सेयर बजारमा पहिरो, रेकर्ड ब्रेक नेगेटिभ सर्किट

काठमाडौं : एकै दिनको कारोबारमा अहिलेसम्मकै सबैभन्दा धेरै अंकले गिरावट भएपछि नेपाल स्टक एक्स्चेन्जको कारोबार स्थगित भएको छ। १४५ अंकले घटेपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको हो।  पछिल्लो एक वर्षको अवधिमा यो दोस्रो पटक नेगेटिभ सर्किट लागेको हो। नेपालको सेयर बजारमा यो एकै दिनको सबैभन्दा ठूलो गिरावट समेत हो।…

सम्बन्धित सामग्री

सेयर बजारमा पहिरो

काठमाडौं । आइतबार (वैशाख १२) सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक ७५.७९ अंकले घटेर २५७२.२२ बिन्दुमा अडिएको छ । यस दिन समग्रमा बजार २.८६ प्रतिशतले घटेको हो । ७ अर्ब २८ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार सेयर बजार राताम्मे बनेको छ । २७ सय बिन्दु माथि पुगेको सेयर बजार २६ सय बिन्दु तल झरिसकेको छ । २१५ कम्पनीको १ करोड ४६ लाख ९० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २ कम्पनीको भाउ सर्किट लाग्ने गरी बृद्धि भएको छ ।  खरिदबिक्री रकममा ३९ करोड ५२ लाख रुपैयाँ

नेप्सेमा एकैदिन १२३ अंकको पहिरो

साताको पहिलो दिन आइतबार सेयर बजार १ सय २३ अंकले घट्दा नकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ ।नेपाल राष्ट्र बैकले विहीबार गरेको मौद्रिक नीतिको त्रैमासिक समिक्षाका कारण सेयर बजारमा पहिरो गएपछि नकारात्मक ‘सर्किट ब्रेक’ लागेको हो । मौद्रिक नीतिको समिक्षा पश्चात बजार खुलेको पहिलो दिन आइतबारको बजारमा १ सय २३ अंकले गिरावट आयो । यसका साथै […]

कोरोनाको प्रभावले नेपालसहित विश्वभरकै सेयर बजार ओरालो

२७ फागुन, काठमाडौं । मंगलबार नेपाली सेयर बजारमा 'पहिरो' नै खस्यो । बजार अत्यधिक घट्दा दैनिक ४ घण्टा हुने कारोबार आधा समय पनि हुन नपाउँदै रोकियो । मंगलबार सेयर बजारमा तेस्रो पटक नेगेटिभ सर्किट ब्रेक …

अर्थमन्त्री खतिवडाले निरन्तरता पाउने हल्लाले सेयर बजारमा पहिरो

काठमाडौं । अर्थमन्त्रीमा युवराज खतिवडाले नै निरन्तरता पाउने हल्ला चलेपछि सेयर बजारमा पहिरो गएको छ । सेयर बजारमा सोमबार दुई पटक ‘नेगेटिभ सर्किट ब्रेक’ लागेको छ । राष्ट्रियसभा सांसद युवराज खतिवडा म्याद सकिएपछि सांसद नरहने हल्ला चलेसंगै सेयर बजार बढ्न थालेको थियो । दुईसाता अघि अर्थमन्त्रीमा खतिवडा नदोहोरिने हल्ला चलेसंगै सेयर बजार बढन थालेको …