देशभर ५० प्रतिशत रोपाइँ सम्पन्न - Naya Patrika

२७ असारसम्मको तथ्यांकअनुसार देशभर ४२.६५ प्रतिशत रोपाइँ सकिएको छ देशभर ५० प्रतिशत धान रोपाइँ सकिएको छ । समयमै मनसुन भएका कारण आकाशे पानीको भरमा धान रोप्ने किसानले नियमित रूपमा रोपाइँ...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

लम्पी स्कीनले गोरु मरेपछि रोपाइँ प्रभावित

खोटाङ : कूल १२ हजार आठ सय ९८ हेक्टर खेतमा धान खेती हुँदै आएको खोटाङमा हालसम्म छ हजार चार सय ४९ हेक्टर खेतमामात्र रोपाइँ सम्पन्न भएको छ।गत वर्षको साउन–२ गतेसम्ममा ७० प्रतिशत रोपाइँ सकिएको जिल्लामा यसपल्ट साउन पहिलो हप्ता बितिसक्दासमेत ५० प्रतिशत खेतमामात्रै रोपाइँ सकिएको पाइएको हो। गाईरगोरुमा फैलिएको लम्पी स्कीनको महामारीसँगै बेलामा वर्षा नहुनु, यान्त्रीकरणमा सबै किसानको पहुँच नपुग्नेलगायतका कारण जिल्लामा अपेक्षित मात्रामा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र खोटाङका सूचना अधिकारी एवं

लुम्बिनी प्रदेशमा ३२ प्रतिशत रोपाइँ सम्पन्न

लुम्बिनी । किसानले धान रोप्ने समयमा प्रर्याप्त मल नपाउँदा र समयमा वर्षा नहुनाले मध्य असारसम्ममा पनि रोपाइँ गर्न पाएका छैनन् । मल र सिँचाइको अभावका कारण असार १५ सम्ममा लुम्बिनी प्रदेशमा ५० प्रतिशत पनि रोपाइँ हुनसकेको छैन । लुम्बिनी प्रदेशमा अहिलेसम्ममा करिब ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले […]

सुदूरपश्चिममा ४३ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत जमिनमा धान रोपाइँ भएको छ। सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका अनुसार प्रदेशको सबैभन्दा बढी बैतडीमा ८० प्रतिशत खेतमा रोपाइँ भएको छ भने डडेल्धुरामा ७० प्रतिशत, अछाममा ६० प्रतिशत, बझाङमा ५० प्रतिशत, कञ्चनपुर र दार्चुलामा ४०–४० प्रतिशत, कैलाली र बाजुरामा ३५–३५ प्रतिशत र डोटीमा २५ प्रतिशत खेतमा रोपाइँ भएको […]

सुदूरपश्चिममा ४३ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडाैँ- डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत जमिनमा धान रोपाइँ भएको छ। सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका अनुसार प्रदेशको सबैभन्दा बढी बैतडीमा ८० प्रतिशत खेतमा रोपाइँ भएको छ भने डडेल्धुरामा ७० प्रतिशत, अछाममा ६० प्रतिशत, बझाङमा ५० प्रतिशत, कञ्चनपुर र दार्चुलामा ४०-४० प्रतिशत, कैलाली र बाजुरामा ३५-३५ प्रतिशत र डोटीमा २५ प्रतिशत खेतमा रोपाइँ भएको छ। […]

