नयाँ संसद भवनको २७ प्रतिशत काम पूरा

काठमाडौं । राष्ट्रिय सभामा उपाध्यक्ष शशिकला दहालले निर्माणाधीन नयाँ संघीय संसद भवनको अवलोकन तथा निरीक्षण गरेकी छिन् । उपाध्यक्ष दहालले सिंहदरबार परिसरमा निर्माण भइरहेको संघीय संसद भवनको शुक्रबार अवलोकन तथा निरीक्षण गरेकी हुन् ।  भवन निर्माणको काम हेरिरहेको विशेष भवन निर्माण आयोजना अन्तर्गत संसद भवन निर्माण साइट इञ्जिनियर धर्मेन्द्र पन्थीले अहिलेसम्म २७ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । भवन निर्माणकै क्रममा कोरोना महामारी फैलिएपछि निर्धारित समयभित्र काम सक्न गाह्रो भएको र सरकारले ६ महिना थप गरेको बताए ।

सम्बन्धित सामग्री

संसद बैठक बस्दै, के छन् एजेन्डा ?

आज संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे संसद भवनमा सुरु हुने छ ।

संसद अधिवेशनका लागि तयार छ संघीय संसद सचिवालय

काठमाडाैँ- संघीय संसद सचिवालयले संसदको अधिवेशनका लागि तयार रहेको बताएको छ। संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन भइसकेको र सबै तयारी समेत पूरा भइसकेको बताएका हुन्। सहायक प्रवक्ता धमलाले सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक कुराहरू सकिएको जानकारी दिए। सरकारले पुस २५ गते दिउँसो […]

संसद अधिवेशनका लागि तयार छौँः संसद सचिवालय

संघीय संसद सचिवालयले संसदको अधिवेशनका लागि आफू तयार रहेको बताएको छ ।  संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन भइसकेको र सबै तयारी समेत पूरा भइसकेको बताए ।  सहायक प्रवक्ता धमलाले सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक कुराहरु सकिएको बताए ।  सरकारले पुस २५ गते दिउँसो १ बजे संसद अधिवेशन आह्वान गरेको छ । उनले संसदका पदाधिकारीहरुलाई दिइने सवारी साधनको भने अभाव रहेको बताए ।  सचिवालयसँग स्र

झन् गञ्जागोलमा संसद

संसद पुनर्स्थापनाको एक बर्ष हुँदा अहिले संसद र न्यायालय दुबैतिर समस्या देखिएको भन्दै शाक्य भन्छन्, ‘जसलाई अहिलेको संसद चाहिएको छैन उसैले संसदलाई प्रभावकारी बनाउने जिम्मेवारी पाउँदा के गर्छ ?’

चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली

१० पुस, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघिसम्म संसद अवरोध गर्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले चुनावबाट अर्को संसद नआएसम्म संसद अवरोध गरिरहने बताएका हुन् । संसद अवरोध कहिलेसम्म भन्ने पत्रकारको प्रश्नमा ओलीले सटिक जवाफ दिए– चुनावसम्म । चुनाव अगाडिसम्म संसद चल्दैन त भन्ने प्रश्नमा ओलीले […]

संसद अधिवेशन किन ?(भिडियाे)

अक्कल कुँवर काठमाडौ । संघीय संसदको अधिवेशन अन्त्य गरेको २३ दिनमै सरकारले फेरि संसद अधिवेशन बोलाएपछि विभिन्न आशंका जन्मिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले यही भदौ २३ गते संसद अधिवेशन बोलाउने सरकारी नियतमै प्रश्न उठाएको छ । संघीय संसदको अधिवेशन आह्वान गर्ने सरकारको निर्णयलाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संगको सम्झौता अनुमोदनको विषयसंग […]

सभामुखद्वारा संसद भवनको स्थलगत अवलोकन, संसद अधिवेशनको तयारी सुरु

काठमाण्डाै - पर्सि ३ गते बोलाइएको संसद अधिवेशनको तयारी सुरु भएको छ । जनस्वास्थ्यका मापदण्ड अपनाएर पर्सि दिउँसो ४ बजे संसद बैठक बस्ने छ । स्वास्थ्य मापदण्डको तयारीबारे बिहान सभामुख अग्निप्रसाद सापकोटाले संसद भवनका सभाकक्ष लगायतको स्थलगत अवलोकन गर्नु भएको छ । संसद बैठक अघि सभामुख सापकोटा लगायतको एन्टिजेन विधिमार्फत स्वास्थ्य परीक्षण गरिएको छ ।

संसद भवन पुग्दै सांसदहरु : संसद भवनभित्र जे देख्यौं(फोटोफिचर)

प्रतिनिधि सभा बैठकमा भाग लिन सांसदहरु संसद पुग्ने क्रम जारी छ । १ बजेबाट सुरु हुने संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने छन् । मुख्य ढोकामा पिपिइ...

राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य

काठमाडौं। राष्ट्रपति विद्या भण्डारीले आज अपरान्ह १ बजेदेखि लागू हुनेगरी संसद अधिवेशन अन्त्य गरेकी छन्। मंगलबार संसद बैठक निर्धारण भइसकेको अवस्थामा प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी हुन् ।

प्रधानमन्त्री ओली संसद भवनबाट बाहिरिए

प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन नयाँ बानेश्वरबाट बाहिरिएका छन्। प्रधानमन्त्री ओली संसद बैठक सुरु हुन अगाडि नै संसद भवनबाट बाहिरिएका हुन्।...