धनगढी । प्रतिनिधि सभा विघटनको विरोधमा अखिल नेपाल युवक संघ र अखिल (छैठौं) ले संयुक्त रुपमा विरोध सभा गरेका छन् । विघटित संसदको पुनर्स्थापनाका लागि देशव्यापी संघर्षको कार्यक्रम अन्तरगत आइतबार धनगढीको क्याम्पस चोकमा विरोध सभा सम्पन्न गरिएको हो ।
विरोध सभालाई अखिल नेपाल युवक संघका केन्द्रीय सचिव प्रसान्त थापा, राष्ट्रिय जनमोर्चाका कैलाली जिल्ला सचिवालय सदस्य डबल बोगटी र अखिल (छैठौं)का जिल्ला सदस्य लेखराज आर्चायले सम्बोधन गर्नु भएको थियो ।
राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभाको पुनर्स्थापना गर्न माग गर्दै देशब्यापी आन्दोलन गर्दै आएको छ । संसद विघटन भएको अर्को दिन (पुस ६ गते) देखि नै संघर्षका कार्यक्रम सञ्चालन गर्दै आएको राजमोले देशब्यापी थप कार्यक्रमको घोषणा समेत गरेको छ ।