काठमाण्डौ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माणाधीन संघीय संसद भवन निर्माणको काम निर्धारित समयमै सक्न निर्देशन दिनुभएको छ । शुक्रवार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको अवलोकन गर्दै उहाँले निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।
उहाँले संसद भवन सँगसँगै अन्य संरचनाको निर्माण कार्य पनि सँगै अघि बढाउन आग्रह गर्नुभयो । समयमै काम सक्नका लागि आवश्यक जनशक्ति थप गर्नुपर्ने भएमा थप गरेर भए पनि काम अघि बढाउन उहाँले निर्देशन दिनुभयो । त्यस्तै भवन निर्माणको दोस्रो चरणको ...