तरोन्नति हुनुले पर्यटकीय गतिविधिमा थप टेवा पुर्‍याउने बताउँदै पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्षसमेत रहेका थापाले पदयात्रा मार्गमा व्यवसायी तथा मजदुर सबैलाई खोपको पूर्ण मात्रा लगाइनुपर्नेमा जोड दिए । मर्दी हाइक्याम्पस्थित होटल ट्रेकेस प्याराडाइजका सञ्चालकसमेत रहेका सुदीप गौतमका अनुसार सन् २००७ मा मर्दी हाइक्याम्पमा होटल खोलिएसँगै पदमार्ग क्षेत्रका अन्य स्थानमा होटल निर्माणले गति लिएको छ । कास्कीको काँडेबाट सुरु हुने यो पदयात्रा मार्ग अस्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फोरेस्ट क्याम्प, लो क्याम्प, बादलडाँडा हुँदै मर्दी हाइक्याम्पसम्म पुग्छ । यी सबै स्थानमा बस्न र खानका लागि होटल सञ्चालनमा आइसकेका छन् ।      समुद्री सतहबाट ३ हजार ५५० मिटर उचाइको मर्दी हाइक्याम्पबाट करिब दुई घन्टामा ४ हजार २०० मिटर उचाइको ‘भ्यू प्वाइन्ट’ र त्यहाँबाट दुई घन्टामा ५ हजार ५०० मिटर उचाइको मर्दी आधार शिविर पुग्न सकिन्छ । सुरुमा काँडे हुँदै पदयात्रा गर्नेहरू फर्कंदा भने माछापुच्छ्रे गाउँपालिकाको सिदिङबाट आउँछन् । सिदिङसम्म जीप जाने भएकाले त्यहाँबाट झन्डै दुई घन्टाको समयावधिमा पर्यटक पोखरा पुग्छन् । प्रकृतिमा आधारित पदमार्गका रूपमा स्थापित यो पदमार्गमाको लो क्याम्पबाट भ्यू प्वाइन्टसम्म ४ हजार २०० सिँढी निर्माणका साथै मेसिनरी वाल, रेलिङ आदि निर्माणले पदयात्रालाई थप सुरक्षित बनाउने पर्यटन व्यवसायी बताउँछन् ।      कोरोना कहरका कारण प्रभावित पदयात्रा पर्यटनलाई जोगाउन नेपाल पर्यटन बोर्ड र युनडिपीको संयुक्त प्रयासमा पदयात्रा पर्यटन लक्षित कार्यक्रम अघि बढाउने तयारी गरिएको छ । पदयात्रा क्षेत्रका मजदुरलाई पेसामा टिकाइराख्न उनीहरूलाई बिग्रे/भत्केका पदमार्गमर्मत गर्न लगाउँदै रोजगारी सिर्जना गरी केही न केही राहत पुर्‍याउनेलगायत योजना अघि बढाउन लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले जानकारी दिए ।      पदयात्रा पर्यटनसँग जोडिएका मजदुरलाई यस पेसामा टिकाउनु आवश्यक भएको बताउँदै उनले कोरोना कहर अन्त्य भएसँगै पर्यटन क्षेत्रले पुनः गति लिने विश्वास व्यक्त गरे ।

मर्दी हिमाल पदयात्रा मार्गको स्तरोन्नति शुरू

पोखरा । मर्दी हिमाल पदयात्रा मार्गमा कोरोना कहरका बीचमा पनि स्तरोनतिका काम अघि बढेका छन् । छोटो समयको पदयात्रामार्फत हिमाल चुम्न सकिने चासो र चर्चा कमाएका पदमार्गका रूपमा मर्दी हिमाल पदयात्रा मार्गको स्तरोनतिका काम अघि बढेका हुन् । पछिल्ला वर्षमा स्वदेशी एवं विदेशी पर्यटकको बढ्दो आकर्षणसँगै राज्यको समेत चासो पुगेको यस पदमार्गमा पर्यटन विभागको सहयोगमा स्तरोन्नतिका काम अघि बढाइएको हो । स्तरोन्नति अन्तर्गत पदमार्गको लो क्याम्पबाट भ्यू प्वाइन्टसम्म ४ हजार २०० सिँढी निर्माण गरिएको छ भने २५० घनमिटर मेसिनरी वाल निर्माण गरिएको छ । त्यस्तै पदमार्गका विभिन्न अफ्ठेरा स्थानमा गरी ४ हजार किलो तौलको फलामबाट ठाउँ ठाउँमा रेलिङ राख्ने काम सम्पन्न भएको पर्यटन व्यवसायी एवं मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका संस्थापक अध्यक्ष सुदीप गौतमले जानकारी दिए । मर्दी ट्रेक जुनसुकै उमेर समूहका व्यक्तिले पनि पदयात्रा गर्न सक्ने पदमार्ग भएको भन्दै उनले पछिल्ला वर्षमा यो