कर्णाली प्रदेशमा शतप्रतिशत रोपाइँ सम्पन्न : खाद्यान्न संकट नहुने अपेक्षा

साउन १६, सुर्खेत । यस वर्ष कर्णाली प्रदेशमा शतप्रतिशत रोपाइँ भएको छ । गत वर्ष सो प्रदेशमा ९८ प्रतिशत रोपाइँ भएको थियो । सो प्रदेशमा शतप्रतिशत रोपाइँ हुँदा ३८ हजार ३८५ हेक्टर क्षेत्रफल धान उत्पादनका लागि उपयोग भएको छ ।कर्णाली प्रदेशलाई सुख्खा प्रदेश भनिन्छ । समयमा र अविरल वर्षा भएकाले यस वर्ष कर्णाली भोकमरीको चपेटामा नपर्ने संकेत देखिन्छ ।   नेपालका अर्थतन्त्रमा धानको ठूलो महत्व छ । यसको उत्पादन वृद्धि हुँदा अर्थतन्त्र बलियो हुन्छ । घट्दा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा असर पर्छ भने उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ । जिडिपीमा यसको योगदान १२ प्रतिशत छ ।   गत जेठ १५ देखि नै मनसुन शुरुआत भई समयमा रोपाइँ भएकाले किसान खुशी छन् । गत वर्षको यसै अवधिमा ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो । यस वर्ष भने यसै अवधिमा ९४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । मौसमले साथ दिए पनि कृषि कर्ममा आकर्षण कम हुँदै गएको सो तथ्यांक पुष्टि हुन्छ ।  कृषि विभागका उप महानिर्देशक जानुका पण्डितले नेपालमा साउन महिनाभर रोपाइँ हुने भएकाले मसान्तसम्म ९७ प्रतिशत भन्दामाथि रोपाइँ हुने अनुमान गनुहुन्छ । यस वर्ष कर्णाली प्रदेशपछि सुदूरपश्चिममा ९९, लुम्बिनीमा ९७, वाग्मतीमा ९६, प्रदेश–२ मा ९२ र प्रदेश १ मा ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको छ । नेपालको प्रमुख खाद्यान्न बाली धान हो । नेपालमा चैते धान, वर्षे धान र घैया धानको रोपाइँ हुँदै आएको छ ।  विसं २०६०/०६१ देखि २०७७/०७८ सम्म को तथ्यांकलाई केलाउँदा नेपालमा धानको उत्पादन बढ्नु र घट्नुमा मुख्य मौसममा परनिर्भर देखिन्छ । जुन वर्ष मौसम अनुकूल हुन्छ त्यो वर्ष धानको उत्पादन बढेको देखिन्छ भने मौसम अनुकूल भएका बखत धानको उत्पादन घटेको छ ।      नेपालमा कुल खेतीयोग्य जमिनको क्षेत्रफल ३० लाख ९१ हजार हेक्टर छ । एक हेक्टर जमिन भनेको २० रोपनी हो । कुल खेतीयोग्य जमीनमध्ये लगभग ५० प्रतिशत जमीनमा धानखेती हुन्छ । अधिकांश जमिन आकासे सिँचाइमा निर्भर छ । धान लगाउने मौसम (असार–साउन) मा वर्षा भएन भने सिफारीस भएजति जमिनमा धान रोपाइँ हुन सक्दैन ।  नेपालमा २०६०/०६१ देखि २०७६/०७७ अर्थात् १६ वर्षमा सबैभन्दा धेरै धानखेती भएको वर्ष २०७६/०७७ साल हो । सो वर्ष १४ लाख ७३ हजार ४०० हेक्टर जमिनमा धानखेती भएको थियो । उक्त वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिकटन धान फलेको थियो ।  नेपालको कुल जमिनमध्ये ३० लाख ९१ हजार हेक्टरमा धान रोपाइँ गरिन्छ । यसमध्ये करिब ५० प्रतिशतमा रोपाइँ हुन्छ । सिँचाइ मन्त्रालयको तथ्यांकअनुसार ५३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । रोपाइँ हुने असार–साउन महीनामा वर्षा भएन भने सिफारिस भएजति क्षेत्रफलमा रोपाइँ हुन सक्दैन ।  प्रत्येक वर्ष धानखेती गर्ने जमिन घटिरेहेको छ । रू. २०६०/०६१ मा १५ लाख ५९ हजार ४३६ हेक्टरमा धानखेती भएको थियो । पन्ध्र वर्षपछि ९२०७४/०७५० मा १४ लाख ६९ हजार ५४५ हेक्टर जमिनमा सीमित हुन पुग्यो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांकले धानखेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको देखाएको छ । कृषि विभागको तथ्यांकअनुसार १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ ।        कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कृषि विकास सचिव डा योगेन्द्रकुमार कार्कीले नेपालीका लागि वार्षिक ६० लाख मेट्रिकटन धानको आवश्यकता पर्छ भन्छन् ।  संसारको सबैभन्दा उच्च स्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर हो । भने सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो । झापा जिल्लालाई सरकारले धान उत्पादनको सुपर जोन घोषणा गरी लागू गरेको छ ।   संसारका आधा जनसंख्याको मुख्य खाना भात हो । एशियाली देशमा ९० प्रतिशतभन्दा बढी धानको उत्पादनका साथै खपत हुन्छ । संसारमा सबैभन्दा धेरै धान फल्ने देश चीन हो । विश्वका ७८ भन्दाबढी देशमा ८६४ थरीका धानका बीउ सिफारिस भएका छन् । नेपालमा ८६ उन्नत  र सात रैथाने जातको बीउबाट उत्पादन गरिँदै आएको छ । हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालका सवै जिल्लामा धान रोपाइँ हुन्छ । विगत १५ वर्षदेखिको तथ्यांकलाई विशलेषण गर्दा धानको उत्पादन सन्तोषजनक छैन । सरकारले आगामी पाँच वर्षभित्र धानको उत्पादन दोब्बर अर्थात् एक करोड चार लाख मेट्रिकटन  गर्ने घोषण गरेको छ । रासस

