कैलाली । राष्ट्रिय जनमोर्चा कैलालीले बौनिया बजारमा विरोध सभा सम्पन्न गरेको छ । ‘प्रतिनिधि सभा पुनर्स्थापना, गणतन्त्र र राष्ट्रियताको रक्षा, संघीयता तथा भ्रष्टाचार विरुद्ध’ राजमोले माघ ३ गतेदेखि दैनिक विभिन्न स्थानीय तहमा विरोध सभाको आयोजना गरिरहेको छ ।
बिहीबार बौनिया बजारमा आयोजित विरोध सभालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले सम्बोधन गर्नुभएको थियो ।
महिला नेत्री रुपा आलेमगरको अध्यक्षता तथा राजमो जिल्ला सदस्य मेयरजंग शाहीको सञ्चालनमा अघि बढेको विरोध सभामा राजमो कैलाली अध्यक्ष दयाराम सन्ज्याल, सचिव जगत जोशी, किसान संघका जिल्ला अध्यक्ष राजबहादुर शाही, बुद्धिजीवी संघका शोभामणिी भट्ट, नेकपा (मसाल) कैलाली जिल्ला प्रवक्ता मिलन शाही र लल्ला रानाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा राजमो जिल्ला सदस्य अन्जना मास्केले स्वागत गर्नु भएको थियो ।
यो पनिः कैलालीको दुर्गौली र लम्कीमा राजमोको विरोध सभा
टिकापुरमा राजमोको विरोध सभा
राजमाे कैलालीकाे अभियान जारी, भजनी र हसुलियामा विराेध सभा
कैलालीमा पार्टी प्रवेश गराउँदै राजमोको एक महिने अभियान सुरु
कैलालीमा पार्टी र जनवर्गीय संगठनको संयुक्त भेला, यस्ता छन् संघर्षका कार्यक्रम