प्रदेश–१ मा ५७ प्रतिशत रोपाइँ

अन्नको भण्डार मानिने प्रदेश–१ मा हालसम्म करिब ५७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । विशेषगरी झापा, मोरङ र सुनसरी धान उत्पादनका लागि उर्बर मानिन्छ । कृषि विकास निर्देशनालय विराटनगर प्रदेश नम्बर १ का कृषि प्रसार अधिकृत हृदयराम पोखरेलले हालसम्म प्रदेश नम्बर १ मा ५६ दशमलब ७४ प्रतिशत रोपाइँ भएको जानकारी दिए । सबैभन्दा बढी ताप्लेजुङमा ७५ प्रतिशत रोपाइँ भएको छ । यस्तै मोरङमा ५० प्रतिशत, झापामा ७० र सुनसरीमा ४० प्रतिशत रोपाइँ भएको कार्यालयले जनाएको छ । असार अन्तिम साता वर्षा भएपछि किसानले राहत महसुस गरेका थिए ।