धान रोपाइँमा प्रविधिको प्रयोग बढ्दो

चितवन । चितवनमा पछिल्ला वर्षहरूमा धान रोपाइँमा प्रविधिको प्रयोग बढ्दै गएको छ । व्यावसायिक रूपमा कृषि व्यवसाय गर्दै आएका किसानले प्रविधिको प्रयोग गरी धान रोप्न थालेका हुन् । पूर्वी चितवनको कालिका नगरपालिकाका सुनिल ढकाल अहिले प्रविधिको प्रयोग गरेर सात बिगाहा क्षेत्रफलमा धान रोप्दै छन् । कम लागतमा रोपाइँ गर्न सकिने भएपछि प्रविधिको प्रयोग गरेको उनले बताए । धान रोप्न श्रमिक आवश्यक भएको समयमा नपाइने भएकाले प्रविधिको प्रयोग गरेर धान रोप्ने गरेको उनको भनाइ छ । ‘एक दिनमा पाँच बिगाहा क्षेत्रफलसम्म धान रोप्न सकिने र श्रमिकको अभाव भयो भन्नुनपर्ने भएकाले यो प्रविधिबाट म सन्तुष्ट छु,’ उनले भने ।      बछौली साना किसान सहकारीका अध्यक्ष नारायण महतो अहिले १८ बिगाह क्षेत्रफलमा प्रविधिको प्रयोग गरी धान रोप्ने तयारीमा छन् । पानीको मात्रा मिलाउन सकेमा खेताला प्रयोग गरेर रोपिने धानभन्दा मेसिनले रोपेको धानमा धेरै फाइदा हुने महतोले बताए । उत्पादन राम्रो हुने र खर्च पनि कम लाग्ने भएकाले धान रोप्ने मेशिनका प्रयोग गर्नेको संख्या बढ्दै गएको उनको भनाइ छ । धानको बीउ आधा कम लाग्ने, रोप्न पनि ३५ प्रतिशतले कम खर्च लाग्ने उनले बताए । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाका कृषकले धान रोप्न ट्र्याक्टर, रोटाभेटर, कल्टिभेटर प्रयोग गर्दै आएका छन् । यस्तै नयाँ प्रविधिमा आधारित एमबिप्लो, ल्याण्ड लेजर लेभर, हिलोमा धान छर्ने ड्रम सिडर, धुलोमा धान छर्ने सिड कम फर्टिलाइजर, नर्सरी बिरुवा राख्ने मेसिन, धान रोप्ने मेसिन, मल छर्ने मेसिन, झार गोड्ने मेसिन, धान काट्ने रिपर, कम्वाइन हार्भेष्टर, पराल वेर्ने मेसिनलगायतको प्रयोगमा कृषकहरू आकर्षित बन्दै गएको कार्यालयले बताएको छ । कार्यालयका प्रमुख राजन ढकालका अनुसार गतवर्ष प्रविधिको प्रयोग गरेर धान रोप्नेको संख्या कम भए पनि यस वर्ष बढेको छ । यस वर्ष जिल्लाका विभिन्न स्थानमा ३० बिगाहा क्षेत्रफलमा प्रविधिको प्रयोग गरेर धान रोपिने उनले जानकारी दिए । ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पाँच वर्षको प्रयत्नपछि कृषकलाई प्रविधिमैत्री बनाउन लागिएको हो । परम्परागत शैलीमा धान रोपाइँ गर्दा कृषकको लागतभन्दा उत्पादन कम आउने गरेको उनले बताए । प्रविधिको प्रयोग गरी धान रोप्न धानको बीउ १२ दिनदेखि २३ दिनभित्रको हुनुपर्नेछ । धान रोप्ने मेसिनको प्रयोग गरी धान रोप्न कृषकप्रति जागरण बढ्दै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत माधव पौडेलले जानकारी दिए । परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिनाले कृषि क्षेत्रमा राज्यको ध्यान नपुगेको भए पनि कृषकहरू प्रविधिमैत्री बन्दै गएको बताए । परियोजनाको धान जोन क्षेत्रफल तीन हजार हेक्टर भए पनि अन्य क्षेत्रका कृषक पनि प्रविधिप्रति जागरुक बन्दै गएको उनको भनाइ छ । जिल्लामा अहिले धान रोप्ने मेसिन ९ ओटा छन् । थ्री ह्वीलर्स राइडिङ मेसिन पाँचओटा र फोर हुइलर राइडिङ मेसिन चारओटा छन् । यी मेशिनले दिनमा पाँच बिगाहा क्षेत्रफलसम्म धान रोप्न सक्ने अनुमान गरिएको छ । जिल्लामा वर्षे धान २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा लगाइँदै आइएको छ । यस वर्ष चाँडो मनसुन शुरू भएकाले अहिले जिल्लामा ६५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । ज्ञान केन्द्रका प्रमुख ढकालका अनुसार माडी क्षेत्रमा ८५ प्रतिशत र पूर्वी चितवनमा ९० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ भने भरतपुर महानगरमा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । रासस