स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको बताए । प्राकृतिक सुन्दरताले भरिएको यस पदयात्रा मार्गका हरेक मनमोहक दृश्य यहाँको विशिष्टता भएको उनको भनाइ छ । चाँडै नै कोरोनाको कहरको अन्त्य भई पदयात्रा पर्यटन पूर्ववत् अवस्थामा फर्कने आशा एवं विश्वासमा यस क्षेत्रका पर्यटन व्यवसायी रहेको गौतमको भनाइ छ । उनका अनुसार पदयात्रा मार्गको धम्पुसदेखि अष्ट्रेलियन क्याम्प, पोथना, देउराली, लो क्याम्प, फरेष्ट क्याम्प, बादलडाँडा, मर्दी हाइक्याम्प हुँदै भ्यू प्वाइन्टसम्म लगभग १०० ओटा होटेल छन् । यस क्षेत्रको पदयात्रा पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन सर्वप्रथम यस क्षेत्रका लगभग ४०० व्यवसायी तथा मजदूरलाई कोरोनाविरुद्धको खोप लगाउन आवश्यक भएको उनले बताए । नेपालको राष्ट्रिय फूल लालीगुराँसले ढकमक्क ढाकिएको जंगलैजंगलबीच हिँड्ने पदमार्ग भएकाले चैत वैशाखको समयमा यहाँको सुन्दरता रमणीय हुने यहाँका होटल व्यवसायी बताउँछन् । उनीहरूका अनुसार पदयात्रा गर्दा सुरूमा गुलाबी रङको गुराँस देखिए पनि माथि जाँदै गर्दा गाढा रङको लालीगुराँस देख्न पाइनु अर्को महत्वपूर्ण पक्ष हो । मर्दीलगायत पदमार्ग स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बनेको बताउने ट्रेकिङ एजेन्सिज एशोसिएशन नेपाल पश्चिमाञ्चल क्षेत्रीय संघका पूर्वअध्यक्ष सोम थापाले कोरोनाका कारण पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको बताए । कोरोना कहरका बीचमा पनि पदमार्ग स्तरोन्नति हुनुले पर्यटकीय गतिविधिमा थप टेवा पु¥याउने भन्दै पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष समेत रहेका थापाले पदयात्रा मार्गमा व्यवसायी तथा मजदूरलाई तत्काल खोपको व्यवस्था गर्नुपर्नेमा जोड दिए । मर्दी हाइक्याम्पस्थित होटल ट्रेकेस प्याराडाइजका सञ्चालक सुदीप गौतमका अनुसार सन् २००७ मा मर्दी हाइक्याम्पमा होटल खोलिएसँगै पदमार्ग क्षेत्रका अन्य स्थानमा होटेल निर्माणले गति लिएको हो । कास्कीको काँडेबाट प्रारम्भ हुने यस पदयात्रा मार्ग अस्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा हुँदै मर्दी हाइक्याम्पसम्म पुग्दछ । यी सबै स्थानमा बस्न र खानका लागि होटल सञ्चालनमा आइसकेका छन् । समुद्री सतहबाट ३ हजार ५५० मिटर उचाइको मर्दी हाइक्याम्पबाट करीब २ घण्टामा ४ हजार २०० मिटर उचाइको ‘भ्यू प्वाइन्ट’ र त्यहाँबाट २ घण्टामा ४ हजार ५०० मिटर उचाइको मर्दी आधार शिविर पुग्न सकिन्छ । सिदिङसम्म जीप जाने भएकाले त्यहाँबाट झन्डै २ घण्टाको समयावधिमा पर्यटक पोखरा पुग्दछन् । प्रकृतिमा आधारित पदमार्गका रूपमा स्थापित यो पदमार्गमाको लो क्याम्पबाट भ्यू प्वाइन्टसम्म ४ हजार २०० सिँढी निर्माणका साथै मेसिनरी वाल, रेलिङ आदिको निर्माणले पदयात्रालाई थप सुरक्षित बनाउने पर्यटन व्यवसायी बताउँछन् । कोरोना कहरका कारण प्रभावित पदयात्रा पर्यटनलाई जोगाउन नेपाल पर्यटन बोर्ड र यूएनडीपीको संयुक्त प्रयासमा पदयात्रा पर्यटन लक्षित कार्यक्रम अघि बढाउने तयारी पनि गरिएको छ । पदयात्रा क्षेत्रका मजदूरलाई पेशामा टिकाइराख्न उनीहरूलाई बिग्रेभत्केका पदमार्ग मर्मत गर्न लगाउँदै रोजगारी सृजना गरी केही न केही राहत पु¥याउने लगायत योजना अघि बढाउन लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले जानकारी दिए । रासस