काठमाडौं । सिंहदरबारस्थित नयाँ संघीय संसद भवनको निर्माण कार्य २७ प्रतिशत सकिएको छ । निर्माणाधीन भवनको शुक्रबार राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले अवलोकन गरेकी छन् । अवलोकनका क्रममा उपाध्यक्ष दाहालले संसद भवन निर्माण गर्दा गुणस्तरमा कुनै पनि सम्झौता नगर्न आग्रह गरेकी छिन् । ‘संसद भवन निर्माणको क्रममा यसको गुणस्तरमा कुनै पनि कमी हुनुहुँदैन’ उपाध्यक्ष दाहालले भनिन्– ‘काम गर्दा आइपर्ने अप्ठ्याराहरू के कस्ता छन्, हामीलाई भन्नुहोस् तर गुणस्तरमा कुनै सम्झौता नह