फागुन २३ गतेका लागि आह्वान भएको प्रतिनिधिसभा अधिवेशनको पूर्व सन्ध्यामा सभामुख अग्नि सापकोटाले संसद भवनको अवलोकन गरेका छन् ।
मंगलवार दिउँसो संघीय संसद भवन नयाँबानेश्वर पुगेर सभामुख सापकोटाले सातौं अधिवेशनको बैठकका लागि भइरहेको तयारीबारे स्थलगत अवलोकन गरेका सभामुखका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा अधिवेशन फागुन २३ गते बस्ने गरी आह्वान भइसकेको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको निर्णयलाई सर्वाेच्च...