खोटाङ : कूल १२ हजार आठ सय ९८ हेक्टर खेतमा धान खेती हुँदै आएको खोटाङमा हालसम्म छ हजार चार सय ४९ हेक्टर खेतमामात्र रोपाइँ सम्पन्न भएको छ।गत वर्षको साउन–२ गतेसम्ममा ७० प्रतिशत रोपाइँ सकिएको जिल्लामा यसपल्ट साउन पहिलो हप्ता बितिसक्दासमेत ५० प्रतिशत खेतमामात्रै रोपाइँ सकिएको पाइएको हो। गाईरगोरुमा फैलिएको लम्पी स्कीनको महामारीसँगै बेलामा वर्षा नहुनु, यान्त्रीकरणमा सबै किसानको पहुँच नपुग्नेलगायतका कारण जिल्लामा अपेक्षित मात्रामा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र खोटाङका सूचना अधिकारी एवं