सुदूरपश्चिममा ५० प्रतिशत रोपाइँ : RajdhaniDaily.com

RajdhaniDaily.com | धनगढी । सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यहाँका ९ वटा जिल्लामा गरी मंगलबारसम्म ५० प्रतिशत रोपाइँ भएको हो । चालु वर्षमा समयमै मनसुन - राेपाइ

सुदूरपश्चिममा ५० प्रतिशत रोपाइँ सम्पन्न

धनगढी : आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस। देशभर राष्ट्रिय धान दिवस मनाइएको छ। राष्ट्रिय धान दिवस मनाउँदै गर्दा सुदूरपश्चिम प्रदेशमा भने ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ।यसपाली समयमै मनसुन सक्रिय भएका कारण असार १५ गतेसम्म प्रदेशका ९ वटै जिल्लामा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालयले जनाएको छ।प्रदेश कृषि निर्देशनालय दिपायलका कृषि निर्देशक वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले मंगलबारसम्म ५० प्रतिशत रोपाइँ सकिएको जानकारी दिए।‘सुदूरपश्चिममा एक लाख ८५ हजार हेक्टर क्षेत्रफलमा

चितवनमा ५० प्रतिशत रोपाइँ सम्पन्न

चितवन (अस) । चितवनमा यस वर्षको वर्षे धान रोपाइँ ५० प्रतिशत सकिएको छ । पूर्वी चितवनका सात स्थानीय तहमध्ये राप्ती नगरपालिका, खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका र माडीमा भने शनिवारसम्ममा ८० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र, चितवनले जानकारी दिएको छ । यस्तै भरतपुर महानगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका केही क्षेत्रमा रोपाइँ शुरू गरिएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफलमध्ये ३५ प्रतिशत हिस्सा पूर्वी चितवनका पालिकाले ओगटेका छन् । कोभिड महामारीका कारण रोपाइँ गर्ने जनशक्ति तराईका जिल्लाबाट आउन नसक्दा चितवनका किसानले गतवर्षदेखि घरपरिवारको सहयोग र अर्मपर्मबाट रोपाइँ गरेका छन् । ‘अघिल्ला वर्षसम्म मधेशबाट रोपाइँ गर्ने कामदार आउँथे,’ ज्ञान केन्द्रका प्रमुख राजन ढकालले भने, ‘अहिले उनीहरू आउन नसक्दा स्थानीय किसान आफै सक्रिय भएका छन् ।’ खैरहनी र राप्ती नगरपालिकामा यस वर्ष मेशिनबाट रोपाइँ गर्ने कृषकको संख्या बढेको ढकालको भनाइ छ । ‘मनसुन र मौसम पनि अनुकूल भयो,’ उनले भने, ‘पूर्वी चितवनमा चैते धान भिœयाउनेबित्तिकै बर्खे धान रोपाइँ शुरू गरिन्छ । नत्र पछि तोरी लगाउन पनि ढिला हुन्छ ।’

प्रदेश–१ मा ५७ प्रतिशत रोपाइँ

अन्नको भण्डार मानिने प्रदेश–१ मा हालसम्म करिब ५७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । विशेषगरी झापा, मोरङ र सुनसरी धान उत्पादनका लागि उर्बर मानिन्छ । कृषि विकास निर्देशनालय विराटनगर प्रदेश नम्बर १ का कृषि प्रसार अधिकृत हृदयराम पोखरेलले हालसम्म प्रदेश नम्बर १ मा ५६ दशमलब ७४ प्रतिशत रोपाइँ भएको जानकारी दिए । सबैभन्दा बढी ताप्लेजुङमा ७५ प्रतिशत रोपाइँ भएको छ । यस्तै मोरङमा ५० प्रतिशत, झापामा ७० र सुनसरीमा ४० प्रतिशत रोपाइँ भएको कार्यालयले जनाएको छ । असार अन्तिम साता वर्षा भएपछि किसानले राहत महसुस गरेका थिए ।